गौर- तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन्।
गएराति सशस्त्र बेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो।
पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख मूल्य बराबरको लत्ताकपडा बरामद भएको छ। उनीसँगको सोधपुछपछि तस्करीमा प्रयोग गरिएका ४ वटा मोटरसाइकल समेत बरामद गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।