• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

समस्यामा नेपालमा रहेका विदेशी खेलाडी : खै निगरानी?

64x64
सराेज तामाङ मंगलबार, वैशाख १६, २०७७  १३:५१
1140x725

काठमाडौं- अहिलेको लकडाउनको अवस्थामा नेपाली खेलाडीले जसोतसो समय बिताइरहेको भए पनि खाने कुराकै मुस्किल भने उनीहरुलाई छैन। भर्खरै व्यावसायिक बनिरहेको नेपाली खेलकुदमा खेलाडीलाई परिवारको साथ पनि छँदैछ। तर नेपालमा रहेका विदेशी खेलाडीमा भने अहिलेको अवस्थाले समस्या पारेको छ।

बामे सर्दै गरेको नेपाली फुटबलमा थोरै भए पनि व्यावसायिकता देखिन्छ। टेलिभिजनका पर्दामा युरोपियन लिगको स्वाद लिइरहेका नेपाली दर्शकमध्ये केही नेपाली फुटबलको अवस्थासँग पनि जानकार नै छन्। उनीहरु मध्ये धेरैले त नेपाली फुटबल प्रतियोगितामा देखिने अफ्रिकन खेलाडीलाई पनि नियालिरहेकै छन्।

सन् २००५ मा ब्वाइज युनियन क्लबमा केही अफ्रिकन खेलाडी देखिएपछि आउँदो वर्षबाट अरु क्लबमा पनि अफ्रिकन खेलाडी राख्ने प्रचलन बढ्न थालेको थियो। २००९ पछि त विभागीय बाहेकका सबैजसो टिमका केही अफ्रिकन खेलाडी देखिन थालिहाले। शारीरिक रुपमा बलिया र नेपाली खेलाडीको भन्दा भिन्न शैलीले नेपाली लिग फुटबल पनि थप रोचक बनिरहेको थियो।

त्यही निरन्तरताले अहिले पनि नेपालमा २८ जना विदेशी खेलाडीहरु रहेका छन्। यो यकिन संख्या भने होइन। कति विदेशी खेलाडी केही खेलका लागि रकम लिएर मात्र कुनै क्लबबाट खेल्ने हुँदा उनीहरुको यकिन संख्या पाउन समेत मुस्किल देखिन्छ। अफ्रिकामा रहेका एजेन्टमार्फत नेपाली क्लबसँग कुराकानी भएर आउने त्यस्ता कतिपय खेलाडी त कहाँको लिग खेल्ने भन्ने नबुझी पनि एजेन्टमार्फत देश छाडिरहेका हुन्छन्।

एक त भाषाको समस्या अर्को खेल हुँदा मात्र पाइने पैसा, त्यसैले कोरोना भाइरस (कोभिड १९) कारण गरिएको लकडाउनको समयमा नेपालमा रहेका विदेशी खेलाडीहरुको समय थप मुस्किल बनिरहेको छ।

गएको हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ विदेशी खेलाडी र प्रशिक्षकलाई राहात बाँड्यो। समस्यामा रहेका विदेशी खेलाडीलाई चामल, तरकारी लगायतका सामग्री बाँडेको एन्फा प्रवक्ता किरण राइले बताए। अहिले एन्फाको सम्पर्कमा २८ जना खेलाडी र प्रशिक्षक आएको पनि प्रवक्ता राईले जानकारी दिए।

कोरोना कहर सुरु भइसक्दा पनि नेपालमा मोफसलको प्रतियोगिता चलिरहेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको जोखिम भएको हुँदा कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्नु भनेर आदेश दिएपछि मोफसलका प्रतियोगिताहरु बन्द भएको थियो। त्यसलगतै सरकारले चैत ११ गतेदेखि लकडाउन लगायो। जसले गर्दा विदेशी खेलाडी तत्काल आफ्नो देश फर्किन सकेनन्। मोफसलका प्रतियोगिताहरु चल्नुअघि खेलाडीहरु ए डिभिजन लिगमा नै व्यस्त थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सहिद स्मारक ए डिभिजन लिगको उपाधि पहिलो पटक दिलाएका प्रशिक्षक प्रवेश कटुवालका अनुसार मछिन्द्र क्लबले आफ्ना विदेशी खेलाडीलाई राम्रो बन्दोबस्त गराएर राखेको छ। अहिले मछिन्द्र क्लबमा पिटर सेगुन, अडेलजा सोमिडे र आन्द्रेस निया छन्।

पिटर र सोमिडे नाइजेरियन खेलाडी हुन्। त्यस्तै आन्द्रेस चाहिँ क्यामरुनका हुन्। सोमिडे नयाँबजार बस्छन्। पिटर भैसीँपाटी। त्यस्तै, आन्द्रेस कलंकी। तीनै खेलाडीलाई कुनै समस्या नभएको प्रशिक्षक बताउँछन्। ‘मोफसलका प्रतियोगिता भइरहेको बेला लकडाउन भयो। उनीहरु फर्किन पाएनन्। अहिले पनि उनीहरुलाई क्लबले नै आफ्नै खर्चमा राखिरहेको छ। कुराकानी भइरहेको छ। त्यस्तो समस्या छैन’, प्रशिक्षक कटुवालले सुनाए।

मछिन्द्रले जस्तो सबै क्लबले आफ्नो क्लबबाट खेलेका विदेशी खेलाडीको हेरविचार गर्न सकेको छैन। केही खेलका लागि मात्र रकम लिएर खेल्ने खेलाडीहरु बढी समस्यामा छन्। एन्फाले २८ जना विदेशी खेलाडी र प्रशिक्षक रहेको बताए पनि त्यो यकिन संख्या होइन।

नेपालमा अहिले कति विदेशी फुटबल खेलाडी छन् भन्ने तथ्यांक एन्फासँग माग्दा जवाफ हुन्छ– ‘लकडाउन छ। अफिसमा गएर फाइल पल्टाउनु पर्छ।’

यता, नाम चलेका र सर्वाधिक सफल क्लबका पदाधिकारीहरुलाई पनि आफ्नो क्लबमा आबद्ध भएका विदेशी खेलाडीको संख्या थाहा छैन। कुन देशका कुन कुन खेलाडी राख्नु भएको छ? भनेर प्रश्न गर्दा जवाफ छ, ‘ठ्याक्कै नाम थाहा भएन भोलि फोन गर्नुहोला।’

यसको सिधा अर्थ, अहिले नाम चलेका क्लबले नै आफ्ना विदेशी खेलाडी कहाँ छन् र के गरिरहेका छन्? सोधखोज गरेको छैन। हुन त विदेशी खेलाडीको मात्रै हैन आफ्नो क्लबमा अनुबन्धित भएका नेपाली खेलाडीको पनि चासो गरेको छैन।

अहिलेको समयमा नेपाली खेलाडीमा भन्दा पनि विदेशी खेलाडीलाई साथ र सहयोगको खाँचो बढी देखिएको छ। यस्तो अवस्थामा विगतका घटनाहरुबाट पनि क्लब र एन्फाले पाठ सिक्न बिर्सिएको छ। यहाँ राष्ट्रिय फुटबल टिमको प्रशिक्षक समेत भएका तथा अहिले न्यु रोड टिम (एनआरटी) क्लबका प्रशिक्षक राजुकाजी शाक्यको कुरा केही सान्दर्भिक छ।

‘खेल सकिएपछि पठाइ हाल्नु पर्छ भन्ने मान्छे म। हामीले उनीहरुलाई कडाइ गर्नु पर्छ। लामो समय नेपालमा राखेर केही हुँदैन। प्रशिक्षक शाक्य थप्छन्, ‘कतिपय खेलाडी त दुई नम्बरे धन्दा गर्ने खालका पनि हुन्छन्। पहिले पनि विदेशी खेलाडीलाई नराम्रो काममा धेरै पटक पक्रिसकेको छ।’

शाक्य प्रशिक्षक रहेको एनआरटीले ए डिभिजन लिगको लागि तीन जना विदेशी प्रशिक्षक आफ्नो क्लबमा अनुबन्धित गरेको थियो। एन्ड्रे थेरिड, जोर्डन जुनियर नो र जुनियर ओगिनियो एनिक गरी तीन क्यामरुनका खेलाडीले ए डिभिजन लिग खेले। तर अहिले यी तीनै जना खेलाडी नेपालमा छैनन्।’

‘हामीले त फर्काइ दियौं। विदेशी खेलाडीलाई यहाँ राखिराख्न जोखिम पनि हुन्छ। त्यही भएर हामीले त्यो जोखिम लिन चाहेनौं’, प्रशिक्षक शाक्यले भने।

अहिल मनाङ मर्स्याङ्दी, थ्री स्टार जस्ता ठूला भनिएका क्लबलाई पनि आफ्नो क्लबमा आबद्ध विदेशी खेलाडीको अवस्था के छ भन्ने जानकारी छैन। एन्फाले आएको सूचनामा समस्यामा परेकालाई खाद्यान्न सहयोग गर्ने काम सुरु गरे पनि क्लबहरु नै भने जिम्मेवारीबाट बेखबर जस्तो बनिरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्