• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

समस्यामा नेपालमा रहेका विदेशी खेलाडी : खै निगरानी?

64x64
सराेज तामाङ मंगलबार, वैशाख १६, २०७७  १३:५१
1140x725

काठमाडौं- अहिलेको लकडाउनको अवस्थामा नेपाली खेलाडीले जसोतसो समय बिताइरहेको भए पनि खाने कुराकै मुस्किल भने उनीहरुलाई छैन। भर्खरै व्यावसायिक बनिरहेको नेपाली खेलकुदमा खेलाडीलाई परिवारको साथ पनि छँदैछ। तर नेपालमा रहेका विदेशी खेलाडीमा भने अहिलेको अवस्थाले समस्या पारेको छ।

बामे सर्दै गरेको नेपाली फुटबलमा थोरै भए पनि व्यावसायिकता देखिन्छ। टेलिभिजनका पर्दामा युरोपियन लिगको स्वाद लिइरहेका नेपाली दर्शकमध्ये केही नेपाली फुटबलको अवस्थासँग पनि जानकार नै छन्। उनीहरु मध्ये धेरैले त नेपाली फुटबल प्रतियोगितामा देखिने अफ्रिकन खेलाडीलाई पनि नियालिरहेकै छन्।

सन् २००५ मा ब्वाइज युनियन क्लबमा केही अफ्रिकन खेलाडी देखिएपछि आउँदो वर्षबाट अरु क्लबमा पनि अफ्रिकन खेलाडी राख्ने प्रचलन बढ्न थालेको थियो। २००९ पछि त विभागीय बाहेकका सबैजसो टिमका केही अफ्रिकन खेलाडी देखिन थालिहाले। शारीरिक रुपमा बलिया र नेपाली खेलाडीको भन्दा भिन्न शैलीले नेपाली लिग फुटबल पनि थप रोचक बनिरहेको थियो।

त्यही निरन्तरताले अहिले पनि नेपालमा २८ जना विदेशी खेलाडीहरु रहेका छन्। यो यकिन संख्या भने होइन। कति विदेशी खेलाडी केही खेलका लागि रकम लिएर मात्र कुनै क्लबबाट खेल्ने हुँदा उनीहरुको यकिन संख्या पाउन समेत मुस्किल देखिन्छ। अफ्रिकामा रहेका एजेन्टमार्फत नेपाली क्लबसँग कुराकानी भएर आउने त्यस्ता कतिपय खेलाडी त कहाँको लिग खेल्ने भन्ने नबुझी पनि एजेन्टमार्फत देश छाडिरहेका हुन्छन्।

एक त भाषाको समस्या अर्को खेल हुँदा मात्र पाइने पैसा, त्यसैले कोरोना भाइरस (कोभिड १९) कारण गरिएको लकडाउनको समयमा नेपालमा रहेका विदेशी खेलाडीहरुको समय थप मुस्किल बनिरहेको छ।

गएको हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ विदेशी खेलाडी र प्रशिक्षकलाई राहात बाँड्यो। समस्यामा रहेका विदेशी खेलाडीलाई चामल, तरकारी लगायतका सामग्री बाँडेको एन्फा प्रवक्ता किरण राइले बताए। अहिले एन्फाको सम्पर्कमा २८ जना खेलाडी र प्रशिक्षक आएको पनि प्रवक्ता राईले जानकारी दिए।

कोरोना कहर सुरु भइसक्दा पनि नेपालमा मोफसलको प्रतियोगिता चलिरहेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको जोखिम भएको हुँदा कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्नु भनेर आदेश दिएपछि मोफसलका प्रतियोगिताहरु बन्द भएको थियो। त्यसलगतै सरकारले चैत ११ गतेदेखि लकडाउन लगायो। जसले गर्दा विदेशी खेलाडी तत्काल आफ्नो देश फर्किन सकेनन्। मोफसलका प्रतियोगिताहरु चल्नुअघि खेलाडीहरु ए डिभिजन लिगमा नै व्यस्त थिए।

Ncell 2
Ncell 2

सहिद स्मारक ए डिभिजन लिगको उपाधि पहिलो पटक दिलाएका प्रशिक्षक प्रवेश कटुवालका अनुसार मछिन्द्र क्लबले आफ्ना विदेशी खेलाडीलाई राम्रो बन्दोबस्त गराएर राखेको छ। अहिले मछिन्द्र क्लबमा पिटर सेगुन, अडेलजा सोमिडे र आन्द्रेस निया छन्।

पिटर र सोमिडे नाइजेरियन खेलाडी हुन्। त्यस्तै आन्द्रेस चाहिँ क्यामरुनका हुन्। सोमिडे नयाँबजार बस्छन्। पिटर भैसीँपाटी। त्यस्तै, आन्द्रेस कलंकी। तीनै खेलाडीलाई कुनै समस्या नभएको प्रशिक्षक बताउँछन्। ‘मोफसलका प्रतियोगिता भइरहेको बेला लकडाउन भयो। उनीहरु फर्किन पाएनन्। अहिले पनि उनीहरुलाई क्लबले नै आफ्नै खर्चमा राखिरहेको छ। कुराकानी भइरहेको छ। त्यस्तो समस्या छैन’, प्रशिक्षक कटुवालले सुनाए।

मछिन्द्रले जस्तो सबै क्लबले आफ्नो क्लबबाट खेलेका विदेशी खेलाडीको हेरविचार गर्न सकेको छैन। केही खेलका लागि मात्र रकम लिएर खेल्ने खेलाडीहरु बढी समस्यामा छन्। एन्फाले २८ जना विदेशी खेलाडी र प्रशिक्षक रहेको बताए पनि त्यो यकिन संख्या होइन।

नेपालमा अहिले कति विदेशी फुटबल खेलाडी छन् भन्ने तथ्यांक एन्फासँग माग्दा जवाफ हुन्छ– ‘लकडाउन छ। अफिसमा गएर फाइल पल्टाउनु पर्छ।’

यता, नाम चलेका र सर्वाधिक सफल क्लबका पदाधिकारीहरुलाई पनि आफ्नो क्लबमा आबद्ध भएका विदेशी खेलाडीको संख्या थाहा छैन। कुन देशका कुन कुन खेलाडी राख्नु भएको छ? भनेर प्रश्न गर्दा जवाफ छ, ‘ठ्याक्कै नाम थाहा भएन भोलि फोन गर्नुहोला।’

यसको सिधा अर्थ, अहिले नाम चलेका क्लबले नै आफ्ना विदेशी खेलाडी कहाँ छन् र के गरिरहेका छन्? सोधखोज गरेको छैन। हुन त विदेशी खेलाडीको मात्रै हैन आफ्नो क्लबमा अनुबन्धित भएका नेपाली खेलाडीको पनि चासो गरेको छैन।

अहिलेको समयमा नेपाली खेलाडीमा भन्दा पनि विदेशी खेलाडीलाई साथ र सहयोगको खाँचो बढी देखिएको छ। यस्तो अवस्थामा विगतका घटनाहरुबाट पनि क्लब र एन्फाले पाठ सिक्न बिर्सिएको छ। यहाँ राष्ट्रिय फुटबल टिमको प्रशिक्षक समेत भएका तथा अहिले न्यु रोड टिम (एनआरटी) क्लबका प्रशिक्षक राजुकाजी शाक्यको कुरा केही सान्दर्भिक छ।

‘खेल सकिएपछि पठाइ हाल्नु पर्छ भन्ने मान्छे म। हामीले उनीहरुलाई कडाइ गर्नु पर्छ। लामो समय नेपालमा राखेर केही हुँदैन। प्रशिक्षक शाक्य थप्छन्, ‘कतिपय खेलाडी त दुई नम्बरे धन्दा गर्ने खालका पनि हुन्छन्। पहिले पनि विदेशी खेलाडीलाई नराम्रो काममा धेरै पटक पक्रिसकेको छ।’

शाक्य प्रशिक्षक रहेको एनआरटीले ए डिभिजन लिगको लागि तीन जना विदेशी प्रशिक्षक आफ्नो क्लबमा अनुबन्धित गरेको थियो। एन्ड्रे थेरिड, जोर्डन जुनियर नो र जुनियर ओगिनियो एनिक गरी तीन क्यामरुनका खेलाडीले ए डिभिजन लिग खेले। तर अहिले यी तीनै जना खेलाडी नेपालमा छैनन्।’

‘हामीले त फर्काइ दियौं। विदेशी खेलाडीलाई यहाँ राखिराख्न जोखिम पनि हुन्छ। त्यही भएर हामीले त्यो जोखिम लिन चाहेनौं’, प्रशिक्षक शाक्यले भने।

अहिल मनाङ मर्स्याङ्दी, थ्री स्टार जस्ता ठूला भनिएका क्लबलाई पनि आफ्नो क्लबमा आबद्ध विदेशी खेलाडीको अवस्था के छ भन्ने जानकारी छैन। एन्फाले आएको सूचनामा समस्यामा परेकालाई खाद्यान्न सहयोग गर्ने काम सुरु गरे पनि क्लबहरु नै भने जिम्मेवारीबाट बेखबर जस्तो बनिरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्