• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफू निकटका सांसदलाई ओलीले भने- जुनसुकै परिस्थिति आउन सक्छ, तयार बस्नू

64x64
किशोर दहाल मंगलबार, वैशाख १६, २०७७  १३:३१
1140x725

काठमाडौं- पार्टीमा विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफू निकटका सांसदहरुलाई तयार अवस्थामा बस्न भनेका छन्। सोमबार दिनभर नेकपाका नेताहरुको बहुपक्षीय भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओली र माधव नेपालका साथै उनीहरु निकटका नेताहरुको पनि छलफल भएको थियो। त्यस्तै अर्का अध्यक्ष प्रचण्ड र झलनाथ खनालबीच पनि भेटवार्ता भएको थियो। साँझपख भने प्रधानमन्त्रीले आफू निकट झन्डै दुई दर्जनभन्दा बढी सांसदहरुलाई भेटेर पछिल्लो घटनाक्रमको व्याख्या गर्दै आगामी रणनीतिका बारेमा केही संकेत गर्ने प्रयत्न गरे।

‘पार्टीमा संकट देखिएको कुरा तपाईंहरुलाई तपाईंहरुलाई थाहै छ। यसको कारण पनि तपाईंहरुलाई थाहै छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक सांसदले भने, ‘अब जुनसुकै परिस्थिति पनि आउनसक्छ। तयार बस्नुहोला।’

प्रधानमन्त्रीको संकेत पार्टी फुट्ने अवस्था पनि आउन सक्ने भएकाले त्यतिबेलाका लागि साथ खोजेको ती सांसदले अर्थ्याए। 

पार्टीको अर्को पक्षले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने अन्तिम प्रयास गरिरहेको प्रधानमन्त्रीले सांसदहरुलाई सुनाएका थिए। ‘उहाँहरुले पहिल्यैदेखि प्रयास गरिरहनुभएको हो। तर, सफल हुनसक्नुभएको थिएन। यसपटक भने वारको पार नै गर्ने गरी अघि बढिरहनुभएको छ। उहाँहरु मलाई अपदस्थ गर्ने हिसाबले अघि बढिरहनुभएको छ’, ओलीले भनेका थिए।

उनले पार्टीमा संकट देखिएकाले यस्तै ढंगले अघि बढ्न नसकिने बताएका थिए।

प्रधानमन्त्रीले आफूले कुनै पदबाट पनि राजीनामा नदिने सांसदहरुलाई प्रष्ट पारेका थिए। ‘म कुनै पदबाट पनि राजीनामा दिन्नँ। उहाँहरुका सबै षडयन्त्रका विरुद्ध लड्न तयार छु। सक्षम छु’, प्रधानमन्त्रीले भनेका कुरा ती सांसदले दोहोर्‍याए।

आफूलाई पहिल्यैदेखि घेराबन्दी गरिएको ओलीले दुखेसो गरेका थिए।

हिजो दिउँसो ओली र नेपाल पक्षका नेताहरुबीच कोटेश्वरको एक घरमा लामो छलफल भएको थियो। त्यहाँ माधव नेपाल पक्षले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका थिए। त्यसैलाई संकेत गर्दै प्रधानमन्त्रीले आफू पछि नहट्ने बताएका थिए। पछि हट्ने आफ्नो स्वभाव नभएको उनले प्रष्ट पारेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले यतिबेला सरकार परिवर्तनको प्रयास गर्नु भनेको अस्थिरता निम्त्याउनु मात्रै भएको बताएका थिए। उनले अस्थिरता चाहनेहरुको प्रतिवाद गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्रीले पार्टी एकता गर्दाको सहमति साथीहरुले भुल्न खोजेको बताए। ‘सहमति गर्ने प्रचण्ड आफैं पनि लाग्नुभएको छ’, ओलीले भनेका थिए, ‘जबकि पार्टीमा अहिले दुईमध्ये एक अध्यक्षले असहमति राख्ने बित्तिकै निर्णय हुँदैन।’

अध्यादेशमा विरोध भएपछि त्यसलाई फिर्ता लिएको र त्यसपछि विवाद साम्य हुने अपेक्षा आफ्नो रहेको प्रधानमन्त्रीले भनेका थिए। 

पार्टीमा अहिले स्थायी समितिको बैठक माग्नेहरुप्रति ओलीले आक्रोश पोखेका थिए। कोरोनाका कारण अहिले बैठक बस्नु उचित नहुने कुरालाई पूर्व माओवादीका नेताहरु र माधव नेपाल पक्षका नेताहरुले गलत अर्थ लगाएको उनले बताएका थिए। ‘अहिले कोरोनाको महामारी छ। सबै एकैठाउँमा बसेर बहस गर्ने अवस्था छैन’, ओलीले भनेका थिए, ‘उहाँहरु केके न बित्नेजस्तो गरी बैठक मागिरहनुभएको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैठकमा नवराज सिलवाल, सरिता न्यौपाने, तिलक महत लगायतले बोलेका थिए। उनीहरुले ओलीको प्रशंसा गरेका थिए। निर्वाचनमा ओलीको नामकै कारण जित सम्भव भएको बताएका थिए। जनतामा ओलीप्रति अझै भरोसा भएको उनीहरुको कथन थियो। उनीहरुले प्रधानमन्त्रीलाई पछि नहट्न आग्रह गर्दै आफूहरुको साथ रहेको बताएका थिए।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १३:३१
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्