• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीका अनपेक्षित भेटघाटको सन्देश के?

64x64
रामकुमार डिसी बुधबार, वैशाख १७, २०७७  ०७:००
1140x725

काठमाडौं- मधेशकेन्द्रित दल फुटाउने र संवैधानिक परिषदमा विपक्षी दलको भूमिका न्यून हुनेगरी अचानक अध्यादेश ल्याएपछि रक्षात्मक बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले अनपेक्षित भेटघाटलाई बढाएका छन्। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत हिस्सा ओली कदमको विपक्षमा रहेको र त्यसको कारबाहीस्वरुप उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट मुक्त गर्ने हदसम्मको विकल्पमा छलफल भइरहेको चर्चा माझका भेटघाटलाई शंकाको नजरमा हेर्न थालिएको छ। 

प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटलाई बढाएका छन्। अध्योदश खारेजीको सिफारिसपश्चात १२ वैशाखको साँझतिर पनि ओली शितल निवास छिरेका थिए।

सोमबार पनि प्रधानमन्त्रीले त्यस्तै भेट गरेका खबर सार्वजनिक भए। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीलाई बालुवाटार बोलाएर भेटेको खबरहरु बाहिर आए। ज्ञवालीलाई भेटेको नेपाल लाइभले स्वतन्त्र पुष्टि गर्न नसके पनि प्रधानन्यायाधीश राणालाई भेटेको भने पुष्टि गर्‍यो।

राष्ट्रपति र सुरक्षा संगठनका प्रमुखलाई भेटेको विषयलाई स्वाभाविक रुपमा हेरिए पनि प्रधानन्यायाधीशलाई भेटेको विषय विवादित र शंकास्पद ठानिएको छ। 

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच समान्यतया औपचारिक कार्यक्रममा मात्रै भेटघाट हुन्छ। त्यसमा पनि कुनै कार्यक्रम नभई मध्यरातमा प्रधानमन्त्री निवासमा प्रधानन्यायाधीश छिरेको विषयलाई धेरैले असामान्य र लोकतान्त्रिक परिपाटीभन्दा बाहिरको व्यवहारका रुपमा हेरेका छन्। 

दुई शंका
सरकार अप्ठ्यारोमा परेको र पार्टीभित्र आफूविरुद्ध समीकरण बनिरहेको बेला प्रधानमन्त्री र प्रधानन्यायधीशबीचको भेट शंकाको घेरामा परेको छ। यसमा दुई आशंका छन्। पहिलो- आफूलाई पार्टीभित्र टक्कर दिइरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अप्ठ्यारो पर्नेगरी सर्वोच्चबाट भएको फैसलाका लागि धन्यावाद दिनु। दोस्रो- पार्टीभित्रको संघर्ष चरम उत्कर्षमा पुगेर आफू संसद विघटनसम्मको विकल्पमा जानु परे त्यसमा साथ माग्नु। 

सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दामा सरकारका तर्फबाट चुनौती दिँदै दर्ता भएको पुनरावलोकनमा आइतबार फैसला सुनायो। सर्वोच्चले २०७० मा द्वन्द्वकालीन मुद्दामा आममाफी दिन नपाइने, मुद्दा अनिवार्य चलाउनुपर्ने र मेलमिलाप नहुनेजस्ता विषयमा समेटेर कानुन संशोधन गर्न सरकारलाई भनेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यो हाल कायम रहेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोग ऐनका कैयौं व्यवस्था बदर हुने फैसला थियो। त्यसलाई चुनौती दिँदै सरकार सर्वोच्च पुगेको थियो। त्यो फैसला त्रुटीपूर्ण भएकाले उल्टिनुपर्ने दाबी सरकारको थियो। 

तर, चार वर्षदेखि विचाराधीन रहेको यो मुद्दामा सत्तारुढ दलभित्र किचलो बढेका बेला फैसला भयो, जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सर्वोच्चको यो फैसलापछि अब सरकारलाई ऐन संशोधनको दबाब बढेको छ। सर्वोच्चको फैसलाअनुसार ऐन संसोधन गरेर द्वन्द्वकालीन मुद्दामा न्यायिक प्रक्रिया थालिएमा यसको सिधा असर ओलीभन्दा बढी प्रचण्डलाई पर्नेछ। प्रचण्डसँगै शक्तिसंघर्ष चलिरहेका बेला सर्वोच्चबाट आएको फैसलाका लागि धन्यवाद दिन ओलीले प्रधानन्याधीशलाई बोलाएको हुनसक्ने ठानिएको छ। 

नेकपाभित्रको विवाद उत्‍कर्षमा पुगेर आफू सरकारबाट हट्नुपर्ने अवस्था आएमा प्रधानमन्त्री ओलीले के गर्लान्? यो अहिले धेरैका मनमा उब्जने प्रश्न हो। र, धेरैका मनमा उब्जने आशंका पनि हो। पार्टीले अप्ठ्यारो पारे ओली कतै संसद विघटन गरेर मध्यावधी निर्वाचनतर्फ जाने विकल्प त रोज्दैनन्?

Xtrem

Xtrem

यस्तै आशंका प्रधानमन्त्री-प्रधानन्यायधीशसँगको भेटलाई लिएर सत्तारुढ नेकपाकै सांसद रामकुमारी झाँक्री पनि गर्छिन्। उनी भन्छिन्, ‘प्रधानन्यायधीशलाई भेटेको चाहिँ संसद विघटन गर्ने, दल विभाजन गर्ने अथवा मैले के उपचार खोज्न सक्छु भनेर उहाँले परामर्श गर्नु भएको होला भन्ने मेरो अनुमान हो।’

नेकपाकै नेता गणेश साहलाई पनि प्रधानमन्त्री कतै सत्ताको दुरुपयोग गर्ने हुन् कि भन्ने आशंका छ। ‘सरकारले सत्ताको दुरुपयोग गर्न लाग्यो कि भन्ने मलाई आशंका लागेको छ,’ साह भन्छन्, ‘उहाँको कुनै कानुनी उपचार या बाटो खोज्ने प्रयास होला। तर, यो कानुनीभन्दा राजनीतिक मुद्दा हो। यत्रो बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गरेर म केही गर्छु भनेर सोच्नु भएको छ भने यो ठूलो आत्मघाती कदम हुन्छ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ यतिखेर प्रधानमन्त्रीले  प्रधानन्यायधीशसँग भेट्नु नितान्त गलत रहेको र नयाँ संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँछन्।

‘सरकारका कामकारबाहीको रिपोर्ट गर्नलाई प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्नु त अनौंठो लाग्दैन,’ श्रेष्ठ भन्छन्, ‘तर, यतिखेर प्रधानमन्त्रीले  प्रधानन्यायधीशसँग भेट्नु भनेको निःतान्त गलत हो। प्रधानमन्त्रीले यतिखेर संसद विघटन गर्ने धमास दिएका छन्। संसद विघटन गर्ने अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएकै छैन। यदि त्यसो गरे‚ त्यो मुद्दा अदालतमा जान्छ। अदालतले ‘एस वा नो’ गनुपर्ने हुन्छ। त्यसका लागि भेटेको हो कि।’

नेकपाकै अर्का नेता लिलामणि पोखरेल पनि यो भेटलाई समान्यरुपमा लिन नसकिने र यो भेटको औचित्य स्थापना नहुने बताउँछन्। ‘राष्ट्रपति र प्रहरी प्रमुखलाई प्रधानमन्त्रीले भेट्ने कुरालाई चाहिँ म अन्यथा ठान्दिनँ,’ पोखरेल भन्छन्, ‘प्रधानन्यायधीशसँगको भेटको भने त्यस्तो औचित्यता म देख्दिनँ। यसको औचित्य स्थापना पनि हुँदैन।’

नेता साह राज्य संचालनको क्षमता गुमाउँदै गएपछि हतास र निराश भएको बेलामा गैरसंवैधानिक काम हुन सक्ने भए पनि अदालतले जनादेशको सम्मान गनुपर्ने बताउँछन्। ‘राज्य संचालनको क्षमताचाहिँ गुमाउँदै गएपछि कहिलेकाहीँ हतास, निराश भएका बेला के निर्णय लिने भनेर यस्ता भेटघाट वा छलफल भएका हुन सक्छन्,’ उनी थप्छन्, ‘राष्ट्रपतिले त प्रधानमन्त्रीले भनेको कुरामा छाप लगाउने हो। न्यायालयले चाहिँ पुराना कुरा स्मरण गरेर जनताको म्यान्डेटलाई सम्मान गर्दा नै ठीक हुन्छ।’

निकास
नेकपाभित्रको जारी विवाद के होला र यसको उत्कर्षमा आइपुग्दा प्रधानमन्त्रीले के कस्ता कदम चाल्ने हुन् भन्नेमा धेरैको चासो छ। 

सांसद झाँक्रीचाहिँ विगतमा प्रधानमन्त्रीले सत्ताको धेरै दुरुपयोग गरे पनि अब त्यस्तो गर्ने छुट उनलाई नहुने दाबी गर्छिन्। ‘प्रधानमन्त्रीसँग राज्यको राजकीय सबै शक्ति छ, त्यसको अधिकतम दुरुपयोग उहाँ प्रधानमन्त्री, पार्टी अध्यक्ष भएदेखि गर्दै आउनुभएको छ,’ उनी भन्छिन्, ‘यतिबेला उहाँलाई संविधान, कानुन र  जनताले के भन्लान् भन्ने कुरामा डर, लाज छैन। त्यसकारण उहाँले अन्तिम अस्त्रका रुपमा जे गर्न सकिन्छ त्यो प्रयोग गर्नका लागि गरेका यी हतकण्डा हुन्। तर, यी सबै असफल हुन्छन्, किनभने कानुनको नजरमा सबै बराबर हुन्छ।’

नेता साह यो समस्याको निकास पार्टीबाटै खोज्नुपर्ने बताउँछन्। ‘निकास अझै पनि यही हो कि बैठक बोलाएर पार्टीको साथ-सहयोग लिएर समस्याको  समाधान गर्ने हो,’ उनी भन्छन्, ‘समस्या राजनीतिक हो, त्यो पनि आन्तरिक पार्टीसँग बढी जोडिएको छ।’

यद्यपि गल्ती गरेबापतको मूल्य भने प्रधानमन्त्रीले चुकाउनुपर्ने साहको भनाइ छ। ‘जरिवाना नभने पनि ‘टु पे सम कस्ट’ चाहिँ हुन्छ। हिजोसम्म ओलीजीले एकलौटी गर्दै आउनुभएको थियो, अब त्यसमा अंकुश लाग्न सुरु हुन्छ। हिजो उहाँलाई दिएको अख्तियारीमा पनि कटौती हुन्छ।’ 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०७:००
  • #pmkpoli
  • #nepalipolitics

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसद... सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा जबरालाई उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति स... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्