• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

र्‍यापिड टेस्ट किट खरिदमा नेपालकै मोडलमा भारतमा अनियमितता

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १३:०२
1140x725

काठमाडौं- भारतको 'भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्' कोरोना भाइरस परीक्षण किट खरिद प्रकरणमा विवादमा मुछिएको छ। र्‍यापिड डाइनोस्टिक किट खरिद गर्दा बढी मूल्य तिरेर अनियमितता गरेको भन्दै परिषद्का अधिकारी विवादमा तानिएका हुन्।

२ सय ४५ मा पाइने किट ६ सय रुपैयाँ तिरेर किनेको भन्दै उनीमाथि छानविनको माग भइरहेको छ। उनले भने किट खरिद गर्दा भारतलाई एक पैसा घाटा नभएको दावी गरेका छन्। तर खरिद प्रकरण हेर्दा उनले दावी गरेझैं देखिएको छैन। दिल्ली हाइकोर्टको एक आदेशपछि मूल्यको खुलासा भएको हो। 

नेपालमा समेत टेस्ट किट सहितका मेडिकल सामग्री खरिदमा अनियिमतता भएको खुलेको थियो। रमाइलो पक्ष के भने नेपालमा बढी मूल्यमा सामान खरिद गर्न जुन बाटो समातिएको थियो। भारतमा पनि उस्तै प्रक्रियाबाट निजी कम्पनीसँग सामान खरिद भएको थियो। नेपालमा विवाद बढेपछि सरकार पछि हटेको थियो। भारतमा रकम भुक्तानीको विवाद अदालतमा पुगेपछि अनियमितता खुलेको थियो।

भारतले र्‍यापिड टेस्टिङ्ग किट चीनबाट सामान आयात गर्ने म्याट्रिक्स ल्याबसँग किनेको हो। भारतको रेयर मेटाबोलिक्स लाइफ साइन्सेज प्रालिले त्यसको वितरण गर्ने गरेको थियो। नेपालमा सरकारी निकाय स्वास्थ्य सेवा विभागले ओम्नीसँग स्वास्थ्य सामग्री खरिद गरेको थियो। भारतमा सरकारी निकाय भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्ले म्याट्रिक्स ल्याबसँग किनेको थियो।

यो पनि पढ्नुहोस्

वाणिज्यमा दर्तै नभएको ओम्नीसँग स्वास्थ्यले कसरी किन्यो मेडिकल सामग्री?मंगलबार, चैत १८, २०७६

दुवै कम्पनीबीच पैसाको लेनदेनको विवाद भयो र मुद्दा दिल्ली हाइकोर्टमा पुग्यो। रेयले कोर्टमा निवेदन दिएको थियो। परिषद्ले म्याट्रिक्सले सामान पठाउनु अगाडि नै पैसा मागेको उसको दावी थियो। कम्पनीका वकिल जयन्त मेहताले बिबिसीसँग बताए अनुसार सुनुवाइको क्रममा भारतमा सो किट ल्याउने कम्पनीले २ सय ४५ मा किनेको खुलेको थियो।

कोर्टले २ सय ४५ मा किनेको सामानमा ६१ प्रतिशत नाफा राख्दा पनि फरक नपर्ने भन्दै सामानको मूल्य ४ सय रुपैयाँ तोकिदियो। जबकी परिषद्ले सो सामान ६ सयमा किनिरहेको थियो। म्याट्रिक्सका वकिल अमिताभ चतुर्वेदीले वितरकलाई ४ सय रुपैयाँमा नै दिइरहेको तर उनीहरुले सरकारी निकायलाई ६ सय रुपैयाँमा बिक्री गरिरहेको दावी गरेका छन्।

दिल्लीको कोर्टले यो विवाद सुल्झाउँदै अब सरकारी निकायलाई नै ४ सय प्रतिगोटामा किट बिक्री गर्न बाटो खोलिदिएको छ। तर यसले सरकारी निकायले दुई गुना बढी मूल्य तिरेर किट किनेको खुलासा भने गर्‍यो।

परिषद्ले विज्ञप्ति निकालेर रकम भुक्तानीको विषयमा विवाद भएपछि पैसा नतिरेकाले सरकारलाई कुनै घाटा नभएको दावी गरेको छ। चीनबाट आएको परीक्षण किट खराब रहेको देखिएपछि रकम नदिएको सरकारी अधिकारीको दावी छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

चीनबाट स्वास्थ्य सामग्री ल्याएको ओम्नीको टेन्डर रद्द, पाँच करोड धरौटी जफतबुधबार, चैत १९, २०७६

खरिदमा नेपालकै मोडल
नेपालमा कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवा विभागले पहिला टेण्डर माग्यो। टेण्डर नपरेको भन्दै आयातकर्ताहरुसँग छलफल गरेर कोटेसन माग्यो। तोकिएको समयमा आएका तीन कम्पनीमध्ये ओम्नीलाई सामान ल्याउने जिम्मा दिएर आफैंले विमान चार्टर समेत गरेको थियो।

उच्च दरमा सामान किनेर अनियमितता गरेको खुलासापछि सरकार पछि हट्दै तोकिएको समयमा सामान नल्याएको भन्दै टेण्डर रद्ध गरेको थियो। तर सरकारले उसैले ल्याएको र्‍यापिड किट प्रयोग गरेर परीक्षण गरिरहेको छ।

यो पनि पढ्नुहोस्

चीनबाट भित्र्याइएकाे मेडिकल सामानकाे सूचना लुकाउँदै सरकार, खरिद प्रक्रियामा शंकै शंकासोमबार, चैत १७, २०७६

उता भारतमा पनि यस्तै प्रक्रियामा किट खरिद भएको थियो। बिबिसीका अनुसार भारतमा सामान खरिद गर्न टेण्डर गरियो तर कसैले टेण्डरमा इच्छा देखाएनन्। त्यसपछि दोस्रो पटकको टेण्डरमा बायोमेडिक्स र बोडफोले टेण्डर हाले। दुवैले सरकारकै रेटमा सस्तोमा सामान दिन प्रस्ताव गरेको भन्दै उसैलाई ठेक्का दिइएको थियो।

नेपाल-भारत दुवैले किनेको चिनियाँ कम्पनी एकै
भारतमा प्रयोगमा रहेको किट र नेपालमा ओम्नी विजनेस कर्पोरेसनले नेपालमा ल्याएको किट दिने कम्पनी एकै हो। दुवैले ग्वान्जाउ वन्डफो बायोटेक कम्पनीको ‘वन्डफो’ ब्राण्डको द्रुत परीक्षण किट (आरडिटी)  किनेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतमा वन्डफो ब्राण्डका आरडिटी परीक्षणको नतिजा विश्वसनीय नभएको भन्दै प्रयोगमा रोक लगाउने निर्णय  गरिसकेको छ। उसले एक सूचना निकालेर ग्वान्जाउ वन्डफो बायोटेक र जुहाई लिब्जन ब्राण्डका आरडिटी किटको नतिजामा विभिन्न राज्यहरुमा विवाद भएको भन्दै प्रयोग तत्काल बन्द गर्न र आपूर्तिकर्तालाई तत्काल फिर्ता गर्न परिषद्ले सूचना जारी गरिसकेको छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यले ७ करोडमा किनेको कोरोना परीक्षण किट कामै नलाग्नेमंगलबार, चैत १८, २०७६

भारतमा प्रतिबन्ध लागेकै किट नेपालमा भने प्रयोग भइरहेको छ। विभागले ओम्नीसँग ७५ हजार किट प्रतिकिट ८ डलरमा किनेको थियो। भारतमा खरिद भएको मूल्य र अदालतले तोकेको मूल्य तथा नेपालमा खरिद भएको मूल्य जोड्ने हो भने प्रतिकिट एक सय ४० रुपैयाँ महँगोमा किनेको देखिन्छ। विभागले ७५ हजार किट प्रयोग गरिसकेको छैन। तर अझै थप किट किन्ने योजनामा छ। ओम्नीले तोकिकएको ७५ हजारमा थप २५ हजार बढी किट ल्याएपछि सो किट अहिले भन्सारमै थन्किएको छ। सो किट भित्र्याउन स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई त्यही किट किनाउन लबिङ गरिरहेको नेपाललाइभले खुलासा गरेको थियो।

यो पनि पढ्नुहोस्

सरकारको अर्को बदमासी : ओम्नीले ल्याएकै किट किनेर मन्त्रालयलाई दिन दातृ निकायसँग आग्रहसोमबार, वैशाख १५, २०७७

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपिएलकाे टिकट दर सार्वजनिक
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्