• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कविता : मजदुर दिवस अरे!

रोजी थपलिया शुक्रबार, वैशाख १९, २०७७  १६:५८
1140x725

हुन त हरेक वर्ष आउने यो दिन
यो वर्ष कस्तो साइत पारेर आएछ!
वर्षभर साहुले राज गरेपनि 
यो दिन तिम्रै लागि हुन्थ्यो
तिमी आफ्नो दु:ख बिसाउन 
एक दिन घरमै खुशी खोज्थ्यौं।

भट्टीमा इट्टा बोक्दा उठेका ठेला बिसेक हुँदै होलान्
घाममा बोरा बोक्दा सयौं खुट्किला पार गरेका 
पाउ आराम पाउँदै होलान्
डढेका तिम्रा शरीर सुकिला चम्किला हुँदै होलान्
के तिम्रो मुहारमा त्यही चमक छ?
अन्न कसरी जुटाउने भनेर तिम्रो पेट भौंतारिरहेका छैनन्?
छोराछोरी अनि श्रीमतीका भोकानाङ्गा अनुहारले तर्साएका छैनन्?
रित्तिएका गोजी अनि भरिएका जिम्मेवारीले 
तिम्रो मानसिक तौल बढाएका छैनन्?
कामबाट म दूरी होइन,
मजदुरी चाहन्छु भनेर चिच्याउन मन लागेको छैन?
राहत बाँड्नेले खिचेको फोटो देखेर 
भगवान्! भन्दै गुनासो गर्न मन लागेको छैन?

आज त तिम्रो दिन, मजदुर दिवस
बिना ज्यालादारी महंगीमा सहर भारी हुँदा
काठमाडौंदेखि सुदुरपश्चिम हिँडेका
पाइलालाई हलुका पारिदेऊ
एकै छिन बिसाइदेऊ
क्यामेरा लिएर राहत दिन आउँदै होलान् ठालुहरू
तिमी पनि के कम मुसुक्क मुस्कुराइदेऊ
राहत कोषमा गजज्क परेको फोटो दिलाइदेऊ

याद गर! यस विषम घडीमा 
झुधिरहेका तिमी एक्लै मजदुर छैनौँ
तिमी मात्र मजबुर छैनौँ
होलान् बाँधिएका तिम्रा हातहरू
होलान् रोकिएका कर्मठ तिम्रा पाइलाहरू
थुप्रै श्रमिक तिम्रा साथमा छन्।

कोरोनाजस्ता रोगव्याधि मन्थन गर्दैगर्दा 
कालकुट विष निस्किरहँदा 
रातदिन भोकप्यास नभनी 
तिमीहाम्रै लागि 
अमृत खोजिरहेका छन् डाक्टरहरू

Ncell 2
Ncell 2
nimb
nimb

नयाँनयाँ उपकरण आविष्कार गर्दागर्दै
हात बटाइरहेका छन् इन्जिनियरहरु
नभए नि तिम्रो घरमा इन्टरनेट
तिम्राजस्तै बालबालिका सम्झेर
शिक्षामा बाधा नपुगोस् भनेर 
जसोतसो अनलाइन शिक्षा
दिलाइरहेका छन् शिक्षकहरू

चौबिसै घण्टा खुला छन् एटिम बुथहरु
बैंकका हिसाब मिलाइरहेका छन् लेखापालहरू
घरमै आधा पेट खाएर भएपनि 
पूरापूर माया बाँडिरहेका छन् आमाहरू
फाटेका खल्ती लिँदै फाटेका छोराछोरीका 
सपना अनि मुटु सिलाउन 
सियो समाउँदैछ्न् बाबाहरू
नातीनातिना छोराछोरीका चहलपहलले 
एक्लिएका हजुरबाबा हजुरआमाहरूको 
मुहार उज्यालिएको होला

दूरदेखि शून्यसम्म सबै मजदुर 
काम फरक तर पेटका लागि सबै मजबुर
पहिले एक दिन छुट्टीका लागि तड्पने तिमी
आज कामबाट छुट्टिएर तड्पिरहेका छौं, होइन?

एक चोटी ती डाक्टरलाई सम्झ त
खाद्यान्नको अभाव हुन नदिने व्यापारीलाई सम्झ त
महामारीमा होमिएका कर्तव्यनिष्ठ पत्रकार
सुरक्षाकर्मी नर्स आदिलाई सम्झ त
चिन्ता नगर तिम्रा पाखुरीमा 
देश बोक्ने ईट्टा अवश्य पर्नेछन् 
तिम्रा सन्तानका आधा पेट र सपना अवश्य पूरा हुनेछन्
फाटेका अनि रित्तिएका तिम्रा खल्ती अवश्य भरिनेछन्।

त्यसैले पीडामा पनि मुस्कुराइदेऊ
आज थोरै अनि खालीमै चित्त बुझाइदेऊ
देश बनाउने भार तिमीले बोक्ने सिमेन्टका बोराहरूमा छन्
तिमीले बगाउने पसिनाका थोपाहरूमा छन्

पसिना मात्र होइन, 
रोग, भोक, शोक बगाउन पनि आउँछ भनिदेऊ
किनभने आज त तिम्रै दिवस हो 
नहुनु तिमी रुन कराउन चिच्याउन विवश अरे
आज त मजबुरहरुको मजदुर दिवस अरे!
आज त मजदुर दिवस अरे! 
तिम्रै दिवस अरे!

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १६:५८
  • #रोजी_थपलिया
  • #मजदुर_दिवस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
७,५०० एमएएच ब्याट्रीसहित ‘अनर एक्स७ई’ नेपालमा सार्वजनिक, खरिदमा निःशुल्क इयरबड्स
कांग्रेसले दियो सरकारलाई १ करोड
बाढी पीडितका लागि कालिका भगवती गुठीले दियो ११ लाख ११ हजार
सम्बन्धित सामग्री
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
७,५०० एमएएच ब्याट्रीसहित ‘अनर एक्स७ई’ नेपालमा सार्वजनिक, खरिदमा निःशुल्क इयरबड्स सोमबार, भदौ २२, २०८३
कांग्रेसले दियो सरकारलाई १ करोड सोमबार, भदौ २२, २०८३
बाढी पीडितका लागि कालिका भगवती गुठीले दियो ११ लाख ११ हजार सोमबार, भदौ २२, २०८३
विवादित ‘ग्रीन आर्मी’माथि नेकपाको प्रश्न, तत्काल खारेज गर्न माग सोमबार, भदौ २२, २०८३
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्