काठमाडाैं- चीनले कोरोना भाइरसका कारण २०२० बाेआओ फोरम रद्द गरेकाे छ। यसलाई एशियामा दावोसको वर्ल्ड इकोनोमिक फोरमको समकक्ष कार्यक्रम मानिन्थ्यो।
फोरमको वेबसाइटमा जारी विज्ञप्तिमा फोरम अगाडि बढाउन नसकिने भन्दै फाेरम रद्द गरेकाे जानकारी दिइएको छ। फाेरमले यो महामारीमा चीन सरकार, फोरमका सदस्य तथा अन्य देशहरुलाई अटुट समर्थनको लागि सराहना गरेकाे छ।
यो फोरमको वार्षिक सम्मेलन २४–२७ मार्चमा गरिने तय भएको थियो। त्यति बेला यो स्थगित गरिएको थियो। अहिले फोरम रद्द भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।