• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रिमियर लिग सुरु गर्न सम्भव छ?

64x64
नेपाल लाइभ आइतबार, वैशाख १४, २०७७  १०:४३
1140x725

काठमाडौं- इंग्ल्याण्डमा रोकिएका महत्वपूर्ण खेलहरु सुरु गर्ने विषयमा स्वास्थ्य निर्देशकसहित छलफल हुने भएको छ। कोरोना भाइरस (कोभिड १९) का कारण इंग्लिस प्रिमियर लिग फुटबल अनिश्चित समयसम्मका लागि स्थगित भएको अवस्थामा यो छलफलबाट केही निस्कर्ष निस्कने विश्वास गरिएको छ। 

यसअघि गएको हप्ता प्रिमियर लिगका २० क्लबसँग भिडियोमार्फत भएको बैठकले भने प्रिमियर लिग अनिश्चित समयका लागि स्थगित हुने निर्णय भएको थियो। अहिले स्वास्थ्य निर्देशकसहितको बैठकबाट आउँदो हप्ताबाट बन्द रंगशालामा खेल गर्न सकिने विश्वासमा क्लबहरु देखिन्छन्। 

आउँदो समयका तयारीका लागि हुने बैठकमा स्वास्थ्य क्षेत्रका प्रमुखहरु सहित आउने कुराकानीपछि प्रधानमन्त्रीले केही भनाइ राख्ने तयारी भइरहेको छ। जसपछि स्वास्थ्य क्षेत्रका विज्ञहरुले हरेक खेलकुदको अवस्था र सञ्चालन गर्न सकिने सम्भावनामा काम गर्नेछन्। 

जसले बन्द रंगशालामा आवश्यक स्वास्थ्य सुरक्षाका साथ खेल गर्न सकिने अनुमान गरिएको छ। अहिले प्रिमियर लिगसँगै महिला सुपर लिग र इंग्लिस फुटबल लिग पनि अनिश्चित समयका लागि स्थगित गरिएको अवस्था छ। 

यसका साथै क्लबहरुमा आर्थिक संकट पनि देखा पर्न थालेको छ। जसले गर्दा खेलाडीको तलब कम गर्नेदेखि कर्मचारी कटौती गर्ने निर्णयहरु भइरहेका छन्। प्रिमियर लिगले नै पनि खेलाडीहरुलाई आफ्नो जागिर बचाइराख्न केही समयका लागि ३० प्रतिशत तलब कम लिनका लागि आग्रह गरेको छ। लिग सुरु गर्न सुरक्षित समयको पर्खाइ रहने बताएसँगै आर्थिक संकटमा परिरहेका क्लबलाई सहयोग गर्न तलब कम गर्न आग्रह गरिएको हो। 

इंग्लिस प्रिमियर लिगमा यो सिजन लिभरपुल उपाधितर्फ अरु क्लबभन्दा दुई पाइला अघि बढिसकेको थियो। लिभरपुलले इतिहासमा सबैभन्दा छिटो उपाधि जितेर कीर्तिमान बनाउने आश गरिरहेका समर्थकहरु कोरोनाको त्रास बढ्दा निराश छन्। 

हुन पनि ३० वर्षपछि लिग उपाधि जित्न लागेको लिभरपुल जति निराश यो समय अरु क्लब सायदै होला। प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ। 

Ncell 2
Ncell 2

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ। २९ अगस्टमा फाइनल खेल गराउन सक्नेगरी तयारी गरे पनि त्यो सहज देखिँदैन।  

प्रिमियर लिग मात्रै होइन युरोपभर नै लिग फुटबलहरु स्थगित रहेको अवस्था छ। जर्मन बुण्डेस लिगा मे ९ बाट सुरु गर्नेबारे छलफल भइरहेको छ भने नेदरल्याण्ड्सको लिग फुटबल विजेता टिम र रेलिगेसनमा पर्ने टिम नछानीकन स्थगित भएको छ। बेल्जियमले पनि लिगको यो सिजन अन्त्य भएको घोषणा नै गरिसकेको छ। 

फ्रेन्च लिग वान र स्पेनिस ला लिगा अनिश्चित समयका लागि स्थगित भइसकेको छ। इटालियन सिरी ए मे महिनाको अन्तिममा सुरु गर्ने भनिए पनि त्यो असम्भव जस्तो देखिइरहेको छ। 

युइएफएले अगाडि कसरी बढ्ने भन्नेबारे सोमबार पनि छलफल गर्दैछ। जसबाट केही देशमा रोकिएको लिग सुरु गर्ने र केही देशमा अभ्यास सुरु गर्ने वातावरण बन्न सक्ने विश्वास गरिएको छ। तर कोरोना भाइरसको जोखिम अनुमान भन्दा बाहिर रहेकाले कुनै पनि निर्णय लिन सहज भने देखिँदैन। 

युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको फुटबल सिजन यत्तिकै सकिन सक्ने पनि बताइसकेका छन्। आउने जुनसम्मका रोकिएका खेल हुन नसके यो सिजन यत्तिकै हराउने उनको भनाइ छ। रोकोनाको संक्रमण कम भएपछि बन्द रंगशालामा खेल हुन सक्नेतर्फ संकेत गर्दै उनले भनेका छन्- ‘यति समयमा नै पुनः सुरु हुन सकेन भने फुटबलको यो सिजन यत्तिकै हराउनेछ।’

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन :  प्रतिनिधि नाम दर्ता सुरु आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उनेपाको अध्यक्ष शनिबार, पुस २६, २०८२
रास्वपा सचिवालयमा रविको ब्रिफिङ : कुलमानले दिनदिनै माग फेर्न थालेपछि आ-आफ्नो बाटो लागौँ भनेँ शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्