काठमाडौं-उपचारपछि कोरोनामुक्त भई डिस्चार्ज भएका दुई जना पुनः वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना भएका छन्।
उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा मदन उपाध्यायले बताए। उनका अनुसार एक जना गए राति र एक जना आज अस्पताल भर्ना भएका हुन्। उनीहरु रौतहट र वीरगञ्जका छन्।
डा उपाध्यायले भने, ‘रौतहटका युवा हिजो र वीरगञ्जका एक जना आज अस्पताल भर्ना भएका छन्। दुवै जनालाई गत आईतबार हामीले निको भएपछि डिस्चार्ज गरेका थियौ। दुवैलाई आइसोलेसनमा राखेर उपचार थालिएको छ।’
एक साताअघि उपचारपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको थियो। अहिले शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको उनले बताए। दुवै जनाको स्वाब संकलन गरी पुनः कोरोना परीक्षण गरिने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।