भैरहवा- काेराेना पाेजेटिभ देखिएका रूपन्देहीको काेटहिमाई गाउँपालिका सिपवा पुर्निहवाका २५ वर्षीय युवाकाे परिवार तथा उनले भेटेका व्यक्तिहरूकाे काेराेना परिक्षण नेगेटिभ आएकाे छ।
कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका परिवारका सदस्य तथा सम्बन्धितलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाे प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए।
उनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परीक्षणका लागि शुक्रबार नमुना संकलन गरिएको थियो। प्रदेश जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गिरीका अनुसार काेराेना संक्रमित परिवारका सदस्य ७ जना र उनले भेट गरेका ३ जना गरी १० जनाको स्वाब परीक्षणका लागि नमुना लिइएको थियो।
उनीहरु दशै जना काेटहिमाई- ५ मा रहेकाे क्वारेन्टाइनमा बसेका छन्।
उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि स्थानीय स्तरमा बढेकाे त्रास कम भएकाे छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाले क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिहरूकाे पनि स्वाब सङ्कलनकाे काम भइरहेकाे जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।