एजेन्सी- फिनल्याण्डकी प्रधानमन्त्री सना मरीनले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेकी छन्। आफ्नो घरमा काम गर्ने एक व्यक्तिमा कोरोना पोजेटिभ पाइएपछि उनी पनि सेल्फ आइसोलेसनमा गएको बताइएको छ।
प्रधानमन्त्री कार्यालयबाट जारी एक विज्ञप्तिमा परीक्षण गरिँदा उनमा कोरोना संक्रमणका कुनै लक्षण नपाइएको जनाइएको छ।
३४ वर्षीया सना मरिनले गत डिसेम्बरमा विश्वमै कान्छी प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।