एजेन्सी- हङकङका सोधकर्ताहरूले गरेको अध्ययनअनुसार चीनमा कोरोना भाइरसको संक्रमणका कारण पहिलो चरणमा करीब २ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएकाे पाइएकाे छ। यो आँकडा चीनको तर्फबाट जारी गरिएको सरकारी आँकडाभन्दा चार गुणा बढी हाे।
चीनमा गत २० फेव्रुअरीसम्ममा कूल संक्रमितको संख्या ५५ हजार रहेको बताइएको थियो। तर हङकङका सोधकर्ताले गरेको विभिन्न अनुसन्धानमा त्योभन्दा धेरै संख्यामा कोरोना संक्रमित रहेको उल्लेख गरिएको छ। उनीहरूद्वारा गरिएको शोध लन्सेटमा प्रकाशित भएको छ।
चीनमा अहिलेसम्म ८३ हजार कोरोना संक्रमित रहेको बताइएको छ। विश्वभरमा भने कोरोना भाइरसबाट संक्रमितको संख्या २६ लाखभन्दा पनि बढी भइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।