काठमाडौं– नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउदै गरेको बा.५ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोबाईल १ सय १२ थान मोवाइल बरामद गरेको छ।
प्रहरीले उक्त मोवाइल सहित बसका चालकहरु रामेछाप घर भई काठमाडौँ बालाजु बस्ने ४४ बर्षीय कृष्ण थापामगर, सिन्धुली कमलामाई घर भई बालाजु बस्ने २४ वर्षीय भुवन बहादुर भुजेल, सहचालक दोलखा मेलुङ्गा घर भई चावहिल बस्ने ५६ वर्षीय हरी बहादुर श्रेष्ठ र संखुवासभा घर भई पुतलीसडक बस्ने ६१ बर्षीय तिलक श्रेष्ठलाई पक्राउ गरेको गरे।
उक्त बसमा राजस्व छली मोवाइल ल्याएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार बस चेक गर्दा उक्त मोबाइल बरामद भएको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने ५२ बर्षीया सुमिता श्रेष्ठले समेत डेरा कोठामा लुकाई राखेको १८ थान मोबाइल सहित पक्राउ गरेको छ। गत साता मात्र प्रहरीले दिल्ली– काठमाडौं चल्ने २ वटा बसबाट तस्करीका सामानहरु बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।