काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रेसको महत्व विषम र विशेष परिस्थितिमा झन् बढ्ने बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै सभामुख सापकाेटाले विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी चलेका बेला पनि सूचना दिने, सचेतना फैलाउने र राज्यलाई झक्झक्याउन खटिएका संचारकर्मीहरुप्रति सम्मान व्यक्त गरेका छन्।
प्रेसको मूलकर्म आम जनतालाई सुसूचित गराउने, उत्प्रेरित गर्ने र जनमत सिर्जना गर्ने भएको सभामुख सापकोटाको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।