• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमित भएपछि पत्रकारको चिन्ता : परिवार र जागिर कसरी जोगाउने?

64x64
नेपाल लाइभ बुधबार, वैशाख १०, २०७७  ०७:५२
1140x725
स्केच साभारः न्युजलण्ड्री डट कम

मुम्बई–भारतका कार्यस्थलमा खटिएका पत्रकारहरुलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि देशभर चिन्ता छाएको छ। मुम्वईमै मात्र ५३ पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १६७ पत्रकारको परीक्षण गर्दा ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

यो खवर सार्वजनिक भएलगत्तै केही मन्त्री र राजनेताले समेत सामाजिक सञ्जाल ट्वीटरमा चिन्ता व्यक्त गरेका छन्। भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले सुचना सम्प्रेषण गर्ने पत्रकारहरु नै संक्रमित भएकोप्रति दुःख व्यक्त गरेको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले काम गर्दा बचाउको तरिका अवलम्वन गर्न आग्रह गरेका छन्। पत्रकारहरुलाई मास्क लगाउने र सामाजिक दुरी कायम गर्नेजस्ता उपाय अवलम्बन गरेर काम गर्न आग्रह उनले गरेका छन् । 

पत्रकारका दुःख 

पत्रकारहरु ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ भएको पाइएपछि सञ्चार क्षेत्रमा पनि त्रास सिर्जना भएको छ। ‘हामीलाई बिरामी हुने डर छैन तर केही पत्रकारहरुलाई घरबाटै काम गर्दा जागीर जाने त्रास छ’ एक महिला पत्रकारले नाम गोप्य राख्न आग्रह गर्दै भनिन् ‘अव मीडियामा पत्रकारहरुको छनोट हुने छ जसमा घर बसेर काम गर्नेहरु बाहिरिनु पर्ने छ, यो उनीहरुको हितमा छैन।’ 

अर्का एक फोटो पत्रकारलाई पनि यस्तै डर छ। ‘मैले लकडाउन अवधिमा पनि काम गरेँ, कयौ स्थानमा रिपोर्टिङका लागि पुगँे, खतरामा पनि काम गर्नुपर्ने हुन्छ’ उनले भने ‘थाहा छैन कसरी मलाई यो संक्रमण भयो।’ आफूमा संक्रमण देखिएपछि उनले आफ्नो समूहमा बताए। तर उनीहरुले अचम्मलाग्दो प्रतिक्रिया दिएको ती फोटो पत्रकारको अनुभव छ। 

मुम्वईमा कोरोना देखिएका पत्रकारहरु कैयौं प्रमुख च्यानलसँग आबद्ध छन्। 

‘हामीमा कुनै पनि लक्षण थिएन, कोरोनाको खबर कभर गर्न हामी मुम्वईका कैयौं क्षेत्रमा गयौं’ उनले भने, ‘म कोरोनाको हट स्पट धरावी गएँ र केही ठूला मान्छे बसेको क्षेत्रमा पनि पुगेँ।’ उनले आफूले कैयौ मानिसको दुःख र पीडाको समाचार संकलन गर्दागर्दै र आफ्नो पूर्ण रुपमा ख्याल गर्दागर्दै पनि संक्रमित भएको बताए। केही च्यानलले रिपोर्टर, क्यामेराम्यान र फोटोग्राफरलाई समूहमा आउन प्रतिवन्ध लगाएका छन्। 

‘लकडाउन सुरु भए पनि हामीजस्ता फिल्डमा काम गर्नेहरुलाई समूहमा आउन अनुमति थिएन’, एक पत्रकारले भने, ‘हामीलाई क्यामेरा र आवश्यक उपकरण दिइयो, पहिलो हप्ता काम गर्न भनियो र दोस्रो हप्ता बिदा दिइएको थियो ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

अर्का एक पत्रकारले यसरी संक्रमित भएपछि चौतर्फी चिन्ता थपिएको बताए। 

‘फिल्डमा काम गर्दागर्दै संक्रमित भयौं, अब हाम्रो परिवारका सदस्य चिन्तित छन्,’ ती पत्रकारले भने, ‘अब उनीहरुलाई के होला, कसले मद्दत गर्ला, यसरी संक्रमित भएपछि काममा नजानु विकल्प होइन त्यर्सैले अफिसले यी कुरा बुझ्नु जरुरी छ ।’

पत्रकारलाई कोरोना देखिएपछि  सत्तारुढ दल भारतीय जनता पार्टीका नेता किरीट सोमैयाले उनीहरुको उपचारमा सहयोग गर्न र सबै पत्रकारको बिमा गरिदिन माग गरे। महिला तथा बाल कल्याणमन्त्री यशोमति ठाकुरले पत्रकारहरुलाई आफ्ना समस्या राख्न आग्रह गरेकी छन्।  यसरी संक्रमित भएका पत्रकारहरुलाई आइसोलेसनमा बस्न समस्या भइरहेको छ। कैयौं संयुक्त परिवारमा छन् र केही महिला पत्रकारहरुले घरको काम पनि गर्नुपर्ने अवस्था छ।

लकडाउनको समयमा घरमा काम गर्ने मानिससमेत नपाउने हुँदा उनीहरुको परिवारमा समस्या हुने देखिएको छ । फिल्डमा काम गर्दै आएका महिला पत्रकारहरु घर परिवारसँग टाढै छन्। किनकि उनीहरुको परिवारको सुरक्षाका लागि यो आवश्यक थियो । यसरी संक्रमित भएका ५३ पत्रकारहरुलाई गोरेगाँवको फर्न होटलमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको उपचार पनि स्थानीय सरकारले गर्ने जनाएको छ। 

कोरोनाको डरभन्दा जागिरै गुमाउने चिन्ता 

यो घटनापछि पनि पत्रकार कोरोना भाइरससँग डराएका छैनन्। तर मालिकको छनोटमा पर्ने चिन्ता उनीहरुमा छ। सञ्चार उद्योगमा अब छिटै कामदार छनोट सुरु हुने उनीहरुको आँकलन छ । त्यसैले घरमै बसेर काम गर्दा आफू जागिरबाट निकालिने डर उनीहरुमा छ। अर्कोतर्फ चौतर्फी महामारी छ । यस्तो अवस्थामा मानिसलाई धेरै सुचनाको आवश्यकता पर्दछ । त्यो तबमात्र सम्भव छ, जब उनीहरु फिल्डमा खटिएर काम गर्छन्। पत्रकारले दिएको यही सूचनाले प्रशासन र जनताको बीचमा पुलको काम गर्नेगर्छ। 

दिल्ली र अन्य सहरमा सबैको निजी साधन हुने भएकाले पत्रकारहरु आफूअनुकूल समाचार संकलन गर्न जान सक्छन्। तर मुम्बईमा सार्वजनिक यातायातको भर पर्नुपर्ने र धेरै पत्रकारसँग आफ्नो साधन नभएको अवस्था छ। यस्तो अवस्थामा उनीहरु कार्यालयले उपलव्ध गराएको सवारी साधनमा समूह बनाएर हिड्नु पर्ने हुन्छ। यहीकारण गाडी चालक, क्यामेरा पर्सन र फिल्ड रिपोर्टरबाट अन्यमा सर्ने जोखिम धेरै देखिएको छ ।  

खासगरी टिभी रिपोर्टिङका लागि मानिससँग कुराकानी गर्न जरुरी छ । छापा माध्यमका मानिसहरु घरैमा बसेर टेलिफोनमा कुराकानी गरेर गर्न समाचार संकलन गर्न सक्छन्। तर टेलिभिजनकर्मीमा समस्या छ । फिल्डमा प्रत्यक्ष उपस्थित भएर संकलन गरिने र फोनमार्फत् आउने सूचनामा फरक पाइएको उनीहरुको अनुभव छ। टीभी पत्रकारका लागि रिपोर्टिङ गर्दा बाइट लिन जरुरी हुन्छ। 

टेलिभिजकर्मीहरुमा च्यानलको पनि दबाब हुन्छ । अर्को च्यानलले यति धेरै स्टोरी ग¥यो, तिमीले किन गरेनौ भनिन्छ। यसमा केही पत्रकार लापरबाह भएको पनि पाइएको छ । उनीहरु  संवेदनशील क्षेत्रमा जान्छन्,  जसका कारण एक अर्कामा प्रतिस्पर्धा पनि सुरु हुन्छ । केही सञ्चार माध्यमले घरमा काम गर्ने र डेस्कमा काम गर्नेका लागि केही गाइडलाइन पनि जारी गरेका छन् । त्यस्तै फिल्डमा काम गर्नेहरुका लागि पनि गाइडलाइन्स दिइएका छन्। एक च्यानलले आफ्ना केही कर्मचारीमा कोरोना देखिएपछि अरुलाई टेष्ट गराउनै चाहेनन्, किनकि यसले उसको इमेजमा असर पर्ने र साख .खस्कने त्रास देख्यो। यहीकारण कैयौं च्यानलले यसलाई लुकाउने प्रयास गरिरहेका छन्। 
बीबीसी. हिन्दीबाट

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०७:५२
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
निश्चित व्यक्ति केन्द्रित बन्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्ति कार्यविधि सोमबार, भदौ १, २०८३
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश सोमबार, भदौ १, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
प्रधानमन्त्रीले शाहले भदौ १० गते संसद बोल्ने, सांसदका प्रश्नको जवाफ दिने सोमबार, भदौ १, २०८३
सरकार पाँच वर्ष चल्नुपर्छ, कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
यस्ता छन् कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका ५ निर्णय आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्