काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावले संविधानको मर्मविरीत आएको अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन्।
सोमबार साँझ ट्विट गर्दै नेता रावलले संविधानको मर्म विपरीत अध्यादेश किन ल्याइयो? भनी प्रश्न गरेका हुन्।
'यी दुवै अध्यादेशले देशलाई पुन: राजनीतिक अस्थीरता र वाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको छ । यस्ता अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ,' ट्विटमा उनले लेखेका छन्।
कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नु पर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्नेगरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकरी भएको उनको भनाइ छ।
'देशमा राजनीतिक स्थायित्व कायम गरी बाह्य चलखेल बन्द गर्ने ध्येयले राजनीतिक दलहरूकाबीच निकै लामो छलफल र परामर्श पछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दलसम्बन्धी कानून ल्याइएको थियो,' उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।