• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसद बन्न तीव्र आकांक्षी वामदेवको उधारो सहमति

64x64
वीरेन्द्र ओली शनिबार, वैशाख २०, २०७७  २२:३०
1140x725

काठमाडौं-  नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। तर कहिले र कुन ठाउँबाट निर्वाचित गराएर उनलाई सांसद बनाउने भन्ने चाहिँ यकिन छैन। 

प्रधानमन्त्री केपी ओलीसँग गौतमले शनिबार दिउँसो उधारोमा सहमति गरेका थिए। त्यसैमा सचिवालयले लाहाछाप लगाइदिएको हो। गएको निर्वाचनमा बर्दियाबाट पराजित गौतम पटक-पटक संसद् प्रवेशको प्रयासमा छन्। तर उनी सफल हुने सकिरहेका छैनन्।  

प्रतिनिधिसभाको सदस्य हुने चाहना पूरा नहुँदा उनले राष्ट्रियसभामा जाने चाहना पनि देखाए। सचिवालयले उनको चाहनालाई स्वीकार गर्‍यो तर प्रधानमन्त्री केपी शर्मा ओली विपक्षमा देखिए।

शनिबारको सचिवालय बैठकसँगै वामदेव राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट प्रतिनिधिसभातिर धकेलिएका छन्। गौतमलाई प्रतिनिधिसभामा उपयुक्त समयमा प्रवेश गराउन पहल गर्ने निर्णय सचिवालय कमिटीले गरेपनि उनकी कहिले प्रतिनिधिसभा सदस्य बन्नेछन् भन्ने अनिश्चित छ। गौतमले संसद प्रवेश गर्न मरिहत्ते गरेकाले एकपछि अर्को गर्दै बदनाम भएका छन्। यसले गर्दा यदि गौतम निर्वाचनमा प्रतिस्पर्धा गरेपनि चुनाव जित्न महाभारत हुने देखिन्छ।

यसअघि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गरेरै भएपनि राष्ट्रियसभामा बामदेवलाई ल्याएर प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। लगत्तै गौतम फुरुंग हुँदै राष्ट्रियसभा प्रवेशका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए उनले। तर शनिबारको सचिवालय बैठकपछि माहोल परिवर्तन भएको छ। 

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई उपयूक्त समय हेरेर प्रतिनिधिसभा पठाउने निर्णय भएको सार्वजनिक गरे। गौतम उपयूक्त समयमा प्रतिनिधिसभा जाने विषयमा सहमति गरेर फर्किए। कुनै सांसदलाई फिर्ता बोलाउने हो वा कुनै स्थान रिक्त भएमा वामदेवलाई उम्मेदवार बनाएर प्रतिनिधिसभा भित्र्याउने भन्ने खुलेको छैन। कुनै उम्मेदवारलाई राजीनामा गराएर गौतमलाई प्रतिनिधिसभा ल्याउने तयारी गरिएको धेरैको बुझाइ छ। गौतम सहजै 'कन्भिन्स' हुने भएकाले प्रधानमन्त्री ओलीको आश्वासनमा सहमत भएका छन्।

वामदेवलाई संसद् छिर्न एकपछि अर्को अवरोध
गत प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग ७ सय ७५ मतले पराजित भएपछि गौतम चिन्तित भएका थिए। तत्कालिन माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर आफूलाई आफ्नै पार्टीका अध्यक्ष केपी ओलीद्धारा हराएको संगिन आरोप लगाए गौतमले। तर गौतमको निर्वाचन क्षेत्रमा भने अवस्था फरक थियो। दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्यूठान दुवै ठाउँबाट निर्वाचित भएपछि उनी बर्दिया छोडेको भन्दै मतदाता रुष्ट थिए। बर्दिया घर भन्ने गरेपनि आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणजस्ता कार्यमा खास्सै मतलब नगरेको, भावी प्रधानमन्त्री मै हुँ भन्दै अर्को चुनावमा छोरा हरिष आउने अभिव्यक्ति दिएपछि बर्दियाका स्थानीय नेताहरू चिढिएपछि निर्वाचनमा हराएका थिए। जसका कारण वाम गठबन्धनका सबैजसो शीर्ष नेता चुनाव जित्दासमेत वामदेव पराजित भए। 

निर्वाचन हारेको ६ महिनासम्म गौतम चुपचाप थिए। अध्यक्ष प्रचण्डले राष्ट्रियसभा वा अन्य कुनै विकल्पबाट भएपनि गौतम संसदमा आउनुपर्छ भन्दा उनी प्रत्यक्ष निर्वाचनबाटै आउने अडान लिइरहे। लामो समय चुपचाप लागेका गौतम साउन पहिलो साता २०७५ मा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर निर्वाचन लड्ने विषय बाहिरियो। बुढालाई राजीनामा गराएर २ वर्षपछि राष्ट्रियसभामा मनोनित गराएर मन्त्री बनाउने आस्वासन दिएर फकाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री हुने पक्कापक्की जस्तै भएपछि बुढाले सांसद पदबाट राजीनामा दिन सहमत भएका थिए। डोल्पाकै मतदाताले राजधानीमा पत्रकार सम्मेलन नै गरी गौतम निर्वाचन लड्न आए हराउने चेतावनी दिएपछि रोकिए गौतम। डोल्पा जाने बाटो बन्द भएपछि उनकै जोडबलमा पछि बुढा पर्यटन राज्यमन्त्री हुन सफल भएका थिए। डोल्पाबाट निर्वाचन लड्ने वातावरण नभएपछि बाँकेका नन्दलाल रोका, दैलेखका रवीन्द्रराज शर्मा, प्यूठानकी दुर्गा पौडेल, रुकुम पूर्वबाट कमला रोक्का र नवलपरासी पश्चिमबाट तिलक महतलाई राजीनामा गराएर निर्वाचन लड्ने प्रयास गरिरहे। 

उनको सांसद् बन्ने चाहना रोकिने कुरा थिएन। काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले गौतम र अध्यक्ष प्रचण्डकै जोडबलमा प्रधानमन्त्री केपी ओलीसमेतलाई राजीनामासमेत बुझाए। उता नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राजीनामा स्वीकृत गरेनन् भने मानन्धरको निर्वाचन क्षेत्रका मतदाताले चर्को विरोध गरेपछि गौतम ब्याक भए। 

१५ फागुन ०७५ मा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको कास्की क्षेत्र नम्बर २ बाट निर्वाचन लड्न प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए गौतमलाई। अधिकारीकी श्रीमती विद्या भट्टराई नै उठ्ने भएपछि गौतम रोकिए। प्रत्यक्ष निर्वाचनबाट संसदमा आउने सबैजसो बाटाहरु बन्द भएपछि गौतम राष्ट्रियसभामा आउन प्रयास गरेका थिए। राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्न नपाइने भएपछि संविधान संशोधन सर्त राखेका थिए। 

Xtrem

Xtrem

पछिल्लो समय पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद दलबहादुर रानालाई राजीनामा गराएर गौतमले चुनाव लड्ने विषयले राजनीतिक वृत्तमा प्रवेश पाएको छ। तर सांसद् रानाले भने आफूले राजीनामा गरेर वामदेव कमरेडलाई छोड्नेबारे कुनै छलफल नै नभएको भन्दै अनविज्ञता प्रकट गरे।

‘मलाई मिडियाका साथीहरुले फोन गरिरहेका छन्। मलाई थाहा नै छैन। राजीनामाबारे अहिलेसम्म कुनै नेतासँग भेटेर छलफल समेत गरेको छैन। यस्तो कसरी हुन सक्छ? ’ रानाले भने, ‘मिडियाकर्मीले पनि बुझेर समाचार नलेख्दा पीडित बनाए। तपाईं पनि सत्यतथ्य बुझेर लेख्नुस्। ’  आफूले निर्वाचन जितेको क्षेत्र छोडेर अरुलाई छोड्ने विषयमा सोच्नसमेत नसकिने रानाले बताए। 

नेता राना गौतम निकट भएपनि राजीनामाबारे आफूलाई जानकारी नभएको नेता ठाकुर गैरेले बताए। ‘दलबहादुर राना र मेरो एउटै जिल्ला हो। उहाँको निकटता वामदेव कमरेडसँग अलि धेरै हो,’ गैरेले भने, ‘तर, उहाँलाई राजीनामा गराएर वामदेव कमरेडलाई उठाउनेबारेमा थाहा भएन। थाहा नभएको कुरा हो कसरी भन्नु?’

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  २२:३०
  • #ncp
  • #वामदेव-गाैतम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसद... सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा जबरालाई उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति स... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्