डडेल्धुरा- डडेल्धुराको भित्रीमधेस क्षेत्रस्थित परशुराम नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी मावि परिगाउँ नमुना विद्यालयमा छनोट भएको छ। शिक्षा विभाग सामुदायिक विद्यालय व्यवस्थापन शाखाले जिल्ला शिक्षा कार्यालयलाई बुधबार नमुना विद्यालयमा छनोट भएको पत्र पठाएको हो।
नमुना विद्यालय छनोटका अधार, २०७३ (संशोधन सहित) बमोजिम जिल्ला शिक्षा कार्यालयबाट भएको मूल्यांकन तथा शिक्षा विभागबाट खटाएका अधिकृत कर्मचारीको टोलीले गरेको स्थलगत अवलोकन सहितको मूल्यांकन प्रमाणीकारण प्राप्त प्रतिवेदनका अधारमा न्युनतम आधारहरु पूरा गरी उच्चतम अंक प्राप्त गरी नमुना विद्यालयमा छनोट भएको हो।
एक महिनाभन्दा बढी सार्वजनिक सूचना प्रकाशित गरी नमुना बन्न योग्य विद्यायलहरुले निवेदनका साथ दाबी गर्ने समय तोकिएकोमा डडेल्धुराबाट एक विद्यालयले मात्र आवेदन दिएको जिल्ला शिक्षा डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।