काठमाडौं- पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा गएको २४ घन्टामा ४ सय ८७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
नेपालमा हालसम्म कोरोनाको आशंकामा १२ हजार ११ जनाको पिसिआर परीक्षण भएको हो।
काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी कूल ८० जना शंकास्पद बिरामी आइसोलेसनमा छन्। काठमाडौंमा पाटन अस्पतालमा मात्र ३ जना शंकास्पद आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
देशभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ५ सय ७६, प्रदेश २ मा १ हजार ४ सय, बागमतीमा ५ सय ५१, गण्डकीमा ५ सय ९३, प्रदेश ५ मा १२ हजार ७ सय ५२, कर्णालीमा ३ हजार ९ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना क्वारेन्टाइनमा छन्।
संक्रमित ५७ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४१ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।