रसुवा– रसुवाको नौकुण्ड गाउँपालिकामा ४ वटा कोष स्थापना गरिएको छ। विपद्को समयमा राहत, उद्धारको कार्यक्रम सञ्चालन तथा जोखिममा रहेका समुदाय र व्यक्तिको पुनःउत्थानका लागि गाउँपालिकाले विभिन्न ४ वटा कोष स्थापना गरेको हो।
गाउँपालिकाले १० लाख ८० हजार रुपैयाँको आकस्मिक कोष, ५ लाख रुपैयाँको दलित तथा बिपन्न सहायता कोष, ५ लाख रुपैयाँको महिला तथा बालबालिका कोष र ५ लाख रुपैयाँकै नौकुण्ड अपाङ्ग पुनःस्थापना कोष स्थापना गरिएको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पु साङबो घलेले बताए।
उनले भने ‘विपद्को समयमा पीडितलाई तत्काल राहत वितरण गर्नका लागि यो कोषको स्थापना गरिएको हो। कोषको रकम गाउँपालिका जोखिमको समयमा तत्काल परिचालन गर्न सकिने छ।’
नुवाकोटमा रहेको नेपाल बैँकमा कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष घलेले बताए। उनले भने,‘जोखिमको समयमा तत्काल राहत तथा उद्धारको कार्यक्रम सञ्चालन गर्नका लागि १० लाख ८० हजार रुपैयाँको आकस्मिक कोषको स्थापना गरिएको छ।’
स्थापना गरिएको ४ वटा कोषमा गाउँपालिकाको १० लाख र बतास फाउण्डेसनको ८० हजार गरि १० लाख ८० हजार रुपैयाँ जम्मा गरिएको नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले बताइन्।
लित तथा बिपन्न समुदायको उत्थान गर्न तथा जीविकोपार्जनमा सहयोग पुर्याउनका लागि बिपन्न कोष र शारीरिक अपांगता भएकाहरुलाई सहयोग पु¥याउन अपांग पुनःस्थापना कोष स्थापना गरिएको उनले बताइन्। आपतकालिन समयमा कोषहरुको प्रयोगमा ल्याउने उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।