• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पार्टीमा हामी ‘भ्यागुताको धार्नी’ भएका छौं : राम कार्की [अन्तर्वार्ता]

64x64
वीरेन्द्र ओली आइतबार, वैशाख २१, २०७७  १२:०१
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका दुवै अध्यादेश र सांसद ‘अपहरण’ प्रकरणले नेकपालाई झन्डै दुई हप्ता बहसको केन्द्रमा राख्यो। प्रधानमन्त्रीको राजीनामा विषयसमेत उठे। शनिबार बसेको सचिवालय बैठकले तत्कालीन निकासको बाटो पहिल्याएको छ। मुख्य नेताहरुबीच अहिलेलाई कुरा मिलेजस्तो देखिएको छ।

अर्कोतिर, नेकपाका प्राथमिकता, यसलाई विधि र प्रक्रियामा हिँडाउने आवश्यकता, यसका मूल्य मान्यता र आदर्शमाथि त्यति बहस भएको पाइँदैन। यो केही नेताको रुचीमा सीमित विषय भएको छ। पार्टी पनि वैचारिक संकटबाट गुज्रिरहेको देखिन्छ। यिनै दुई सन्दर्भलाई जोडेर नेकपा नेता राम कार्कीसँग वीरेन्द्र ओलीले गरेको कुराकानीः

नेकपा विवादतिर गइरहेको हो कि समाधानतिर?
मुख्य विवाद भएकै छैनन्। जुन विषय वा मुद्दामा छलफल हुनुपर्ने थियो, त्यो भएको छैन। नहुनुपर्नेमा भइरहेको थियो। पहिलेदेखि नै रहेको अन्तरविरोधलाई अध्यादेशले सतहमा ल्याइदियो। पार्टी विधि र पद्धतिमा चलेको छैन। केही नेताहरुको मनमौजी तरिकाले मात्र अहिलेसम्म चलेको हो। केही नेताको लहडमा हिँडेपछि स्वाभाविक दुर्घटना हुने हो। यो अझै भएको छैन।

विवाद केन्द्रमा पुगेको छैन भन्न खोज्नुभएको हो?
कम्युनिस्ट पार्टीको विवाद भनेको विचारको हो। राजनीतिक दलको मुख्य काम भनेको देशलाई लैजाने बाटो देखाउने हुनुपर्छ। जस्तो शिक्षाको नीतिलाई हेरौं। शिक्षा नीति अहिलेसम्म जुन दातृ निकायले पैसा दिन्छ, त्यही अनुसार नै निर्माण भइरहेको छ। हाम्रो मौलिक छैन। नेपाल समाजलाई २०/३० वर्षसम्म कसरी लैजाने बाटोको बारेमा छलफल हुनुपर्ने हो। अर्थनीति पनि त्यस्तै छ। संसारमा नवउदारवाद अगाडि आयो, उनीहरुले सहयोग गरे। त्यसैको पछि अर्थ व्यवस्था कुदिरहेको छ।

केपी शर्मा ओलीलाई हटाउने कुरा त चलेको थिएन। तर, उहाँ आफैंले आफ्नो कुर्सीमा किन आगो लगाउनुभयो त?
सधैंभरि एउटै हुँदैन। राम्रा र खराब दुवै उच्चतम बिन्दुमा पुग्नैपर्छ। अति भएपछि खती भएको इतिहासमा अनेक कथा छन्। शानशौकत र फूर्ति गर्ने प्रवृत्ति देखापरेको थियो, त्यो विस्फोटन हुनु नै थियो। त्यो दुई अध्यादेशको रुपमा देखा परेको हो।

कम्युनिस्ट पार्टीका नेता तानाशाह हुने तथा श्रमिकको विपक्षमा हुने कसरी भयो त?
यो सबै ‘पावर’ले बनाएको हो। यो देशको निर्धा मानिसलाई बलशाली बनाउनुपर्ने थियो। तर यसमा ठीक उल्टो भयो। शक्ति आफूमा केन्द्रित गर्नेमा प्रयोग भयो। शक्ति आर्जित गर्ने भोकका कारण कम्युनिस्ट पार्टीलाई यस्तो बनाएको हो।

चाउचेस्कु ११ वर्षदेखि पर्चा छर्दै हिँडेका थिए। जुत्ता सिउनेका छोरा थिए। तर जब उनी सत्तामा पुगे, यति बिलासी भए कि त्यसको कुनै बयान नै हुँदैन। श्रीमतीको जुत्ता चप्पल राख्नका लागि बेग्लै भवन निर्माण गरियो। सत्ताले मानिसलाई कहाँ पुर्‍याउँछ भन्ने उनी एक सफल उदाहरण हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ पनि वैचारिक संकट देखियो। युवा उमेरमा सबै त्याग्ने भनेर हिँडे। तर अहिले वैचारिक धरातल कमजोर भएको छ। नेताहरुले नयाँ कुरा सुन्नुभएकै छैन। नेताहरु नयाँ ज्ञान दिने छैनन्। कमिकमजोरीमा टिप्पणी गर्ने नै पुग्दैनन्। उनीहरुले एक थोक बुझेका होलान् तर सबै कुरा बुझेका छैनन्। साला, भान्जे ज्वाइँ जस्ताको समूहमा बसेपछि कसरी विचार आउँछ? पुरानो ज्ञानले अहिले चलाउनु भएको छ।

अब फर्काउन नसकिने अवस्थामा पुगेको हो त?
विकल्प अन्य केही देखिँदैन। दलाल पुँजीवादले घेरेका छन्। अहिले हिलाेमा खुट्टा गाडिएको छ। अब साह्रो ठाउँ नभेटिएसम्म निस्कन सकिने देखिँदैन। नेताप्रति कार्यकताको भरोसा नभएपछि अब उनीहरुले नै त्यसको पहल लिनुपर्छ। दलाल पुँजीपति कति हाबी छन् भन्ने अहिले देखिइरहेको छ। विकल्प भरोसालाग्दो छैन। आठ-दश लाखले अब लगाम आफ्नो हातमा लिनुपर्छ।

मूल धमिलो भएपछि खोला कसरी संग्लो होला त?
यस्तो हुँदैन। कार्यकर्ताले अब झड्का दिने बेला भएको छ। कार्यकर्ताले चाहे भने सक्छन्। नेतृत्वले नचाहे पनि कार्यकर्ताले उनीहरुलाई डोहोर्‍याएर लैजान सक्छन्। सकिएन भने दुर्घटना निश्चित छ।

यदि कार्यकर्ता जागेनन् भने अव नेकपा विघटन हुन्छ त? 
नेकपा विघटित नै छ त। कम्युनिस्ट पार्टीको रुपमा मैले त देखेको छैन। ढुंगाले सिसामा हान्नुभयो भने सिसा कसरी फुट्छ? महंगो छ भने बिस्तारै फुट्छ, सस्तो छ भने एकैपटक। हो, नेकपाको प्राडो गाडीमा पनि सिसा बिस्तारै फुट्छ।

अहिले कति लाजमर्दो कुरा छ। फलानोको गुटबाट यति राजदूत रे, फलानो नेताबाट यति सांसद रे। यसले हामी कहाँ पुग्दैछौं? आज कांग्रेस कहाँ पुगेको छ? यही कोटाका कारण अहिले कति निर्बल भएको छ? कोटाले कसरी कमजोर बनाउछ भन्ने बारेमा अरु थप केही भन्न पर्छ र? वैचारिक समूह पो निर्माण हुनुपर्छ। कांग्रेसमा हिजो कोटा सिस्टम भएपछि नपुंसक भएको छ। अहिले किन बोल्न सक्दैन? त्यही कोटाका कारण हो।

तपाईंहरुले यसलाई सच्याउन किन भूमिका निभाउनुभएन त?
हामी पनि कमजोर भएका छौं। भ्यागुताको धार्नी भएका छौं। बस्छौं र छलफल मात्र गर्छौं। असल नियतले साथीहरु नेता नजिक गएर मन्त्री भएका छन् तर उनीहरुले पनि केही गर्न सकेका छैनन्।

सचिवलायले नीति बनाएर तलसम्म छलफल हुनुपर्छ। यसले कार्यकर्तामा एक प्रकारको ऊर्जा दिन्छ। यसले पार्टीलाई झन् बलियो बनाउँछ। बाटो, सडक लगायतको विकासमा पनि उनीहरु पनि जानकार हुन्छन्। 

यो संकट आउनुमा कतै तत्कालीन एमाले र माओवादीबीच सैद्धान्तिक एकता नहुनु हो कि?
त्यस्तो केही होइन। दुवै वैचारिक संकटमा थिए। दुवै संकटमा नभएको भए एकता नै हुने थिएन। दुइटैसँग शरीर थियो तर मस्तिष्क थिएन। एमालेले बहुदलीय जनवाद (जबज)को कुरा गरिरहेको थियो, तर त्यसलाई लागू गर्ने कोसिस कहिल्यै भएन। माओवादीमा पनि हामीले रोल्पामा बसेर २१औं शताब्दीको नौलो जनवाद भन्ने बनाएका थियौं। तर, त्यसलाई फर्केर कहिल्यै हेरेनौं। त्यसलाई लागू गर्ने कोसिस कहिले गरेनौं।

अहिले गल्ती जहाँबाट सुरु भएको छ, त्यहीँबाट सुधार सुरु गनुपर्छ। जब हामीले पार्टीको सिद्धान्त र आदर्शमा ध्यान दिन छाड्यौं। गल्ती त्यहीँबाट भएको छ। जबज तथा २१औं शताब्दीको जनवाद, यी हाम्रा कार्यक्रम हुन्। यसमा अहिले पनि छलफल गर्न सकिन्छ। 

कम्युनिस्ट पार्टीले सरकार चलाउँछ भन्ने बुझिएको थियो। तर, अहिले नेकपालाई चलाउँछ केले?
नेकपाको सरकारमा त राजतन्त्रले काम गरिरहेको छ। अहिले पनि व्यक्तिगत सौदाबाजी गर्ने, चोचोमोचो मिलाउने काम भएको छ। तीन करोड नेपालीको समस्या समाधान गर्ने कुरा छ। व्यक्ति–व्यक्तिको समस्या समाधान गरेर हुँदैन। जसले प्रधानमन्त्री हटाउने कुरा मात्रै गरिएका छन्, उहाँहरुले पनि आफ्नो कमजोरी स्वीकार गर्नुपयो- हामीले पनि बिगार्‍यौं, बेथिति लागू गर्‍यौं।

हिजो कोटामा बाँडफाँट भयो। अहिले पनि प्रधानमन्त्रीले कोटा बाँड्नुहुन्छ। जस्तो, वामदेवलाई प्रधानमन्त्री बनाउने। यो कार्यकर्ताले भनेको हो कि नेपाली जनताले भनेको हो कि कोटा बाँड्ने मान्छेले भनेको हो? यो बेतिथिका लागि हाम्रा शीर्षस्थ नेता जिम्मेवार छन्।

उहाँहरुले पनि नेपाली जनतालाई बुझिने गरी भन्नुपर्‍यो-हामी अब सप्रियौं, सुध्रियौं। अब प्रणालीमा चल्छौं, प्रणाली फेर्छौं। राजदूत कसलाई बनाउने भनेर ७ वटै प्रदेशलाई सोध्छौं, प्रदेश कमिटीलाई सोध्छौं। चिया, खानेपानी, तेलको अध्यक्ष कसलाई बनाउने भनेर पार्टीलाई सोध्छौं। देश र जनतालाई सोध्छौं भन्नुपर्‍यो नि। जसले अहिले आवाज उठाइरहनु भएको छ, उहाँहरुले पनि भन्नुपर्‍यो कि यो व्यक्ति फेर्नलाई होइन।

तपाईंले पटकपटक नेकपा विघटनको संघारमा छ भन्नुभएको छ। नेकपाको गाडी भीरमा जाँदाजाँदै पनि तपाईंहरु डिलमा चाहिँ किन बसिरहनुभएको छ?
नेताहरुमाथि धेरै भरोसा छैन। तर, कार्यकर्तामाथि भरोसा छ। अहिले पनि कम्युनिस्ट आन्दोलनलाई माया गर्ने लाखौं नेपाली छन्। कार्यकर्ताको नेताहरुमाथि जुन विश्वास बनेको थियो, केहीको पहिले नै भत्किसकिएको थियो, केहीको अहिले भत्किँदै छ।

हिजोअस्ति हामीले पनि नेता विशेषलाई उचालेर हिँड्यौं। अब नेकपा कार्यकताले कम्युनिस्ट आन्दोलन र वर्गलाई सम्झेर अघि बढ्नुपर्‍यो।

नेकपाकै केही बुद्धिजिवी  र विश्लेषकहरु भन्दैछन्- नेकपाले आफूले नै आफैलाई कम्युनिस्ट ठान्न छाडिसक्यो। त्यसकारण, अब नेकपाले कम्युनिस्ट विचार, दर्शन जोगाउनेभन्दा पनि दक्षिपन्थीहरुलाई नै सहयोग पुर्‍याइरहेको छ भन्छन्। यो कुरा सत्य मान्न सकिन्छ?
आज पनि सोभियत संघमा कम्युनिस्ट लडिरहेका छन्। मलायमा कम्युनिस्टलाई सोत्तर पारियो। लाखौंलाख मारिए। तर, त्यहाँ कम्युनिस्ट शब्द प्रयोग गर्न पाइन्न। तर, आफूलाई ‘सोसलिष्ट’ भनेर अथवा अर्को केही नामबाट भए पनि काम गरिरहेका छन्। जुनदिन नेपाली जनतालाई थाहा हुन्छ- यिनीहरु कम्युनिस्ट होइनन्, लेनिन र मार्क्सका चेला होइनन्, त्यतिबेला मैदान खाली गर्नासाथ अर्को आइहाल्छ।

इमान्दार नेता, कार्यकताले यो कम्युनिस्ट पार्टी होइन भनेर बुझ्ने समय कहिले आउँछ?
बुझिसकिएको छ। अब प्रतिक्रिया कसरी जनाउँछ भन्ने मात्रै हो। अब प्रकृतिले जनाए जस्तै प्रतिक्रिया जनाउँछ। यो कसैले थाम्नै सक्दैन। त्यसपछि पनि नयाँ कम्युनिष्ट पार्टी आउँछ। जहाँ कम्युनिस्ट नेताहरुले गद्धारी गरेका कारणले कम्युनिष्ट आन्दोलन बदनाम भयो, त्यहाँ कम्युनिष्ट आन्दोलन उठ्न समय लाग्छ। जहाँ दमनका कारणले कम्युनिष्ट आन्दोलन खतम हुन्छ, जहाँ कम्युनिस्टका नेताहरु सहिद बन्छन्, त्यो ठाउँमा मजाले पालुवा हाल्दोरहेछ छिट्टै। जहाँ गद्धारी हुन्छ, त्यहाँ पालुवा हाल्न ढिला हुन्छ।

आफूलाई कम्युनिस्ट सरकार हौं भन्नेले दललाई कमजोर गर्नेगरी अध्यादेश ल्याउनु, सांसद अपहरणमा संलग्न हुनु कति उचित हो? 
यसलाई उचित तिनले पनि भन्न सकेनन्, जसले यसलाई प्रस्ताव गरेका थिए। जो यसका प्रणेता हुन्, जसले यसलाई लिएर आए, उनीहरु पनि टिक्न सकेनन्। एकपछि अर्को अनैतिक काम गर्दै जाने, योचाहिँ सैह्य हुँदै।

नेकपाभित्रको चुलिँदो शक्ति संघर्षले पूर्व एमाले एकातिर, पूर्व माओवादी अर्कोतिर बनाउने स्थिति छ कि छैन? 
केही अन्तरविरोध सधैं रहन्छ। भोलि अर्को प्रधानमन्त्री, अर्को अध्यक्ष भएपछि यो सकिन्छ भन्ने त होइन। खाली हाम्रो काम के हो भने अन्तरविरोधलाई नयाँ अन्तरविरोधमा पुर्‍याइदिने। नयाँ अन्तरविरोधले समाजलाई अगाडि धकेलोस्। त्यो भनेको के हो भने-अब वैचारिक समूह भनेर चिनिने। विचारको आधारमा बाँडिएको समूह। नेपालको कृषि के हुनुपर्छ भन्नेमा हाम्रो विचार मिल्यो भने हाम्रो एउटा वैचारिक समूह हुनुपर्‍यो। यो समूह झापाली, दंगाली समूह भन्ने भएन।

अहिले त ससुराली एकै ठाउँमा परेको हुनाले त्यो नाताले बनेको गुट, २०४८ सालमा एकै ठाउँमा भोट हालेका थियौं नि भनेर बनेको गुट छ। यस्तो गुटले त फुटतिर मात्रै डोहोर्‍याउँछ।

भिडिओ हेर्नुहोस्ः

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १२:०१
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्