एजेन्सी–साना व्यवसाय र अस्पताललाई सहयोग गर्न ४८० बिलियनको प्याकेज अमेरिकाको दुवै सदनबाट पारित भएको छ।
प्याकेजमा कोरोना भाइरसको महामारीबाट प्रभावित साना व्यवसायलाई फण्ड उपलब्ध गराउने र कोरोना भाइरसको परीक्ष्ँण बिस्तारका लागि अस्पतालहरुलाई सहयोग गर्ने उल्लेख छ।
सिनेटबाट ध्वनी मतबाट पारित प्याकेज हाउसमा भने मतदानमा लैजानुपरेको थियो । हाउसमा ३८८ जनाले प्याकेजका पक्षमा र ५ जनाले विपक्षमा मतदान गरे।
यस्तै, डेमोक्रेट नेताहरुले अर्को बृहत उद्दार विधेयक ल्याउनका लागि योजना बनाइरहेका छन्। प्योकेजले पेचेक प्रोटेक्सन कार्यक्रमका लागि थप ३१० बिलियन प्रदान गर्ने भएको छ। ७५ बिलियन अस्पतालहरुलाई दिइने भएको छ भने २५ बिलियन कोभिड–१९ को परीक्षणका लागि खर्च गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।