एजेन्सी- कोरोना भाइरसका कारण यतिबेला विश्व नै त्रसित बनेको छ। कोरोना संक्रमणबाट अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश अमेरिका बनेको छ। कोरोनाले ल्याटिन अमेरिकामा पनि उत्तिकै असर पुर्याएको छ।
मेक्सिको : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघिसकेको छ। मेक्सिकोको अर्थव्यवस्था भद्रगोल भइरहेको छ। यो वर्ष देशको आर्थिक वृद्धिमा १० प्रतिशत गिरावट आउनसक्ने आशङ्का गरिएको छ। यसलाई मध्यनजर गर्दै राष्ट्रपतिले सामाजिक कार्यमा २५ अर्ब डलरभन्दा बढी खर्च गर्ने घोषणा गरेका छन् ताकि अर्थव्यवस्थामा केही परिवर्तन ल्याउन सकियोस्।
पेरू : पेरूमा कोरोनाको जोखिम रहेका करीब ३ हजार कैदीलाई थुनामुक्त गरिँदैछ। गर्भवती महिला ‚ बच्चासँगै जेल परेका महिला र ७० वर्षभन्दा बढी उमेर भएका कैदीलाई सबैभन्दा पहिले माफी दिइने बताइएको छ।
उरूग्वे : उरूग्वेमा पाँच सातासम्म लकडाउन गरेपश्चात बच्चाको प्राइमरी स्कुलहरू सञ्चालन गर्न थालिएका छन्। तर यदि अभिभावकलाई उनीहरूले नचाहेको खण्डमा उनीहरू आफ्नो बच्चालाई स्कूल नलैजान पनि सक्ने छुट दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।