• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीका अनपेक्षित भेटघाटको सन्देश के?

64x64
रामकुमार डिसी बुधबार, वैशाख १७, २०७७  ०७:००
1140x725

काठमाडौं- मधेशकेन्द्रित दल फुटाउने र संवैधानिक परिषदमा विपक्षी दलको भूमिका न्यून हुनेगरी अचानक अध्यादेश ल्याएपछि रक्षात्मक बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले अनपेक्षित भेटघाटलाई बढाएका छन्। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत हिस्सा ओली कदमको विपक्षमा रहेको र त्यसको कारबाहीस्वरुप उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट मुक्त गर्ने हदसम्मको विकल्पमा छलफल भइरहेको चर्चा माझका भेटघाटलाई शंकाको नजरमा हेर्न थालिएको छ। 

प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटलाई बढाएका छन्। अध्योदश खारेजीको सिफारिसपश्चात १२ वैशाखको साँझतिर पनि ओली शितल निवास छिरेका थिए।

सोमबार पनि प्रधानमन्त्रीले त्यस्तै भेट गरेका खबर सार्वजनिक भए। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीलाई बालुवाटार बोलाएर भेटेको खबरहरु बाहिर आए। ज्ञवालीलाई भेटेको नेपाल लाइभले स्वतन्त्र पुष्टि गर्न नसके पनि प्रधानन्यायाधीश राणालाई भेटेको भने पुष्टि गर्‍यो।

राष्ट्रपति र सुरक्षा संगठनका प्रमुखलाई भेटेको विषयलाई स्वाभाविक रुपमा हेरिए पनि प्रधानन्यायाधीशलाई भेटेको विषय विवादित र शंकास्पद ठानिएको छ। 

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच समान्यतया औपचारिक कार्यक्रममा मात्रै भेटघाट हुन्छ। त्यसमा पनि कुनै कार्यक्रम नभई मध्यरातमा प्रधानमन्त्री निवासमा प्रधानन्यायाधीश छिरेको विषयलाई धेरैले असामान्य र लोकतान्त्रिक परिपाटीभन्दा बाहिरको व्यवहारका रुपमा हेरेका छन्। 

दुई शंका
सरकार अप्ठ्यारोमा परेको र पार्टीभित्र आफूविरुद्ध समीकरण बनिरहेको बेला प्रधानमन्त्री र प्रधानन्यायधीशबीचको भेट शंकाको घेरामा परेको छ। यसमा दुई आशंका छन्। पहिलो- आफूलाई पार्टीभित्र टक्कर दिइरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अप्ठ्यारो पर्नेगरी सर्वोच्चबाट भएको फैसलाका लागि धन्यावाद दिनु। दोस्रो- पार्टीभित्रको संघर्ष चरम उत्कर्षमा पुगेर आफू संसद विघटनसम्मको विकल्पमा जानु परे त्यसमा साथ माग्नु। 

सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दामा सरकारका तर्फबाट चुनौती दिँदै दर्ता भएको पुनरावलोकनमा आइतबार फैसला सुनायो। सर्वोच्चले २०७० मा द्वन्द्वकालीन मुद्दामा आममाफी दिन नपाइने, मुद्दा अनिवार्य चलाउनुपर्ने र मेलमिलाप नहुनेजस्ता विषयमा समेटेर कानुन संशोधन गर्न सरकारलाई भनेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यो हाल कायम रहेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोग ऐनका कैयौं व्यवस्था बदर हुने फैसला थियो। त्यसलाई चुनौती दिँदै सरकार सर्वोच्च पुगेको थियो। त्यो फैसला त्रुटीपूर्ण भएकाले उल्टिनुपर्ने दाबी सरकारको थियो। 

तर, चार वर्षदेखि विचाराधीन रहेको यो मुद्दामा सत्तारुढ दलभित्र किचलो बढेका बेला फैसला भयो, जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सर्वोच्चको यो फैसलापछि अब सरकारलाई ऐन संशोधनको दबाब बढेको छ। सर्वोच्चको फैसलाअनुसार ऐन संसोधन गरेर द्वन्द्वकालीन मुद्दामा न्यायिक प्रक्रिया थालिएमा यसको सिधा असर ओलीभन्दा बढी प्रचण्डलाई पर्नेछ। प्रचण्डसँगै शक्तिसंघर्ष चलिरहेका बेला सर्वोच्चबाट आएको फैसलाका लागि धन्यवाद दिन ओलीले प्रधानन्याधीशलाई बोलाएको हुनसक्ने ठानिएको छ। 

नेकपाभित्रको विवाद उत्‍कर्षमा पुगेर आफू सरकारबाट हट्नुपर्ने अवस्था आएमा प्रधानमन्त्री ओलीले के गर्लान्? यो अहिले धेरैका मनमा उब्जने प्रश्न हो। र, धेरैका मनमा उब्जने आशंका पनि हो। पार्टीले अप्ठ्यारो पारे ओली कतै संसद विघटन गरेर मध्यावधी निर्वाचनतर्फ जाने विकल्प त रोज्दैनन्?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै आशंका प्रधानमन्त्री-प्रधानन्यायधीशसँगको भेटलाई लिएर सत्तारुढ नेकपाकै सांसद रामकुमारी झाँक्री पनि गर्छिन्। उनी भन्छिन्, ‘प्रधानन्यायधीशलाई भेटेको चाहिँ संसद विघटन गर्ने, दल विभाजन गर्ने अथवा मैले के उपचार खोज्न सक्छु भनेर उहाँले परामर्श गर्नु भएको होला भन्ने मेरो अनुमान हो।’

नेकपाकै नेता गणेश साहलाई पनि प्रधानमन्त्री कतै सत्ताको दुरुपयोग गर्ने हुन् कि भन्ने आशंका छ। ‘सरकारले सत्ताको दुरुपयोग गर्न लाग्यो कि भन्ने मलाई आशंका लागेको छ,’ साह भन्छन्, ‘उहाँको कुनै कानुनी उपचार या बाटो खोज्ने प्रयास होला। तर, यो कानुनीभन्दा राजनीतिक मुद्दा हो। यत्रो बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गरेर म केही गर्छु भनेर सोच्नु भएको छ भने यो ठूलो आत्मघाती कदम हुन्छ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ यतिखेर प्रधानमन्त्रीले  प्रधानन्यायधीशसँग भेट्नु नितान्त गलत रहेको र नयाँ संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँछन्।

‘सरकारका कामकारबाहीको रिपोर्ट गर्नलाई प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्नु त अनौंठो लाग्दैन,’ श्रेष्ठ भन्छन्, ‘तर, यतिखेर प्रधानमन्त्रीले  प्रधानन्यायधीशसँग भेट्नु भनेको निःतान्त गलत हो। प्रधानमन्त्रीले यतिखेर संसद विघटन गर्ने धमास दिएका छन्। संसद विघटन गर्ने अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएकै छैन। यदि त्यसो गरे‚ त्यो मुद्दा अदालतमा जान्छ। अदालतले ‘एस वा नो’ गनुपर्ने हुन्छ। त्यसका लागि भेटेको हो कि।’

नेकपाकै अर्का नेता लिलामणि पोखरेल पनि यो भेटलाई समान्यरुपमा लिन नसकिने र यो भेटको औचित्य स्थापना नहुने बताउँछन्। ‘राष्ट्रपति र प्रहरी प्रमुखलाई प्रधानमन्त्रीले भेट्ने कुरालाई चाहिँ म अन्यथा ठान्दिनँ,’ पोखरेल भन्छन्, ‘प्रधानन्यायधीशसँगको भेटको भने त्यस्तो औचित्यता म देख्दिनँ। यसको औचित्य स्थापना पनि हुँदैन।’

नेता साह राज्य संचालनको क्षमता गुमाउँदै गएपछि हतास र निराश भएको बेलामा गैरसंवैधानिक काम हुन सक्ने भए पनि अदालतले जनादेशको सम्मान गनुपर्ने बताउँछन्। ‘राज्य संचालनको क्षमताचाहिँ गुमाउँदै गएपछि कहिलेकाहीँ हतास, निराश भएका बेला के निर्णय लिने भनेर यस्ता भेटघाट वा छलफल भएका हुन सक्छन्,’ उनी थप्छन्, ‘राष्ट्रपतिले त प्रधानमन्त्रीले भनेको कुरामा छाप लगाउने हो। न्यायालयले चाहिँ पुराना कुरा स्मरण गरेर जनताको म्यान्डेटलाई सम्मान गर्दा नै ठीक हुन्छ।’

निकास
नेकपाभित्रको जारी विवाद के होला र यसको उत्कर्षमा आइपुग्दा प्रधानमन्त्रीले के कस्ता कदम चाल्ने हुन् भन्नेमा धेरैको चासो छ। 

सांसद झाँक्रीचाहिँ विगतमा प्रधानमन्त्रीले सत्ताको धेरै दुरुपयोग गरे पनि अब त्यस्तो गर्ने छुट उनलाई नहुने दाबी गर्छिन्। ‘प्रधानमन्त्रीसँग राज्यको राजकीय सबै शक्ति छ, त्यसको अधिकतम दुरुपयोग उहाँ प्रधानमन्त्री, पार्टी अध्यक्ष भएदेखि गर्दै आउनुभएको छ,’ उनी भन्छिन्, ‘यतिबेला उहाँलाई संविधान, कानुन र  जनताले के भन्लान् भन्ने कुरामा डर, लाज छैन। त्यसकारण उहाँले अन्तिम अस्त्रका रुपमा जे गर्न सकिन्छ त्यो प्रयोग गर्नका लागि गरेका यी हतकण्डा हुन्। तर, यी सबै असफल हुन्छन्, किनभने कानुनको नजरमा सबै बराबर हुन्छ।’

नेता साह यो समस्याको निकास पार्टीबाटै खोज्नुपर्ने बताउँछन्। ‘निकास अझै पनि यही हो कि बैठक बोलाएर पार्टीको साथ-सहयोग लिएर समस्याको  समाधान गर्ने हो,’ उनी भन्छन्, ‘समस्या राजनीतिक हो, त्यो पनि आन्तरिक पार्टीसँग बढी जोडिएको छ।’

यद्यपि गल्ती गरेबापतको मूल्य भने प्रधानमन्त्रीले चुकाउनुपर्ने साहको भनाइ छ। ‘जरिवाना नभने पनि ‘टु पे सम कस्ट’ चाहिँ हुन्छ। हिजोसम्म ओलीजीले एकलौटी गर्दै आउनुभएको थियो, अब त्यसमा अंकुश लाग्न सुरु हुन्छ। हिजो उहाँलाई दिएको अख्तियारीमा पनि कटौती हुन्छ।’ 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०७:००
  • #pmkpoli
  • #nepalipolitics

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्