• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले निम्त्याएको ‘केयर होम’भित्रको दुःखदायी कथा

64x64
नेपाल लाइभ शनिबार, वैशाख २०, २०७७  १८:२४
1140x725

एजेन्सी- पश्चिमी यूरोपका ‘केयर होम’हरूमा कोरोना संक्रमण दिनप्रतिदिन फैलिरहेका घटनाहरू आइरहेका छन्। स्पेनको म्याड्रिड र त्यहाँ वरिपरी मात्रै झण्डै १६ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ। तर अझै पनि वास्तविक मृत्युदर भने पुष्टि हुन सकेको छैन। तर धेरै परिवारहरूले आफ्ना केही आफन्तहरू सम्पर्कमा नआएको भनिरहेका छन्।

गत मार्च ८‚ लन्च गर्ने बेला भएको थियो‚ त्यही समयमा क्यास्टिलोले आफ्ना नजिकका साथीहरूसँग भेटघाट गरेकी थिइन्। उनले भेटेका प्रायः सबै वेस्ट म्याड्रिडका कामदार महिलाहरू नै थिए। उनीहरूले अन्तर्राष्ट्रिय महिला दिवसको दिन सधैं गर्ने गरेको प्रदर्शनका लागि यसपाली पनि जम्मा भएका थिए। उनीहरूले एकअर्कालाई भेटेर खुशी व्यक्त गरे‚ अङ्कमाल गरे‚ हात मिलाए र सबैले एक स्वरमा‚ ‘डाउन विथ द प्याट्रिआर्की’ अर्थात् ‘पितृसत्तको अन्त्यसँगै’ र ‘फेमिनिज्म विल विन।’ अर्थात् ‘महिलावादले जित्नेछ’ जस्ता गीतहरू गाउन थाले।

त्यसबेलासम्म पनि स्पेनका स्थानीयबासीहरू खुलेयाम रूपमा बाहिर हिँडडुल गरिरहेका थिए। कोरोना भाइरसको संक्रमणले गर्दा इटालीमा सयौं मान्छेको मृत्यु भइसकेको थियो।

 त्यहीबेला ६० वर्षीय प्राथमिक विद्यालयकी सहयोगीको जागरिबाट भरखर अवकाश पाएकि क्यास्टिलोले महिला दिवसमा मुखमा मास्क लगाएर प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई देखिन्। मास्क लगाउने प्रायः त्यहाँ घुम्न आउने टुरिस्टहरू थिए। ‘तर यहाँ हामी त्यो विषयमा कुरा गर्दैनौं‚’ उनले भनिन्।

तर यही कुराले उनलाई कता कता डर भने लागिरहेको थियो। केही घण्टाअघि मात्र उनी आफ्नी ८६ वर्षीया आमा क्यर्मेलालाई भेट्न मन्टेर्मोसो नामक केयर होममा गएकी थिइन्‚ जहाँ वृद्धवृद्धाको सेवा गरिन्छ। उनी त्यहाँ पुगेकी मात्र के थिइन्‚ त्यहाँ काम गर्ने एक कर्मचारी आएर उनलाई भित्र प्रवेश निषेध गरिएको छ भन्दै छिर्न दिएनन्। ती कर्मचारीका अनुसार केयर होमभित्र २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ‚ त्यसैले पनि बाहिरबाट आएका कसैलाई पनि छिर्न दिइएको रहेनछ। अब आमासँग भेट्ने आश पनि संक्रमण नियन्त्रण नहुन्जेल यथावतै रहने भयो।

क्यास्टिलाकी आमा अल्जाइमरको रोगी थिइन्। उनले आफ्नी आमालाई ठिक ३ दिनअघि अस्पतालबाट डिस्चार्ज गर्ने बेलामा भेटेकी थिइन्। क्यास्टिलाकी आमा क्यार्मेलालाई श्वासप्रश्वासमा समस्या देखिएर केही हप्ताअघि अस्पताल भर्ना गरिएको थियो। उनलाई उपचार गर्ने चिकित्सकका अनुसार उनको अवस्था सामान्य भएकाले केही दिनमा ठिक हुने विश्वास व्यक्त गरेका थिए। साथै डाक्टरहरूले यो कोरोनाको लक्षण होइन भनेर परिवारलाई आश्वस्त पारेका थिए‚ यद्यपि उनको कोरोनाको परीक्षण भने गरिएको थिएन।

क्यास्टिलोलाई अब झन् तनाव बढेको थियो। केयर होमको कर्मचारी त्यति भनेर भित्र गयो। उ भित्र जानासाथ केयर होमकै एकजना महिला कर्मचारी मुखमा मास्क लगाएर हतार हतार गर्दै कतै कुदिरहेकी थिइन्। उनलाई क्यास्टिलोले लामो समयदेखि चिनेको भएता पनि‚ उनी एक शब्द पनि नबोली दौडिइन्। यसले झन् क्यास्टिलोको मनमा शङ्का उब्जायो। ‘त्यो बेला‚’ उनले भनिन्‚‘मलाई लाग्यो‚ यहाँ केही त पक्कै घटेको छ।’

‘कोरोना भाइरसको संक्रमण अन्यको तुलनामा वृद्धवृद्धाहरूलाई बढी हुन्छ भन्ने पहिलादेखि नै थाहा थियो। स्पेनमा त झन् ६५ वर्षभन्दा माथिका वृद्धवृद्धहरू धेरै छन्। करीब ८९ लाख जनसंख्या ६५ वर्षभन्दा माथिका रहेका छन्। यसविषयमा प्रधानमन्त्री पेड्रो सेन्चेजले त्यति चासोका साथ हेरेका थिएनन्। सामान्य प्रतिक्रियामात्र दिइरहेका थिए।’ उनले भनिन्।

Ncell 2
Ncell 2

त्यसपछि कोरोना महामारीको बारेमा क्यास्टिलोले विभिन्न समाचारहरू पढ्न थालिन्। उनलाई आफ्नी  आमासँग भेट्न नदिएको पीडा एकतर्फ थियो भने डर अर्कोतर्फ। क्यार्मेला पछिल्लो ५ वर्षदेखि त्यहाँ बस्दै आएकी छन्। उनको बारेमा क्यास्टिलोलाई त्यतिविधि जानकारी प्राप्त हुँदैनथ्यो। क्यास्टिलोले जति नै प्रश्न गरेपनि उनलाई केही थोरैमात्र जानकारी दिने गरिन्थ्यो।

कन्स्वेला डोमिन्गुज‚ क्यास्टिलोकी लामो समयदेखिकी साथी‚ उनकी आमा पनि मोन्टेर्मोसोमै बस्दै आएकी थिइन्। करीब १ सय ३० जनाको क्षमता भएको मोन्टेर्मोसोमा‚ रातो पर्खाल र फराकिला झ्याल र कोठाहरू थिए। कन्स्वेला पनि उनकी आमाको बारेमा विस्तृत जानकारी नपाएको बताइरहेकी थिइन्।

Workers visit residents at Monte Hermoso nursing home after a coronavirus outbreak

क्यास्टिलो र कन्स्वेला दुवैले सो मोन्टेर्मोसोका केही कर्मचारीहरू ज्वरो‚ रूघा‚ खोकी आएकाले आइसोलेसनमा गएको कुरा पत्ता लगाए। उनीहरूलाई कोभिड-१९ का लक्षणहरू देखापरेका थिए। यसबाट दुवैजनाले मोन्टेर्मोसोभित्र पक्कै केही न केही त हुँदैछ भन्ने आंकलन गरे।

कोरोना भाइरस स्पेनमा द्रूत गतिमा फैलिरहेको थियो। मार्च १४ मा प्रधानमन्त्रीले देशभर नै सबै नागरिकलाई ‘स्टे एट होम’ अर्थात घरमै बस्नुपर्ने भन्दै आपतकालको घोषणा गरे। कोही पनि पूर्णरूपमा सुरक्षित थिएनन्। त्यही दिन साँझ कन्स्वेलालाई मोन्टेर्मोसोबाट अकल्पनीय तवरले फोन आयो।

त्यहाँका फोन गर्ने कर्मचारी ‘धेरै नै चिन्तित थिए‚’ उनले भनिन्‚ ‘तिमी पनि त्यो कुरा महशुस गर्न सक्थ्यौ।’ केही लुकाएझैं गरी कर्मचारीले कन्स्वेलालाई मोन्टेर्मोसोका ७० जनामा कोरोना संक्रमण देखिएको र १० जनाको मृत्यु पहिले नै भइसकेको जानकारी दिए। ‘मलाई धेरै नै डर लागिरहेको थियो‚’ उनले भनिन्।  यसको बारेमा कन्स्वेलाले आफ्नी साथीलाई भनिन्। ‘मलाई यो कुराको विश्वास नै भइरहेको थिएन‚’ क्यास्टिलो सम्झिन्छिन्। ‘हामीलाई उनीहरूले साँचो बताइरहेका छैनन्।’

क्यास्टिलो र कन्स्वेलाले १७ मार्चमा यो कुराको जानकारी त्यहाँका पत्रकारलाई दिए। त्यसपछि मोन्टेर्मोसोका समाचारहरू देशव्यापी रूपमै फैलन थाल्यो। त्यसपछि मात्र म्याड्रिड सरकारले कोरोना महामाबारे केही सतर्कता अपनाउन थाल्यो।  त्यो समयमा १९ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका थिए।

त्यो दिन बेलुका क्यास्टिलोलाई पनि केयर होम मोन्टेर्मोसोबाट फोन आयो। उनकी आमा‚ क्यार्मेलासँग एउटै कोठामा बस्ने एक वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको कुरा त्यो फोनबाट केयर होमका एक कर्मचारीले सुनाए। ‘यसले मलाई ठूलो झट्का दियो‚’ क्यास्टिलोले भनिन्। उनलाई थाहा  थियो‚ यदि उनकी आमामा कोरोना संक्रमण भेटियो भने उनको बाँच्ने कुनै सम्भावना छैन।

Rosana Castillo in front of Monte Hermoso

केयर होममा आफ्ना आफन्त भएकाहरूले ह्वाट्स एपमा सबैलाई समावेश गरेर एउटा ग्रुप बनाए। र त्यो ग्रुपमा विभिन्न मानिसहरूले अझ धेरै पीडादायी कुराहरू सेयर गर्न थाले। ‘कर्मचारीहरू धेरै नै चिन्तित थिए। त्यहाँ रहेका केही मानिसहरू पनि किंकर्तव्य विमूढजस्तो देखिएका थिए।’ मोन्टेर्मोसोमा प्रवेश निषेध गर्नुभन्दा २ दिनअघि त्यहाँ पुगेकी एक महिलाले भनिन्। अरोरा सन्तोस‚ उनकी आमा पनि पछिल्ला केही वर्षयता मोन्टेर्मोसोमै रहेकी छिन्। त्योबेला त्यहाँका अधिकांश मानिसहरू बिरामी परेको अवस्थामा त्यहाँको क्याफेनजिकै आफूले देखेको सम्झन्छिन् सन्तोस। ‘त्यहाँको व्यवस्थापन समितिले के गरिरहेको छ भन्ने कुराको केही जानकारी नै छैन हामीलाई‚’ उनले भनिन्‚ ‘न त त्यहाँको अवधारणाको बारेमा नै थाहा छ।’

सन्तोस पनि विभिन्न जानकारी बटुल्नका लागि क्यास्टिलो र कन्स्वेलासँगै जोडिइन्। उनीहरूका अनुसार कोरोना संक्रमण पुष्टि भएका र नभएकाहरूलाई छुट्टै राखिएको थिएन। कोरोना संक्रमित कर्मचारीहरूलाई पनि छुट्टै ठाउँमा सारिएको थिएन। पर्याप्त सुरक्षा थिएन‚ त्यहाँका कर्मचारी आफैंले मास्क बनाउनुपर्ने बाध्यता थियो। ‘हामी उनीहरूलाई सहयोग गर्न चाहन्थ्यौं‚ किनकी हाम्रा आफन्त त्यहाँ थिए‚’ कन्स्वेलाले भनिन्‚ ‘उनीहरू हामीसँग पनि किन इमान्दार भएनन्?’

मोन्टेर्मोसो‚ एक्लै थिएन। तर कसैलाई पनि त्यहाँभित्र के घटिरहेको छ भन्ने केही थाहा थिएन। क्यरमेन फ्लोरस‚ बिरामीहरूका पक्षबाट बोल्ने एक अनुसन्धान कमिटीका प्रमुखले केयर होमको संदिग्ध अवस्थालाई लिएर चेतावनी दिएका थिए। 

भिडले युक्त भएका अस्पतालहरूले केयर होमबाट ल्याइएका बिरामीहरूलाई भर्ना गर्न मानिरहेका थिएनन्। उल्टै केयर होममै फर्काइरहेका थिए। केयर होमका श्वासप्रश्वाससँग सम्बन्धित रोग लागेका धेरै मानिसले त अक्सिजनको बोतलसम्म पनि पाएनन्। 

Spanish army at Monte Hermoso

यस्तोबेलामा स्पेनिस सरकार स्वास्थ्य सामग्री बाँढ्नमै अल्झिरहेको थियो। त्यसकै बीचमा केयर होमले स्थानीय प्रशासनसँग परीक्षण किट उपलब्ध गराउनका लागि अनुरोध गर्‍यो। तर उनीहरूलाई त्यति महत्वको दृष्टीले हेरिएन। ‘सहयोगबिना केही पनि गर्न सकिने अवस्था थिएन‚’ होमका प्रमुखले भने‚ ‘यो एउटा ठूलो दुर्घटना थियो।’

आर्मीहरूलाई कीटनाशक औषधि छर्कनका लागि तैनाथ गरिएको छ। त्यहाँका रक्षामन्त्री मार्गारिता रोबल्सले केही ठाउँहरूमा यस्तो किसिमको संक्रमणलाई पनि बेवास्ता गरेको पाइएको बताएका थिए। ‘कतिपय मानिसहरूको त सुतेको ठाउँमै मृत्यु भएका घटनाहरू पनि बाहिर आएका थिए।’ फ्लोरसले भने।

म्याड्रिडका नर्सिङ होमहरूमा कोरोना संक्रमणका कारण अहिलेसम्म करीब ६ हजार मानिसको मृत्यु भइसकेको छ। सरकार त्यस्ता संक्रमित व्यक्तिमाथि कसैले अन्याय‚ अत्याचार‚ बेवास्ता गर्नेहरूको खोजी गरिरहेको छ।

‘मलाई लाग्छ यहाँ अझै पनि धेरै नराम्रा कामहरू भएका छन्‚’ क्यास्टिलोले भनिन्‚ ‘त्यहाँ बसेका मानिसहरू आफूलाई केही भइहाल्यो भने पनि‚ यसो भयो भनेर चिच्याएर सबैलाई सुनाउन पनि सक्दैनन्। उनीहरू एकान्तमा एक्लै मर्न विवश भइरहेका छन्।’ मोन्टेर्मोसोले इमेलबाट अन्तर्वार्ता गर्न समेत मानिरहेको छैन। कर्मचारीहरूलाई फोन गरेर यसको लागि सोध्दा उनीहरू अहिले पत्रकारहरूसँग बोल्ने अवस्थामा नरहेको बताउँछन्।

मार्च २२ बिहान ६ बजे रोसाना क्यास्टिलोलाई मोन्टेर्मोसोले अन्तिम पटक फोन गरेको थियो। क्यर्मेलाको मृत्युको खवर थियो‚ त्यो। उनको शरीरलाई अन्तिम संस्कारका लागि लगिएको थियो। अन्तिम पटक बिदाइ गर्ने अवसर पनि पाइने अवस्था थिएन। घरमा आफ्ना पति र छोरोसँग बसेकी क्यास्टिलाले उनकी आमालाई श्रद्धाञ्जली दिइन्। ‘त्योजस्तो दुःखदायी क्षण जीवनमा कहिले पनि आएन मेरा लागि‚’ उनले भनिन्।

मोन्टेर्मोसोमा करीब ४८ जनाको कोरोनाको संक्रमणका कारणण मृत्यु भएको छ। ६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने तीमध्ये ६ जना अस्पताल भर्ना भएका छन्। म्याड्रिड प्रशासनका काउन्सलर अफ सोसल पोलिसिज अल्बर्टो रिएरो भन्छन्‚ ‘हामी सबैको तर्फबाट गल्ती भएको छ।’

स्पेनमा अहिलेसम्म करीब २५ हजारको मृत्यु भइसकेको छ। केयर होमबाट कतिको मृत्यु भयो भन्ने तथ्याङ्क अझै पनि सरकारी तथ्यांकमा प्रष्टसँग आएको छैन। अधिकांश मानिसहरूको परीक्षण गर्नुभन्दा अगाडि नै मृत्यु भएर अन्तिम संस्कार गरिएको छ। कोभिड-१९ बाट कतिको मृत्यु भयो भन्ने यकीन तथ्यांक शायद अब कहिले पनि सार्वजनिक हुनेछैन।

८ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसको त्यो र्‍याली स्थानीय प्रशासनको कमजोरीको रूपमा देखापरेको छ। त्यहीबेला उता लालिगामा रियल बेटिस र रियल म्याड्रिडबीच फुटबल खेल चलिरहेको थियो। 

अन्ततः प्रतिकूल परिस्थिति घटेपछि‚ कन्स्वेला र सन्तोसले भने मोन्टेर्मोसोका तर्फबाट विभिन्न भिडियो कलबाट खवरहरू पाइरहेका छन्।

‘पहिला के भएको थियो र यस्तो घटना घट्यो? हामीलाई जान्नु छ‚’ सन्तोसले भनिन्। क्यास्टिलोकी आमाको मृत्यु भएको १५ दिनपछि मात्र उनले आफ्नी आमाको अस्तु पाइन्। अहिले उनले आफू म्याड्रिडभन्दा बाहिर रहेको उनकी आमाको गाउँको घर मेकोमा बसाईं सर्ने योजना बनाइरहेकी छन्। र क्यास्टिलोले आफ्नो बुबाको अन्त्येष्टि गरेकै ठाउँमा उनकी आमाको पनि अस्तु सेलाएकी थिइन्।

बिबिसीबाट

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प शुक्रबार, असोज २४, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्