काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को उपचारमा उपोगी हुने ठानिएको रेमदेशीभिर औषधिको पहिलो चरणको पूर्ण परीक्षण असफल भएको छ।
कोरोना उपचारमा उपयोगी हुने भन्ने उत्साहले विश्वभर यसको आपूर्तिमा अभाव देखिएको थियो। यो अाैषधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना उपचारका लागि सफल हुने भनिएकामध्ये एक हो।
बेलायती पत्रिका दि गार्जियनका अनुसार २ सय ३७ जना बिरामीमध्ये केहीलाई उक्त औषधि दिइएको थियो। तर यसले काम गरेन। ओषधि लिएपछि देखिने असरका कारण पनि यसको परीक्षण रोकिएको थियो।
औषधि परीक्षण असफल भएको समाचार विश्व स्वाथ्य संगठन (डब्लूएचओ)को ‘क्लिनिकल ट्रयाय डाटावेस’मा प्रकाशित भएको थियो। तर पछि त्यसलाई हटाइएको थियो। डब्लूएचओका प्रवक्ताले यो दुर्घटनाबस प्रकाशित भएको बताएका छन्।
‘लेखकले डब्ल्यूएचओलाई उपलब्ध गराएको मस्यौदा कागजात अन्जानमा वेबसाइटमा प्रकाशित भएको थियो र गल्ती थाहा हुने बित्तिकै हटाइएको थियो,’ डब्लूएचओका प्रवक्ता तारिक जसरेविकले भने, ‘पाण्डुलिपीको समीक्षा चलिरहेको छ र हामी डब्लूएचओले प्रतिक्रया दिनुभन्दा पहिले अन्तिम संस्करणको प्रतिक्षा गरिरहेका छौं।’
अमेरिकी कम्पनी जिलेड साइन्सेसले बनाएको भाइसविरुद्धको उक्त औषधि अफ्रिकाममा इबोलाविरुद्ध परीक्षण गरिए पनि केही फाइदा भएको थिएन। धेरै चिकित्सले कोरोनाविरुद्ध काम गर्ने भन्दै परीक्षण नै नपर्खिकन बिरामीलाई उक्त औषधि दिएक थिए। चीनमा कोरोना बिरामीमाथि गरिएको उक्त औषधिको परीक्षणलाई रोकिएकाे छ।
चिनियाँ ट्रायलमा यो असफल भएको हो। विश्व स्वास्थ्य संगठनको दस्तावेज अनुसार यो असफल भएको हो। कुल २३७ बिरामी मध्ये केहीलाई यो औषधिको प्रयोग गरिएको थियो र केहीलाई प्लेसिबो दिइएको थियो। एक महिनापछि यो औषधि लिनेमध्ये १३.९ प्रतिशत बिरामीको मृत्यु भयो। जबकी यसको तुलनामा प्लेसीबो लिने १२.८ प्रतिशत बिरामीको मात्र मृत्यु भयो।
साइड इफेक्टका कारण ट्रायल रोकिएको छ। यो औषधि पछाडि एक अमेरिकी फर्म गिलिएड रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।