काठमाडौं- उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले आफ्ना मातहतका श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्न कठिन भएको भन्दै सरकारका निर्णयहरू पुनरावलोकन गर्न आग्रह गरेका छन्।
आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भनिएको छ‚ ‘अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशतभन्दा बढी पारिश्रमिक भुक्तानी गर्न कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्बन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको छ।’
उद्योग वाणिज्य महासंघ‚ उद्योग परिसंघ‚ नेपाल चेम्बर्स अफ ल लगायतका निजी क्षेत्रले सरकारलाई दिएको सुझाव कार्यान्वयन गर्न र श्रमिकको पारिश्रमिक र भुक्तानी सम्बन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्नका लागि सरकारसँग अनुरोध गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।