काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ३३ हजार ६२ लाई कोरोना संक्रमण पुष्टि भएको छ।
भारतमा कोरोना भाइरसको संक्रमणपछि १ हजार ७९ को मृत्यु भइसकेको छ। त्यहाँ, ८ हजार ४ सय ३७ भने उपचारपछि निको भइसकेका छन्।
विश्वभर कोरोना : ३१ लाख ८९ हजार संक्रमित, २ लाख २७ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ८९ हजार १७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १० लाख ३७ हजार ९ सय ७० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
त्यस्तै, स्पेनमा २ लाख ३६ हजार ८ सय ९९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ५ सय ४१, बेलायतमा १ लाख ६६ हजार ४ सय ४१ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार २ सय ४७ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
त्यस्तै इटालीमा २७ हजार ६ सय ८२, बेलायतमा २६ हजार ९७, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्समा २४ हजार ८७ जनाको मृत्यु भइसकेको छ।
विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या पनि बढीरहेको छ। बिहीबार बिहानसम्म ९ लाख ७१ हजार ५ सय ९९ जना निको भइसकेका छन्।
नेपालमा पनि ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।