काठमाडौं- सरकारले लकडाउन अवधिभर मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्ने गार्हस्थ ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको थियो।
उक्त निर्णयलाई वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन अवधिभरलाई निरन्तरता दिने निर्णय गरेको छ।
यसैगरी मासिक २ सय ५० युनिटसम्म खपत गर्नेको हकमा १५ प्रतशित र लकडाउनमा बन्द रहेका उद्योगहरुले डिमान्ड शुल्क छुट वा सहुलियत दिने विषयमा नेपाल विद्युत प्राधिकरणले आवश्यक व्यवस्था गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।