काठमाडौं- विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या ३४ लाख २१ हजार ८ सय ३४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ११ लाख ३० हजार १ सय १५ जनालाई संक्रमण पुष्टि भएको छ।
त्यस्तै, स्पेनमा २ लाख १६ हजार ५ सय ८२, इटालीमा २ लाख ९ हजार ३ सय २८, बेलायतमा १ लाख ८३ हजार ५ सय जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
विश्वभर कोरोनाको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४३ हजार ५ सय २४ पुगेको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
त्यस्तै, इटालीमा २६ हजार ७ सय १०, बेलायतमा २८ हजार १ सय ३१, स्पेनमा २५ हजार १ सय, फ्रान्समा २४ हजार ७ सय २९ को मृत्यु भइसकेको छ।
कोरोना संक्रमणपछि पनि निको हुनेको संख्या १० लाख ९२ हजार ७ सय १५ पुगेको छ।
नेपालमा भने संक्रमितको संख्या ५९ पुगेको छ। तीमध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।