काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई आज परिपत्र गर्दै पास बिनाका कुनै पनि सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ।
बिचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रुपमा केही खुकुलो गराइएकोमा बीच सडकमा अलपत्र परेका तथा बिचल्लीमा परेका अधिकांशको उद्धार भइसकेको ठहर गर्दै आजबाट सवारी साधन सञ्चालनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सवारीसाधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकाले कडाइ गरिएको गृहको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।