• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना महामारीपछि विश्वमा बढ्नेछ उग्र राष्ट्रवाद, निगरानी र तानाशाही 

64x64
नेपाल लाइभ शनिबार, वैशाख १३, २०७७  ११:२२
1140x725

एजेन्सी–अन्तर्राष्ट्रियस्तरका प्रख्यात विचारक‍हरु भनिरहेका छन्–कोरोनापछि विश्वको नेतृत्व अव अमेरिकाले नभई चीनले गर्नेछ। केहीको भनाइ छ-चीनको नेतृत्व कमजोर हुने छ। केही मानिसहरु भने यो महामारीपछि वैश्वीकरण समाप्त हुने बताइरहेका छन्। कोही भने विश्वभर नयाँ सहयोगको वातावरण सिर्जना हुने आशा गरिरहेका छन्।

अर्कोतर्फ विश्वभर आक्रामक राष्ट्रवादमा वृद्धि हुने र खुल्ला व्यापार अझ कठिन हन्छ भन्न थालिएको छ। मनोमानी तरिकाले शासन गर्ने नेताहरु कोरोना महामारीको फाइदा उठाएर झन बलियो हुनेछन् र झन निरंकुश हुने छन्। 

यी शासकबाटै जनतामा विभिन्न किसिमका प्रतिबन्ध र निगरानी थोपरिने उनीहरुको विचार छ। कोरोनापछि विश्वका बारेमा अग्रणी विचारक, अर्थशास्त्री र दार्शनिकहरु के भन्छन् त्। बीबीसीका रजनीशकुमारको यो आलेख। 

श्लोमो बेन एमी

इजरायलका पुर्व विदेशमन्त्री एवं टोलेडो इन्टरनेशनल सेन्टर फर पिस फाउन्डेसनका उपाध्यक्ष श्लोमो बेन एमले ‘स्कार्स अफ वार’ र ‘वुन्ड अफ पिस : द इजरायल–अरब ट्रेजिडी’ नामक दुई किताव लेखेका छन्। 

‘इतिहासमा हेर्ने हो भने हरेक त्रासदी र महामारीपछि पुरानो मान्यता समाप्त भएको छ, नयाँ सुरुवात भएको छ,’ एमीले भने, ‘पूरै व्यवस्था नै सिफ्ट भएको छ। ’ महामारीले हरेक सरकारको पोल खोल्ने उनको अनुभव छ। 

‘कुनै महामारीअघि त्यसको अनुमान होस् या नहोस्, यस्तो अवस्थामा सरकारको तयारीको पोल खुल्छ,’ उनी भन्छन्,‘महामारी सम्हाल्न सरकारहरु असफल हुन्छन्।  यस्तो पहिले पनि भएको थियो, र कोरोना भाइरसमा पनि यस्तै देखिएको छ।’ 

Ncell 2
Ncell 2

अल्बेर कामू ४४ वर्षको उमेरमा साहित्यमा नोबेल पुरस्कार जितेका फ्रेन्च अल्जेरियन लेखक अल्बेर कामू यी प्रवृत्तिलाई आफ्नो उपन्यास ‘द प्लेग’मा राम्रोसँग उतारेका छन्। चीनबाट सुरु भएको कोरोना भाइरस उसले सुरुमा लुकायो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवातमा बेवास्ता गरे। उनले यो खतरालाई कम आँकलन गरे। ट्रम्पले त्यही सोचेर कोरोनालाई सिजनल फ्लुको टिप्पणी गरे।

ठीक यसैगरी कामुको उपन्यास ‘द प्लेग’ मा सरकारी अधिकारी महामारीलाई विशेष रुपको ज्वरो भन्दै बस्छन्। इजरायलका पुर्व विदेशमन्त्रीको मान्यता छ–नेताहरुमा दुरदर्शीता नभएका कारण महामारी आएपछि मानिससँग बाँच्ने विकल्प कम हुन्छ। वाध्यतावश सामाजिक दुरीजस्ता विकल्प सरकारी अधिकारीले पेश गर्ने उनको तर्क छ। 

‘खोपको अभावमा विभिन्न किसिमका अफवाह फैलिरहका छन्, कोही ब्लिच पिउने सल्लाह दिइरहेका छन् भने कोही लसुन खाने सल्लाह दिइरहेको छन्’ उनले भने, ‘कोही भन्छन् मुसलमानलाई कोरोना लाग्दैन, यहाँसम्मकी अमेरिकी राष्ट्रपति ट्रम्प नै यस्ता अफवाह फैलाउन सक्रिय भए।’ यस्तो शैली हरेक महामारीमा देखिने उनको तर्क छ।

दोस्रो शताब्दीमा आएको एन्टोनाइन प्लेगले रोमन साम्राज्यको इतिहासमा भयावह आर्थिक संकट सिर्जना गर्‍यो। ५४१–५४२को ईस्वी सम्वतमा आएको जस्टिनियन प्लेगले दुई शताव्दीसम्म आतंक फैलायो । यसले धेरै साम्राज्यहरुलाई आर्थिक रुपमा तहननहस पा¥यो। ‘जब आर्थिक व्यवस्था समाप्त हुन्छ अनि मानिसबीच गहिरो खाडल उत्पन्न हुन्छ। रोगले धनी-गरिब भन्दैन, तर यसको मारमा गरिबहरु नै धेरै पर्ने गर्छन्।’

यस्तो महामारीका बेला कसैको षडयन्त्र हो भनेर फैलाउनु एक प्रकारका शैली नै भएको श्लोमोको अनुभव छ। जब एन्टोनियन प्लेग आयो, रोमका शासकले त्यसको दोष ईसाइहरुलाई दिए। इसाइको दवदवा रहेको समयमा १४ औ शताव्दीमा जव ‘ब्ल्याक डेथ महामारी’ फैलियो, यसको दोष यहुदीलाई दिइयो। अहिले कोरोना भाइरसको महामारी फैलिएको छ। मानिसहरु अनेक प्रकारका षडयन्त्रका कुरा भनिरहेका छन्।। अमेरिकी सेना, चिनियाँ सेना, चीनको ल्याव र यहुदीसम्मलाई जिम्मेबार मानिँदै आएको छ। 

अब महामारीपछि के हुन्छ त भन्नेमा श्लोमोले रोचक उदाहारण दिए। एन्टोनाइन र जस्टिनियन प्लेग फैलिएपछि पुरै युरोपमा इसाई धर्म फैलियो। त्यस्तै ब्ल्याक डेथ महामारीपछि मानिसको धर्ममा कम रुची भयो। उनीहरु विश्वलाई मानवताको रुपमा हेर्न थाले।

यहीकारण युरोप पुनर्जागरण भयो। स्पैनिस फ्लुुपछि ठूलो मात्रामा मजदुर आन्दोलन सुरु भयो। साम्राज्यवादी शक्तिका विरुद्ध मानिसहरु सडकमा आए। भारतमा महामारीका कारण लाखौ मानिसले ज्यान गुमाएपछि स्वतन्त्रता आन्दोलन सुरु भयो । ‘दुई वटा विश्वयुद्धपछि के सिद्ध भयो भने संकीर्ण राष्ट्रवादका कारण विश्वभर अशान्ति भयो र स्थीरता कायम हुन सकेन’ श्लोमो बेन एमीले भने, ‘कोरोना भाइरसको महामारीले पनि संकेत दिएको छ कि राज्य र अन्तराष्ट्रिय संस्थाका बीचमा तत्काल एक नयाँ सन्तुलनको आवश्यकता छ।’ ’ 

युवाल नोहा हरारी ,इतिहास एवं दर्शनशास्त्री

‘सेपियन्स’ जस्तो चर्चित पुस्तकका लेखक हरारी आशंका गर्छन्–कोरोना भाइरसका कारण विश्वमा निगरानीको शासन सुरु हुन सक्ने आशंका व्यक्त गर्छन्। हरारीले यसबारेमा फाइनान्सियल टाइम्समा एक लेख लेखेका छन्। 

‘सरकार र ठूला कम्पनीहरु मानिसको अनुगमन, निगरानी र म्यानिपुलेट गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेका छन्,’ हरारी लेख्छन्,‘यदि हामी सचेत भएनौ भने यो महामारी सरकारी निगरानीका लागि एक अवसर बन्ने निश्चित छ। ’यो महामारीले त्यस्ता देशमा निगरानी सहज भएको छ जहाँ यसअघि यस्तो कुरालाई अस्वीकार गर्दै आएको थियो।’

‘यसअघि ‘ओभर द स्किन’ निगरानी भइरहेको थियो अब ‘अन्डर द स्किन’ को रुपमा निगरानीको स्वरुप बदलिने छ,’ उनले भने। यदि तपाईले स्मार्ट फोनमा औंला चलाउनुहुन्छ भने सरकारले तपाईं के पढिरहनु भएको छ भन्नेसम्मको जानकारी राख्न सक्ने अवस्था सिर्जना हुने उनको तर्क छ। कोरोना भाइरसको अन्त्यपछि इन्टरनेटको फोकस परिर्वतन हुने र सरकारले मानिसको शरीरको तापक्रमदेखि ब्लड प्रेसरसम्मको जानकारी राख्ने उनको विचार छ। 

निगरानीको फाइदा धेरै देखिन्छ। ‘मानाै‌ कुनै सरकारले आफ्ना नागरिकलाई सबैले एक बायोमेट्रिक ब्रेसलेट लगाउन अनिवार्य गर्छ, जसले गर्दा शरीरको तापक्रम र मुटुको धड्कन २४ घन्टा नै निगरानी गरिन्छ भन्छ,’ हरारी लेख्छन् ‘तपाईंले लगाएको यो ब्रेसलेटले तपाईलाई भन्दा पहिला सरकारलाई तपाईं बिरामी भएको सुचना दिन्छ। तपाई कहाँ जानु भयो, कोसँग भेट्नु भयो, कति कुरा गर्नु भयो र के कुरा गर्नु भयो भन्ने यसले सरकारलाई जानकारी दिन्छ र तपाइ र तपाईबाट हुने संक्रमण रोक्न सफल हुन्छ। यो सबै तपाईलाई धेरै राम्रो लाग्छ नि हैन त?’ 

अव खतरा यसपछि सुरु हुने हरारीको तर्क छ। ‘जसरी यो तथ्यांकमा सरकारी पहुँच पुग्छ, त्यसपछि सबैकुरा बिस्तारै तपाईंबाट बाहिर पुग्छ। तपाईंको भावना र रुचीसँग व्यापारको युग र सरकारले चाहे अनुसारको शासन गर्ने योजना बनाउन सक्छ’ उनी लेख्छन् ‘हामीभन्दा सरकार र बहुर्राष्ट्रिय कम्पनीहरु हाम्राबारेमा धेरै जान्ने हुन्छन र हामीमाथि  जे चाहन्छन् त्यो विक्री गर्न सफल हुन्छन् चाहे त्यो उन्माद होस वा नेता ।’ यसपछि मानिसलाई यो ढुंगे युगजस्तो लाग्ने उनको तर्क छ। 

‘कोरोना भाइरसको फैलावट नागरिकहरुको अधिकार र कर्तव्यका लागि ठूलो चुनौती  हो,’ उनले भने, ‘यदि हामीले सही निर्णय गरेनौ भने हाम्रो स्वतन्त्रता खोसिने निश्चित छ। तर हामी मानिरहेका हुन्छौं कि सरकारी नियन्त्रण हाम्रो स्वास्थ्यका लागि हो सही कदम हो ।’ 

अमर्त्य सेन 

अर्थशास्त्रको नोबेल पुरस्कार विजेता अमर्त्य सेनले फाइनान्सियल टाइम्समा कोरोनापछिको विश्वको अर्थ व्यवस्थाका बारेमा लेखेका छन्। 

‘कोरोना भाइरसभन्दा पहिले विश्वमा कम समस्या थिएन, विश्वभर विषमता चरम अवस्थामा थियो, यो विषमता देशभित्रै र देश–देशका बीचमा थियो,’ सेनले लेखेका छन् ‘विश्वको सबैभन्दा धनी देश अमेरिकामा अहिले लाखौ मानिस मेडिकल सुविधावाट वञ्चित भएका छन्, लोकतन्त्रविरोधी राजनीति ब्राजिलदेखि बोलिभिया र पोल्याण्डदेखि हंगेरीसम्म मजबुत हुँदै छ,’ सेन प्रश्न तेर्स्याउँछन्, ‘के महामारीको साझा अनुभवभन्दा पहिला समस्याको समाधान खोज्न सहयोग मिल्छ त?’

यसको जवाफ पनि उनी आफैले यसरी दिएका छन्। 

‘यदि सवै मिलेर यो महामारीसँग लड्ने प्रयास गरिन्छ भने त्यसबाट पक्कै राम्रो नतिजा आउने छ किनकि दोस्रो विश्वयुद्धपछि यस्तै प्रयास भएको थियो,’ सेनले लेखेका छन् ‘अन्तर्राष्ट्रिय सहयोग विना शान्ति र स्थिरता सम्भव छैन। संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्ववैकको स्थापना दोस्रो विश्वयुद्धपछि भएको थियो। दोस्रो विश्वयुद्धपछि वेलायतले खाद्य संकटको सामना गर्नु परेको थियो, जसका कारण कुपोषणको विकराल समस्या सिर्जना भएको थियो। बेलायतले अन्तर्राष्ट्रिय सहयोगको माध्यमबाट यसलाई जित्न सफल भएको थियो।’

अहिलेको जरुरी प्रश्न छ–के अहिलेको समस्यामा पनि यस्तै प्रकारको सहयोगको आशा गर्न सकिन्छ? ‘कुनै पनि संकटसँग लड्न हामी के तयारी अवलम्वन गछौ भन्ने कुरामा निर्भर गर्दछ’ अमत्र्य सेन भन्छन् ‘यसमा राजनीति सबैभन्दा महत्वपुर्ण हुनेछ र त्यहाँका शासकको भुमिका पनि।’ सेनले यसलाई बेलायतको युद्ध र भारतको भोकमरीलाई तुलना गरेका छन् । 

‘विश्वयुद्धको समयमा बेलायतले आफ्ना नागरिकलाई भोजन र स्वास्थ्य सेवालाई चुस्त तरिकाले प्रदान गर्‍यो, तर १९४३मा बंगालमा आएको भयावह भोकमरीमा ३० लाख मानिसले ज्यान गुमाए तर तत्कालीन व्रिटिस इन्डिया  सरकारले त्यसलाई रोक्न केही पनि गरेन,’ उनले भनेका छन्। 

अहिले अमेरिकामा काला जाति अर्था्त अफ्रिकी-अमेरिकी नागरिकले कोरोना भाइरसका कारण बढी ज्यान गुमाइरहेका छन्। शिकागो शहरमा उनीहरुको बसोबास एक तिहाइ छ। यसमध्ये ७० प्रतिशत काला जाति कोरोनाको संक्रमणमा परेका छन्। 

जुन देशमा विषमता छ, त्यहाँ महामारीको खतरा धेरै भएको छ, चाहे त्यो भारत होस्, ब्राजिल वा हंगेरी। सेनको विचारमा ‘भारत अर्को समस्यासँग पनि लडिहरेको छ-लोकतन्त्रमाथि प्रहार भइरहेको छ, सञ्चार माध्यमको स्वतन्त्रतामाथि पनि नियन्त्रणको प्रयास भइरहेको छ।’ 

बीबीसी हिन्दीबाट


 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ११:२२
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्