नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा कार्यरत ५२९ जना पत्रकारकाे राज्य सरकारले कोरोना परिक्षण गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार बुधबार ५२९ जना पत्रकारकाे नमूना परीक्षण गरिएकोमा ३ जनामा रिपाेर्ट पोजेटिभ देखिएको छ।
मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमण भएका पत्रकारहरुलाई स्वास्थ्य लाभकको कामना गरेका छन्। केजरीवालले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो कामना गरेका हुन्। गत साता दिल्ली सरकारले राष्ट्रिय राजधानीमा काम गर्ने पत्रकारहरुकाे काेराेना जाँचका लागि एक केन्द्र स्थापना गरेको थियो।
यसअघि मुम्बईमा १७१ जना पत्रकारहरुकाे परीक्षण गर्दा ५३ जना पत्रकारमा काेराेनाकाे संक्रमण देखिएकाे थियाे। संक्रमित हुनेमा विद्युतीय र प्रिन्ट मिडियाका पत्रकार, फोटोग्राफर र क्यामेरा पर्सन रहेका थिए।
त्यस्तै चेन्नईमा तमिल समाचार च्यानलमा काम गर्ने २७ जनामा पनि कोरोना भाइरसको संक्रमण भएकाे थियाे। मार्चमा मध्य प्रदेशको भोपालमा एक पत्रकार संक्रमित भएको पाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।