एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अस्पतालमा रहँदा सामान्य नागरिकको जस्तो व्यवहार गरेको त्यहाँ कार्यरत नर्सहरूले बताएका छन्। जोन्सनको सेवामा खटिएकी न्यूजिल्याण्डकी नर्स जेन्नी म्याकगीका अनुसार बेलायती प्रधानमन्त्रीको सेवामा रहेका बेला उनलाई कहिले पनि हिच्किचाहट महसुस भएन।
उनीसँगै जोन्सनकाे सेवामा खटिएकी पोर्चुगलकी अर्की नर्सले भनिन्‚ ‘यो हाम्रा लागि धेरै नै चुनौतीपूर्ण थियो। तर‚ उनको सामान्य व्यवहारले हामीलाई झनै सजिलो बनाइदियो।’
जोन्सनकाे सेवामा खटिएका दुई नर्सका अनुसार प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएको जस्तो व्यवहार नदेखाएको उल्लेख गरे।
जोन्सनले अस्पतालमा रहँदा पनि आफ्नो सेवामा खटिएका नर्सहरूलाई प्रशंसासहित धन्यवाद व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।