काठमाडौं- विश्वभर ३२ लाख ५६ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १० लाख ६९ हजार ५ सय ३४ जनालाई संक्रमण पुष्टि भएको छ।
त्यस्तै, स्पेनमा २ लाख १३ हजार ४ सय ३५, इटालीमा २ लाख ५ हजार ४ सय ६३, बेलायतमा १ लाख ७२ हजार ४ सय ८१, फ्रान्समा १ लाख ६७ हजार २ सय ९९, जर्मनीमा १ लाख ६३ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ६३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
त्यस्तै, इटालीमा २७ हजार ९ सय ६७, बेलायतमा २६ हजार ७ सय ७१, स्पेनमा २४ हजार ५ सय ४३, फ्रान्समा २४ हजार ३ सय ७६ जनाको मृत्यु भइसकेको छ।
विश्वभर १० लाख १४ हजार ४ सय ९५ जना संक्रमणपछि पनि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।