• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-देउवा भेट : उपसभामुख कि संवैधानिक निकायमा नियुक्ति?

64x64
दुर्गा दुलाल शनिबार, वैशाख १३, २०७७  ०८:११
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच शुक्रबार भेटवार्ता भयो। सरकारले हतारोमा ल्याएको दुई अध्यादेश र उसैगरी फिर्ता लिएपछि भएको भेटले महत्त्व पायो। भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनाले उनीहरुबीच भएको छलफलको विषयमा धेरैको चासो छ।

सरकारले दल फुटाउन सहज हुने र संवैधानिका परिषद्मा आफ्नो ‘हालिमुहाली’ गर्न सकिने गरी दुई अध्यादेश बैशाख ८ गते ल्यायो। प्रधानमन्त्रीले सरकारले मधेश केन्द्रित राजनीतिबाट उदाएका दुई दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीलाई दल फुटाउन ल्याइएको संकेत गरे। तर, त्यसको असर नेकपाभित्रै पनि पर्ने देखिएको थियो। यसले नेकपाभित्र पनि एक प्रकारको हलचल र विवाद निम्त्यायो।

अध्यादेशको भने आम विरोध भयो। प्रतिपक्ष नेपाली काग्रेस र नागरिक समाज तथा कानुनका जानकारहरुले तत्काल अध्यादेश खारेज गर्न माग गरे।

पार्टीको आन्तरिक शक्ति संघर्षका कारण प्रधानमन्त्री ओलीले आफ्नो सत्ता निरन्तरतामा असुरक्षित महसुस गरेपछि यस्तो अध्यादेश जारी गरेको हुनसक्ने आकलन पनि गरियो। विवादमै बीचमा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टीका प्रमुख नेताहरुबीच भैसीपाटीमा अलग्गै भेला भयो। यसले अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीमाथि थप दबाब पर्‍यो। परिणामतः शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले जुन धाराले अध्यादेश जारी गरिएको थियो, सोही धारा अनुसार खारेज गर्ने सिफारिस गर्‍यो। जसरी यसको सुरुवात भयो, उसैगरी खारेज भयो।

यससँगै राजनीतिक रुपमा देखिएको पार्टी विभाजनको तरंग अस्थायी रुपमा समाप्त भएको छ। राजपा र समाजवादी भने एक हुने अवसर यो अध्यादेशले उपलब्ध गरायो।

यही बीचमा प्रधानमन्त्री ओलीमाथि अर्को पार्टीको सांसद अपहरणको आरोप समेत लाग्यो। ‌ओली निकट नेताहरुले जनकपुर रहेका संघीय समाजवादीमा सांसद तथा पूर्वमन्त्री डा सुरेन्द्र यादवलाई आफ्ना मान्छे लगाएर रातरात काठमाडौं ल्याइएपछि उनी समेत आलोचित भए। पार्टीभित्र र बाहिरको दबाब झेल्न नसकेपछि उनी अध्यादेश खारेज गर्ने प्रक्रिया अघि बढाउन सहमत भएका थिए।

अध्यादेश फिर्ता लिए लगत्तै प्रधानमन्त्रीले बालुवाटारमा आफ्नै पार्टीका अर्का अध्यक्ष समेतलाई साक्षी राखेर प्रमुख प्रतिपक्षी दलका प्रमुखलाई भेटे।  उनले बालुवाटारमा नयाँ माहोला सिर्जना गर्ने प्रयास गरे। छलफलको विस्तृत कुरा बाहिर आइसकेको छैन तर यो भेटघाटको राजनीतिक महत्त्व भने देखिन्छ।

अघिल्लो दिनसम्म प्रतिपक्षलाई बेवास्ता गरेर संवैधानिक नियुक्ति गर्न सकिने प्रावधान सहितको  अध्यादेश ल्याएको ओली भोलिपल्टै उनैसँग छलफलका लागि किन तयार भए त? तर, बालुवाटारको भेटमा प्रवाहित हाँसोले केही सकारात्मक सन्देश त पक्कै दिने छ।

Ncell 2
Ncell 2
nimb
nimb

हाललाई बालुवाटारमा तीन विषयमाथि छलफल भएको हुनसक्ने आकलन गर्न सकिन्छ- कोराना भाइरसको महामारी, उपसभामुख र रिक्त संवैधानिक निकायको नियुक्त।

कोरोना भाइरसको महामारीमा सबै राजनीतिक दलहरुबीच एकजुट देखिन्छ। उनीहरुले सरकारले तय गरेको रणनीतिमा सहयोग गरिरहेका छन्। यो संकटले ५ वर्षअघिको भूकम्पको समयमा देखिएको सहकार्यको सम्झना गराइदिएको छ। सो भूकम्पले दलहरुबीच जुटाइदिएको एक सकारात्मक उर्जा अहिले पनि जुटाउने अपेक्षा धेरैको छ। कोरोना भाइरसका महामारीका कारण आज जनजीवनमा पारेको नकारात्मक असर र अर्थतन्त्रमाथि पारेको प्रभावको विस्तृत तथ्यांक आइसकेको छैन। तर, यसबाट पार लगाउन प्रमुख दल र नेताहरुबीच साझा मत बन्यो भने त्यो राम्रै हुन्छ।

उपसभामुखको पदपूर्ति
प्रतिनिधिसभामा अहिले उपसभामुखको पद रिक्त रहेको छ। उपसभामुख र सभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ। यसअघि सभामुख रहेका कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि उक्त पदमा नेकपाकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सापकोटालाई सभामुख बनाउन उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाइएको थियो। उनी हाल कानुनमन्त्री छिन्। उनले राजीनामा दिएपछि खालि रहेको पद अहिलेसम्म रिक्त छ।

नेकपासँग सत्ता साझेदार गरेको उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरम (अहिले- समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टी) पनि तिक्त सम्बन्ध बनाउँदै सरकारबाट बाहिरिइसकेको छ।

राष्ट्रियसभाको पछिल्लो निर्वाचन ताका नेकपा र राजपाबीच पनि सहयोग र सहकार्यको सहमतिमा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्रीले दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि ती दुई दल रातारात मिले। नेकपासँगको सम्बन्ध पनि बिग्रिएको देखिएको छ। अब उपसभामुखमा ती दलसँग सहकार्य असम्भव जस्तो देखिएको छ। त्यसैले नेकपाका लागि कांग्रेस नै यसका लागि निर्विकल्प विकल्प बन्न सक्ने परिस्थिति देखिएको छ।

ओली-प्रचण्ड-देउवाबीचको पछिल्लो भेट सम्बन्ध सुधारको प्रयास हुनसक्छ। त्यसमा उपसभामुखदेखि संवैधानिक निकायसम्मको भागबण्डामाथि छलफल भएका हुनसक्छन्। यसअघिका भागबण्डामा पनि यी दुई पक्ष हिस्सेदार हुन्। विश्व विद्यालयमा उपकुलपतिदेखि न्यायाधीश नियुक्तसम्ममा यस्तो अभ्यास भइसकेको छ। अब निकट समयमा उपसभामुख पद कांग्रेसले नपाउला भन्न सकिँदैन।

संवैधानिक अङ्गमा नियुक्ती 
संवैधानिक परिषदमा प्रतिपक्ष दलको नेताको हैसियतमा नेपाली कांग्रेसका नेता देउवाको उपस्थिति हुने भएकाले पनि ओली र नेकपाका लागि सहकार्य सहज हुने देखिछ। हाल अख्तियारदेखि अन्य संवैधानिक अंगमा कुल ३९ जनाको पद रिक्त छ। अख्तियारजस्तो संवेदनशील र महत्त्वपुर्ण स्थानमा नियुक्त गर्न बाँकी रहेकाले देउवासँगको सहज संवाद दुवै पक्षका लागि फाइदाजनक देखिन्छ।

सर्वोच्च अदालतमा एक न्यायाधीश रिक्त रहेको छ भने एक छिटै रिक्त हुँदै छ। हाल संवैधानिक परिषद्ले ४० पदमा नियुक्ति सिफारिस गर्नुपर्ने अवस्था छ।

कहाँ कति पद रिक्त?
अख्तियार- २ जना 
सर्वोच्च अदालत- १ जना 
निर्वाचन आयोग- २ जना
दलित आयोग- ५ जना
आदिवासी जनजाती आयोग- ५ जना 
महिला आयोग- ५ जना 
प्राकृतिक स्रोत साधन आयोग- ४ जना
मधेसी आयोग- ४ जना
मुस्लिम आयोग- ४ जना
समावेशी आयोग- ४ जना
थारु आयोग- ४ जना
सर्वोच्च अदालत- १ न्यायाधीश

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ०८:११
  • #अध्यादेश
  • #ओली_देउवा_भेटघाट
  • #उपसभामुख
  • #संवैधानिक_परिषद्
  • #नियुक्ति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्