• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफू निकटका सांसदलाई ओलीले भने- जुनसुकै परिस्थिति आउन सक्छ, तयार बस्नू

64x64
किशोर दहाल मंगलबार, वैशाख १६, २०७७  १३:३१
1140x725

काठमाडौं- पार्टीमा विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफू निकटका सांसदहरुलाई तयार अवस्थामा बस्न भनेका छन्। सोमबार दिनभर नेकपाका नेताहरुको बहुपक्षीय भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओली र माधव नेपालका साथै उनीहरु निकटका नेताहरुको पनि छलफल भएको थियो। त्यस्तै अर्का अध्यक्ष प्रचण्ड र झलनाथ खनालबीच पनि भेटवार्ता भएको थियो। साँझपख भने प्रधानमन्त्रीले आफू निकट झन्डै दुई दर्जनभन्दा बढी सांसदहरुलाई भेटेर पछिल्लो घटनाक्रमको व्याख्या गर्दै आगामी रणनीतिका बारेमा केही संकेत गर्ने प्रयत्न गरे।

‘पार्टीमा संकट देखिएको कुरा तपाईंहरुलाई तपाईंहरुलाई थाहै छ। यसको कारण पनि तपाईंहरुलाई थाहै छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक सांसदले भने, ‘अब जुनसुकै परिस्थिति पनि आउनसक्छ। तयार बस्नुहोला।’

प्रधानमन्त्रीको संकेत पार्टी फुट्ने अवस्था पनि आउन सक्ने भएकाले त्यतिबेलाका लागि साथ खोजेको ती सांसदले अर्थ्याए। 

पार्टीको अर्को पक्षले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने अन्तिम प्रयास गरिरहेको प्रधानमन्त्रीले सांसदहरुलाई सुनाएका थिए। ‘उहाँहरुले पहिल्यैदेखि प्रयास गरिरहनुभएको हो। तर, सफल हुनसक्नुभएको थिएन। यसपटक भने वारको पार नै गर्ने गरी अघि बढिरहनुभएको छ। उहाँहरु मलाई अपदस्थ गर्ने हिसाबले अघि बढिरहनुभएको छ’, ओलीले भनेका थिए।

उनले पार्टीमा संकट देखिएकाले यस्तै ढंगले अघि बढ्न नसकिने बताएका थिए।

प्रधानमन्त्रीले आफूले कुनै पदबाट पनि राजीनामा नदिने सांसदहरुलाई प्रष्ट पारेका थिए। ‘म कुनै पदबाट पनि राजीनामा दिन्नँ। उहाँहरुका सबै षडयन्त्रका विरुद्ध लड्न तयार छु। सक्षम छु’, प्रधानमन्त्रीले भनेका कुरा ती सांसदले दोहोर्‍याए।

आफूलाई पहिल्यैदेखि घेराबन्दी गरिएको ओलीले दुखेसो गरेका थिए।

हिजो दिउँसो ओली र नेपाल पक्षका नेताहरुबीच कोटेश्वरको एक घरमा लामो छलफल भएको थियो। त्यहाँ माधव नेपाल पक्षले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका थिए। त्यसैलाई संकेत गर्दै प्रधानमन्त्रीले आफू पछि नहट्ने बताएका थिए। पछि हट्ने आफ्नो स्वभाव नभएको उनले प्रष्ट पारेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले यतिबेला सरकार परिवर्तनको प्रयास गर्नु भनेको अस्थिरता निम्त्याउनु मात्रै भएको बताएका थिए। उनले अस्थिरता चाहनेहरुको प्रतिवाद गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्रीले पार्टी एकता गर्दाको सहमति साथीहरुले भुल्न खोजेको बताए। ‘सहमति गर्ने प्रचण्ड आफैं पनि लाग्नुभएको छ’, ओलीले भनेका थिए, ‘जबकि पार्टीमा अहिले दुईमध्ये एक अध्यक्षले असहमति राख्ने बित्तिकै निर्णय हुँदैन।’

अध्यादेशमा विरोध भएपछि त्यसलाई फिर्ता लिएको र त्यसपछि विवाद साम्य हुने अपेक्षा आफ्नो रहेको प्रधानमन्त्रीले भनेका थिए। 

पार्टीमा अहिले स्थायी समितिको बैठक माग्नेहरुप्रति ओलीले आक्रोश पोखेका थिए। कोरोनाका कारण अहिले बैठक बस्नु उचित नहुने कुरालाई पूर्व माओवादीका नेताहरु र माधव नेपाल पक्षका नेताहरुले गलत अर्थ लगाएको उनले बताएका थिए। ‘अहिले कोरोनाको महामारी छ। सबै एकैठाउँमा बसेर बहस गर्ने अवस्था छैन’, ओलीले भनेका थिए, ‘उहाँहरु केके न बित्नेजस्तो गरी बैठक मागिरहनुभएको छ।’

Xtrem

Xtrem

बैठकमा नवराज सिलवाल, सरिता न्यौपाने, तिलक महत लगायतले बोलेका थिए। उनीहरुले ओलीको प्रशंसा गरेका थिए। निर्वाचनमा ओलीको नामकै कारण जित सम्भव भएको बताएका थिए। जनतामा ओलीप्रति अझै भरोसा भएको उनीहरुको कथन थियो। उनीहरुले प्रधानमन्त्रीलाई पछि नहट्न आग्रह गर्दै आफूहरुको साथ रहेको बताएका थिए।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १३:३१
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने... आइतबार, असोज १८, २०८३
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा... आइतबार, असोज १८, २०८३
देउवा लक्षित रवि लामिछानको टिप्पणी ‘फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, सुझाव दिन चाहन्छु’ नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति देउवाका विषयमा... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा आइतबार, असोज १८, २०८३
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा आइतबार, असोज १८, २०८३
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न आइतबार, असोज १८, २०८३
देउवा लक्षित रवि लामिछानको टिप्पणी ‘फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, सुझाव दिन चाहन्छु’ आइतबार, असोज १८, २०८३
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्