• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘फाइनल खेलअघिको त्यो भूकम्प र अहिलेको विश्व त्रास’

64x64
सराेज तामाङ शुक्रबार, वैशाख १२, २०७७  १७:५५
1140x725

काठमाडौं– २०७२ साल वैशाख १२ गते भूकम्प भोग्ने हरेकको मनमा त्यसको आफ्नै सम्झना छ। त्रासको त्यो समय यति छिटै बिर्सन सम्भव नै कहाँ छ र! विस्तारै अघि बढ्न थालेको नेपाली खेलकुदलाई अझ पछाडि धकेलिदिने काम पनि भूकम्पमार्फत् नै भयो।

भूकम्पले नेपाली खेलकुदका भौतिक संरचना मात्रै ध्वस्त बनाएन, खेलाडीमा आर्थिक र मानसिक समस्यासमेत ल्यायो। लामो समयसम्म नेपालमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता भएन। नेपालमा हुने प्रतियोगिता पनि अरु देश सारियो। भूकम्पले खण्डहर बनाएको दशरथ रंगशाला झण्डै साढे चार वर्षपछि ठडिए पनि अरु धेरै कुरा सुध्रन बाँकी नै छ।

भूकम्पबाट बाहिरिएर एउटा उचाइ लिग्दै गएको खेलकुदमा अहिले फेरि कोरोना भाइरस (कोभिड १९) का कारण समस्याहरु थपिएका छन्। यसबाट बाहिर निस्किएपछि पनि खेल क्षेत्र पुरानो लयमा आउन अझ कति संघर्ष गर्नुपर्ने हो यकिन छैन। भूकम्पपछिको समयभन्दा भयानक स्थिति आउने डर बढिरहेको छ।

२०७२ साल वैशाख १२ गते शनिबार एएफसी यु–१४ गल्र्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल केही समयमा सुरु हुँदै थियो। तर, भूकम्पले त्यो खेल हुन सकेन। त्यही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेकी थिइन् नेपालकी मिडफिल्डर मञ्जली कुमारी योञ्जनले।

रौटहट घर भएकी मञ्जली एन्फा एकेडेमीबाट अघि बढेकी खेलाडी हुन्। सानो कद भए पनि उत्कृष्ट प्रदर्शन गर्दै आएकी मञ्जली अहिले नेपाली महिला राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य हुन्। २०७२ सालको भूकम्पका साथै अहिलेको लकडाउनको अवस्थाबारे उनै मञ्जलीको अनुभव उनकै शब्दमा– 

भूकम्प गएको त्यो दिन कसले बिर्सन्छ र! नेपालको लागि भयानक त्यो दिन। त्यो बेला रंगशाला पनि राम्रो थियो। एएफसी यु–१४ गल्र्स च्याम्पियनसिपमा दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको फाइनल खेल थियो। हामी पूर्णरुपमा तयारी अवस्थामा थियौं।

प्रतियोगिताका लागि सहभागी सबै टिमलाई गोदावारी भ्यु भृकुटी होटलमा राखिएको थियो। फाइनल खेल शनिबार थियो। प्रशिक्षक, पदाधिकारी सबैले उपाधि जित्छौं भनेर भन्नु भएको थियो। हुन पनि हामीले फाइनल यात्रा तय गर्दा अन्य टिमलाई फराकिलो अन्तरले पाखा लगाइ सकेका थियौं। प्रतियोगितामा बंगलादेशको प्रदर्शन खासै उत्कृष्ट थिएन। एक हिसाबले भन्नु पर्दा दशरथ रंगशाला र दर्शक त हाम्रो लागि थप फाइदा नै थिए।

Ncell 2
Ncell 2
nimb
nimb

फाइनल खेलको लागि टिम होटलमा तयारी अवस्थामा थियो। कोही साथीहरु कपाल बान्ने, कोही ड्रेस लगाउने गर्दै थिए। यस्तै यस्तै भइरहेको थियो। तीन तल्ला माथि थिएँ म। एक्कासी होटलको भवन हल्लियो। सबै जना भूकम्प भन्दै अत्तालिन थाले। रुदै कराउँदै भाग्न थाले। तर मलाई थाहै भएन त्यो भूकम्प थियो। डरले म रुन पनि सकिनँ, भाग्न पनि। जिन्दगीमा त्यस्तो आपतकाल कहिल्यै परेको थिएन। एक्कासी त्यस्तो हुँदा दिमागले नै काम गर्न छोड्दो रहेछ।

सबै साथीहरु तल खुला ठाउँमा पुगेका रहेछन्। म त पछि मात्रै झरेँ। बाच्छु भन्ने त्यो बेला लाग्दै लागेन। पछि पनि भूकम्प आउने जाने गरिरहेको थियो। आफ्नै आँखाले घरहरु ड्याङ ड्याङ लडेको देख्दा मुटु नै कटकटी खान्थ्यो।

किशोर केसी मुख्य प्रशिक्षक हुनुहुन्थ्यो। नआतिन उहाँले अनुरोध गर्नु भएको थियो। हामी सबै एउटै परिवार हौं। कसैलाई केही हुँदैन भन्दै हामीलाई सम्झाउनु भएको थियो।

त्यो बेला आज हाम्रो फाइनल खेल छ भन्ने कुरा नै बिर्सेछौं। त्यहाँ हामी मात्रै थिएनौं अन्य देशका खेलाडीहरु पनि थिए। उनीहरु हामी भन्दा धेरै आत्तिएका थिए। रुदै कराउँदै गर्दै थिए। मलाई सोनी कम्पनीको सानो (टुकटुके) मोबाइल बाबाले कहिलेकाहिँ फोन गर्न काम लाग्छ भनेर दिनु भएको थियो। त्यही मोबाइल मागेर इरानकी एक खेलाडीले फोन गरेकी थिइन्। तर उनलाई उनको देशको कोड थाहा छैन रहेछ। घरको नम्बर मात्रै १४–१५ पटक हानिछिन्। नलागेपछि निकै रोइरहेकी थिइन्। फोन नलागे पनि उनले मलाई ‘थ्याङक यु’ भनिन्।

परिवारबाट टाढा भएपछि त्यसै पनि याद आउँछ। भूकम्पले त झनै बिछिप्तै बनायो। परिवार नभेटी मरिन्छ कि जस्तो लागिरह्यो। भूकम्प जाने वित्तिकै नेटवर्क पनि गएको थियो। पछि नेटवर्क आएपछि घरबाट धेरै फोन आएको थियो।

होटल भृकुटीबाट हामी एन्फामा आयौं। हामी सबैलाई त्यहीँ राखियो। पराकम्प आउँदा हामी मैदानमा आउथ्यौं। डरै डर थियो। साथीहरु पनि त्यस्तै कुरा गर्थ्याैं। आमाबाबुसँग भेट्न नपाइ मरिन्छ कि भन्ने। दिमागमा पनि यस्तै नकारात्मक सोचहरु मात्रै खेल्थ्यो त्यो बेला।

घर कहिले जाउँ जस्तै लाग्थ्यो। एन्फामा करिब ३–४ दिन बसेँ होला। त्यसपछि म घर आएँ। रौटहट जिल्लाका गुरुहरु लिन आउनु भएको थियो। घर आइपुग्दा काठमाडौंमा भोगेका भयानक क्षणहरु बिर्सेको जस्तो महशुस भएको थियो। रौटहटमा पनि पराकम्प त गइरहेको थियो। तर काठमाडौं जतिको डर थिएन। यहाँ त सबै खुल्ला ठाउँ। घर आइपुगेर मात्रै ढुक्कले निदाउन पाएको थिएँ।

त्यो प्रतियोगितामा मेरो प्रदर्शन निकै राम्रो भएको थियो। त्यही बेला पनि म अहिलेको जस्तै लेफ्ट विङबाट खेल्थेँ। प्रशिक्षकदेखि सबैले तेरो खेल निकै राम्रो छ भन्ने गर्नुहुन्थ्यो।

भूकम्पपछि चाहिँ हामी सबै टिमका साथीहरु कोही कता कोही कता भयौं। त्यसैले पनि होला हाम्रो नियमित अभ्यास भएनन्। हामीले खेल्न नै बिर्सिसकेका थियौं। एक त भूकम्पको त्यो धङधङी मेटिएकै थिएन। भूकम्पको ठीक एक वर्षपछि भएको फाइनल खेलमा हामीले राम्रो खेल्न सकेनौं।

बंगलादेशले भने स्वदेश फर्किएर धेरै अभ्यास गरेछ। धेरै कुरामा सुधार गरेछ। फाइनलअघि हामीले मात्र १५ दिन अभ्यास गरेका थियौं। त्यहीभएर हामी लगनखेलमा भएको फाइनल खेलमा बंगलादेशसँग १–० गोलअन्तरले पराजित हुन पुग्यौं। पहिले नै भएको भए, उपाधि हाम्रो लागि निश्चित थियो। तर भूकम्पले गर्दा स्थगित भएको प्रतियोगिता उपाधि जित्न हामी असफल भयौं।

अहिले भूकम्पको भन्दा बढी डर छ
त्यो बेला त नेपालमा मात्रै समस्या थियो। अहिले त विश्वकै मानव संकटमा छन्। डर छ कतै केही नहोस्। अहिले त मलाई भूकम्प आएको भन्दा पनि डर छ।

गुरु, टिमका साथीहरुसँग बेलाबेला कुराकानी हुन्छ। त्यस्तो विशेष नभए पनि त्यही कोरोना भाइरसको बारेमा नै कुरा हुने हो। बाहिरतिर निस्किन पनि मिल्दैन। लकडाउनले पूरै सुनसान छ। सुनसान छ बाटो, बजार गल्लीहरु। तर आक्रन्त छ मन। मन पनि त्यसरी नै सुनसान भइदिए त कति जाती हुने थियो।

घरमा काम त खासै केही हुँदैन। त्यही खाना खाने बस्ने, सुत्ने यस्तै त हो। तर यहाँ कुनै एउटा प्रतियोगितामा हार्दाको भन्दा, कुनै लक्ष्य चुम्न नसक्दाको भन्दा पनि तनाब छ।

लकडाउनले दिनचर्या नै परिवर्तन गरिदिएको छ। तर लकडाउन खुल्नु ठूलो कुरा होइन। कोरोना मानवबाट हट्नु पर्छ। यसो भनिरहँदा हामी खेलाडीको लागि अर्को चिन्ताको कुरा भनेको आफ्नो स्टामिना र फिट्नेस मुख्य हो। अब म पहिलेकै जस्तो फिट त हुन सक्दिनँ। लकडाउन खुलेपछि मैले निकै मेहेनत गर्नु पर्छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १७:५५
  • #मज्जली-कुमारी-याेञ्जन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्