एजेन्सी-जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिको सवैभन्दा ठूलाे चुनौती भएको टिप्पणी गरेकी छन् ।
उनले यसविरुद्ध लड्न चलाखी र सर्तकता दुवै अपनाउनुपर्ने भन्दै यो अहिले सुरुवातमात्र भएको बताइन्।
‘हामीले यो विषाणुसँग लामो समयसम्म लड्नु पर्ने छ, जर्मनीले विल्कुल अलग रुपमा तयारी गर्नुपर्ने छ ’ उनले भनिन् ‘ईयुको बजेटमा हामीले धेरै योगदान गर्न जरुरी छ ।’ हाल जर्मनीमा १ लाख ५३ हजार १ सय २९ संक्रमित रहेका छन् भने ५ हजार ५ सय ५७ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।