काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण प्रदेश तयार भएको एक सातामा एसइई परीक्षा सुरु गर्न सक्ने जनाएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाउँदै बोर्डले प्रदेशहरु तयार भए सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने जनाएको हो।
'हामीले कुनै मिति तोकेर प्रतिवेदन दिएका छैनौं, अहिले नै कसरी मिति तोक्न सकिन्छ र?,' बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले भने, 'सरकारले कोरोनाबाट सुरक्षित छौं भन्नुपर्यो र प्रदेशले पनि तयार छौं भन्नुपर्यो।'
उनले परीक्षाको विकल्प नभएको पनि बताए। 'हामीले परीक्षा सञ्चालन कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल गर्यौं,' उनले भने, 'हामी सुरक्षित छौं भन्ने जानकारी पाएको सात दिनमै परीक्षा गर्न तयार छौं।'
अहिले एसइई परीक्षा‚ प्रदेशले सञ्चालन गर्छन्। प्रदेशहरु तयार भएलगत्तै परीक्षा अघि बढाइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।