• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-देउवा भेट : उपसभामुख कि संवैधानिक निकायमा नियुक्ति?

64x64
दुर्गा दुलाल शनिबार, वैशाख १३, २०७७  ०८:११
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच शुक्रबार भेटवार्ता भयो। सरकारले हतारोमा ल्याएको दुई अध्यादेश र उसैगरी फिर्ता लिएपछि भएको भेटले महत्त्व पायो। भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनाले उनीहरुबीच भएको छलफलको विषयमा धेरैको चासो छ।

सरकारले दल फुटाउन सहज हुने र संवैधानिका परिषद्मा आफ्नो ‘हालिमुहाली’ गर्न सकिने गरी दुई अध्यादेश बैशाख ८ गते ल्यायो। प्रधानमन्त्रीले सरकारले मधेश केन्द्रित राजनीतिबाट उदाएका दुई दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीलाई दल फुटाउन ल्याइएको संकेत गरे। तर, त्यसको असर नेकपाभित्रै पनि पर्ने देखिएको थियो। यसले नेकपाभित्र पनि एक प्रकारको हलचल र विवाद निम्त्यायो।

अध्यादेशको भने आम विरोध भयो। प्रतिपक्ष नेपाली काग्रेस र नागरिक समाज तथा कानुनका जानकारहरुले तत्काल अध्यादेश खारेज गर्न माग गरे।

पार्टीको आन्तरिक शक्ति संघर्षका कारण प्रधानमन्त्री ओलीले आफ्नो सत्ता निरन्तरतामा असुरक्षित महसुस गरेपछि यस्तो अध्यादेश जारी गरेको हुनसक्ने आकलन पनि गरियो। विवादमै बीचमा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टीका प्रमुख नेताहरुबीच भैसीपाटीमा अलग्गै भेला भयो। यसले अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीमाथि थप दबाब पर्‍यो। परिणामतः शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले जुन धाराले अध्यादेश जारी गरिएको थियो, सोही धारा अनुसार खारेज गर्ने सिफारिस गर्‍यो। जसरी यसको सुरुवात भयो, उसैगरी खारेज भयो।

यससँगै राजनीतिक रुपमा देखिएको पार्टी विभाजनको तरंग अस्थायी रुपमा समाप्त भएको छ। राजपा र समाजवादी भने एक हुने अवसर यो अध्यादेशले उपलब्ध गरायो।

यही बीचमा प्रधानमन्त्री ओलीमाथि अर्को पार्टीको सांसद अपहरणको आरोप समेत लाग्यो। ‌ओली निकट नेताहरुले जनकपुर रहेका संघीय समाजवादीमा सांसद तथा पूर्वमन्त्री डा सुरेन्द्र यादवलाई आफ्ना मान्छे लगाएर रातरात काठमाडौं ल्याइएपछि उनी समेत आलोचित भए। पार्टीभित्र र बाहिरको दबाब झेल्न नसकेपछि उनी अध्यादेश खारेज गर्ने प्रक्रिया अघि बढाउन सहमत भएका थिए।

अध्यादेश फिर्ता लिए लगत्तै प्रधानमन्त्रीले बालुवाटारमा आफ्नै पार्टीका अर्का अध्यक्ष समेतलाई साक्षी राखेर प्रमुख प्रतिपक्षी दलका प्रमुखलाई भेटे।  उनले बालुवाटारमा नयाँ माहोला सिर्जना गर्ने प्रयास गरे। छलफलको विस्तृत कुरा बाहिर आइसकेको छैन तर यो भेटघाटको राजनीतिक महत्त्व भने देखिन्छ।

अघिल्लो दिनसम्म प्रतिपक्षलाई बेवास्ता गरेर संवैधानिक नियुक्ति गर्न सकिने प्रावधान सहितको  अध्यादेश ल्याएको ओली भोलिपल्टै उनैसँग छलफलका लागि किन तयार भए त? तर, बालुवाटारको भेटमा प्रवाहित हाँसोले केही सकारात्मक सन्देश त पक्कै दिने छ।

Ncell 2
Ncell 2

हाललाई बालुवाटारमा तीन विषयमाथि छलफल भएको हुनसक्ने आकलन गर्न सकिन्छ- कोराना भाइरसको महामारी, उपसभामुख र रिक्त संवैधानिक निकायको नियुक्त।

कोरोना भाइरसको महामारीमा सबै राजनीतिक दलहरुबीच एकजुट देखिन्छ। उनीहरुले सरकारले तय गरेको रणनीतिमा सहयोग गरिरहेका छन्। यो संकटले ५ वर्षअघिको भूकम्पको समयमा देखिएको सहकार्यको सम्झना गराइदिएको छ। सो भूकम्पले दलहरुबीच जुटाइदिएको एक सकारात्मक उर्जा अहिले पनि जुटाउने अपेक्षा धेरैको छ। कोरोना भाइरसका महामारीका कारण आज जनजीवनमा पारेको नकारात्मक असर र अर्थतन्त्रमाथि पारेको प्रभावको विस्तृत तथ्यांक आइसकेको छैन। तर, यसबाट पार लगाउन प्रमुख दल र नेताहरुबीच साझा मत बन्यो भने त्यो राम्रै हुन्छ।

उपसभामुखको पदपूर्ति
प्रतिनिधिसभामा अहिले उपसभामुखको पद रिक्त रहेको छ। उपसभामुख र सभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ। यसअघि सभामुख रहेका कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि उक्त पदमा नेकपाकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए।

सापकोटालाई सभामुख बनाउन उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाइएको थियो। उनी हाल कानुनमन्त्री छिन्। उनले राजीनामा दिएपछि खालि रहेको पद अहिलेसम्म रिक्त छ।

नेकपासँग सत्ता साझेदार गरेको उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरम (अहिले- समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टी) पनि तिक्त सम्बन्ध बनाउँदै सरकारबाट बाहिरिइसकेको छ।

राष्ट्रियसभाको पछिल्लो निर्वाचन ताका नेकपा र राजपाबीच पनि सहयोग र सहकार्यको सहमतिमा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्रीले दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि ती दुई दल रातारात मिले। नेकपासँगको सम्बन्ध पनि बिग्रिएको देखिएको छ। अब उपसभामुखमा ती दलसँग सहकार्य असम्भव जस्तो देखिएको छ। त्यसैले नेकपाका लागि कांग्रेस नै यसका लागि निर्विकल्प विकल्प बन्न सक्ने परिस्थिति देखिएको छ।

ओली-प्रचण्ड-देउवाबीचको पछिल्लो भेट सम्बन्ध सुधारको प्रयास हुनसक्छ। त्यसमा उपसभामुखदेखि संवैधानिक निकायसम्मको भागबण्डामाथि छलफल भएका हुनसक्छन्। यसअघिका भागबण्डामा पनि यी दुई पक्ष हिस्सेदार हुन्। विश्व विद्यालयमा उपकुलपतिदेखि न्यायाधीश नियुक्तसम्ममा यस्तो अभ्यास भइसकेको छ। अब निकट समयमा उपसभामुख पद कांग्रेसले नपाउला भन्न सकिँदैन।

संवैधानिक अङ्गमा नियुक्ती 
संवैधानिक परिषदमा प्रतिपक्ष दलको नेताको हैसियतमा नेपाली कांग्रेसका नेता देउवाको उपस्थिति हुने भएकाले पनि ओली र नेकपाका लागि सहकार्य सहज हुने देखिछ। हाल अख्तियारदेखि अन्य संवैधानिक अंगमा कुल ३९ जनाको पद रिक्त छ। अख्तियारजस्तो संवेदनशील र महत्त्वपुर्ण स्थानमा नियुक्त गर्न बाँकी रहेकाले देउवासँगको सहज संवाद दुवै पक्षका लागि फाइदाजनक देखिन्छ।

सर्वोच्च अदालतमा एक न्यायाधीश रिक्त रहेको छ भने एक छिटै रिक्त हुँदै छ। हाल संवैधानिक परिषद्ले ४० पदमा नियुक्ति सिफारिस गर्नुपर्ने अवस्था छ।

कहाँ कति पद रिक्त?
अख्तियार- २ जना 
सर्वोच्च अदालत- १ जना 
निर्वाचन आयोग- २ जना
दलित आयोग- ५ जना
आदिवासी जनजाती आयोग- ५ जना 
महिला आयोग- ५ जना 
प्राकृतिक स्रोत साधन आयोग- ४ जना
मधेसी आयोग- ४ जना
मुस्लिम आयोग- ४ जना
समावेशी आयोग- ४ जना
थारु आयोग- ४ जना
सर्वोच्च अदालत- १ न्यायाधीश

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ०८:११
  • #अध्यादेश
  • #ओली_देउवा_भेटघाट
  • #उपसभामुख
  • #संवैधानिक_परिषद्
  • #नियुक्ति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्