काठमाडौं- भर्खरै जनता समाजवादी पार्टी बनाउने सहमित गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरू सरकारी वकिलको कार्यालय पुगेका छन्। आफ्ना पार्टीका सांसद्लाई सरकारी पक्षबाटै अपहरण गरिएको दाबी गर्दै दुई पार्टीका नेताहरू सरकारी वकिलको कार्यालय पुगेका हुन्।
सत्तारुढ दल नेकपाका सांसद्हरू महश बस्नेत र किसन श्रेष्ठ तथा पूर्व आइजिपी सर्वेन्द्र खनालले सांसद् यादवलाई आफूहरूले नै काठमाडौं ल्याएको स्वीकार गरिसकेका छन्। तर उनीहरुले उनलाई अपहरण गरेर ल्याएको नभई उद्धार गरी काठमाडौं सम्म ल्याएको भन्दै मिडियामा स्पष्टीकरण दिइरहेका छन्। तर यी दुवै दलले उनीहरूको दाबी स्वीकार गरेका छैनन्।
डा यादव घरमा नै रहेको अवस्थामा उनीहरूले उठाएर काठमाडौं ल्याएका थिए। उनीहरुले सिधै नक्सास्थित होटल म्यारियटमा बन्धक बनाएको समेत डा यादवले बताइसकेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूको किटानी जाहेरी दर्ता नगरेपछि सरकारी वकिलको कार्यालय पुगेका हुन्।
हेरौं केही तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।