एजेन्सी–ओस्कार अवार्ड एकेडेमीले कोरोना भाइरसका कारण ओस्कारकाे नियम परिर्वतन गर्ने निर्णय भएकाे जनाएको छ।
संक्रमणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै केही नियममा परिर्वतन गरिएको आयोजकले जनाएका छन् । संस्थाको नियम अनुसार अवार्डमा नोमिनेसनका लागि फिल्म लसएन्जलसको चलचित्र घरमा कम्तीमा सात दिनसम्म स्क्रीनिङ्ग अनिवार्य थियो। तर अबमात्र स्ट्रीमिङ्ग प्लेटफर्ममा रिलिज भएको फिल्मलाई पनि नोमिनेसनको हकदार बनाइएको छ।
एकेडेमीका अध्यक्ष डेभिड रुविन र सिईओ डोन हड्सनले मंगलबार कोरोना भाइरसको महामारीका कारण नियम परिर्वतन गर्नु परेको बताए। यो केही समयका लागि अस्थायी भएको एकेडेमीले उल्लेख गरेको छ। कोरोना भाइरसका कारण धेरै फिल्म सुटिङमै रोकिएका छन् भने केही रिलिज हुने समयमा आएर रोकिएका छन् । यसरी रोकिएको फिल्ममा जेम्स बोन्डकाे नयाँ फिल्म पनि परेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।