• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको बैठकको निचोड- सरकारको वैधता सकियो

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  २२:०६
1140x725

काठमाडौं– नेपाली कांग्रेसले सरकारको वैधता सकिएको निष्कर्ष निकालेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमाग्ने निर्णय गरेको छ। अविश्वासको प्रस्ताव ल्याउन कांग्रेसको हैसियत नभएकाले त्यस कदमले पार्टीलाई नै क्षति हुने निर्क्यौल निकालिएकाे हो।

कोरोना संक्रमण र सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल गर्न बोलाइएको बैठक बुधबार ७ घन्टा बढी समय बसेर सकिएको छ। बैठकमा उपसभापति विमलेन्द्र निधिले लकडाउनको समयमा सरकारलाई दबाब दिन पार्टीले चालेका कदमका बारेमा जानकारी गराएका थिए। पदाधिकारी बैठक,केन्द्रीय कार्यालयले जारी गरेका प्रेस वक्तव्य, विभिन्न क्षेत्रगत विषयमा भिडिओ संवाद , अर्थविदहरुसँगको छलफललगायतका विषयमा बैठकलाई जानकारी गराएका थिए।

महामन्त्री पूर्णबहादुर खड्काले ११ बुँदे बैठकका एजेण्डा प्रस्तुत गरेका थिए। आरडिटी परीक्षणलाई हटाई पिसिआर परीक्षणको दायरा बढाउने, स्वास्थ्यकर्मीलाई आवश्यक मेडिकल सामग्रीको व्यवस्था, राहत वितरण, सर्वदलीय संयन्त्र, विपक्षी दलको गठबन्धनलगायतका बैठकका एजेण्डा प्रस्तुत गरिएको थियो।

सभापति देउवाले छोटो समय बोल्दै सरकारले कोरोनाका संक्रमणमा गरेका क्रियाकलापको विरोध गरे। लिखित मन्तव्य दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति धृतराष्ट्र भएको आरोप लगाए। पौडेलले सरकारले वैधता गुमाएको भएपनि राजीनामा कांग्रेसले माग्न नहुने राय राखे। पौडेलले कृषिमा ध्यान केन्द्रित गर्न जोड दिए।

नेता कृष्णप्रसाद सिटौलाले सरकारविरुद्ध अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्ने राय राखे। सिटौलाले प्रधानमन्त्रीको कदमको विरोध गरे। प्रधानान्याधीशलाई राति भेटेको र राष्ट्रपतिलाई गुटको राष्ट्रपतिजस्तो बनाएको भन्दै कांग्रेसले विरोध गर्नुपर्ने बताए। प्रधानमन्त्रीले राष्ट्रलाई संक्रमणकालीन अवस्थामा पुर्‍याउने खेल खेलेको आरोप लगाए।

nimb
nimb
Ncell 2
Ncell 2

महेश आचार्यले सरकारको वैधता सकिएको धारणा राखे। वैधता गुम्योभन्दा राजीनामा मागेजस्तो हुने भएकाले नैतिकता गुमेको भन्नुपर्ने तर्क राखे।

नेता गगन थापाले कोरोनापछिको समयमा कांग्रेसले जितेका स्थानीय तहमा नेकपाले जितेका भन्दा भिन्न कार्य हुनुपर्नेमा जोड दिए। प्रदेश र केन्द्र सरकारले जनचाहनाअनुसार काम गरेन भनी सरकारमाथि कांग्रेसले आवाज उठाइरहेको बताए।

कांग्रेसले जितेका स्थानीय तहमा फरक कार्य गर्न नसके पार्टी आलोचित हुनेतर्फ उनले सचेत बनाए। थापाले भने, ‘प्रदेश र केन्द्रमा हामीले विरोध गरे पुग्यो। स्थानीय तहमा हाम्रो पनि सरकार छ। पोस्ट कोरोनापछि हामीले जितेका स्थानमा फरक हुनुपर्छ।’

केन्द्रीय राहत कोष प्रभावकारी नभएको नेताहरुले अभिव्यक्ति दिएका थिए। केन्द्रमा जम्मा भएको रकम स्थानीय तहमा नपुर्‍याउनु सरकारको कमजोरी भएको नेताहरुले औंल्याए। मेडिकल खरिद प्रक्रियामा भ्रष्टचारमा संलग्नलाई कारबाहीको माग नेताहरुले गरे। सांसद अपरहरणको प्रकरणले सरकार अधिनायकको बाटोमा हिँडेको भन्दै अधिकांश नेताले धारणा राखे। अपहरण प्रकरणमा संलग्नलाई कारबाहीको माग गरिएको छ।

अध्यादेशपछि विपक्षी दलहरुसँग मोर्चा बन्दी गर्ने/नगर्नेमा मतभिन्नता रहेको थियो। मधेसी दलले विगतमा कांग्रेसलाई धोका दिएको सरकारविरुद्ध सहकार्य गरेपनि मोर्चाबन्दी गर्न नहुने मत बैठकमा प्रस्तुत भएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी गराइन्। नेता चन्द्र भण्डारीले मधेसी दललाई बोक्नु आवश्यक नभएको बताए। सत्ता पाएपछि मधेसी दलले कांग्रेससँगको सहकार्य तोडिदिने उनको चिन्ता थियो।

सरकारको राजीनामा माग्ने सन्दर्भमा समेत फरक फरक मत आएका थिए। केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारको राजीनामा माग्नुपर्ने धारणा राखेका थिए। अर्का केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी आन्दोलनमा जानुपर्ने नेतृत्वलाई सुझाव दिएका थिए। नेतृ संग्रौलाले भनिन्, ‘सरकारले नैतिकता गुमाइसकेको छ। कुर्सीमा बस्न लायक सरकार छैन भन्नु बेग्लै कुरा हो। राजीनामा हामीले माग्नुपर्दैन,अरुले नै माग्छन्।’
सामाजिक दूरी कायम गरी संसद बैठक बोलाउन सरकारसँग माग गरिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  २२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत
२७ अंकले बढेर शेयरबजार बन्द
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ
सम्बन्धित सामग्री
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्-‘आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक... शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान प्रधानमन्त्री शाहले आज (शुक्रबार) बिहान ११ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार, वैशाख २५, २०८३
राष्ट्रिय सभामा एमालेको सचेतकमा रोशनी मेचे नियुक्त शुक्रबार, वैशाख २५, २०८३
२८ वैशाखको संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्