• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटबल सिजनमा देखिएका दुविधा 

64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०७७  १२:०६
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएका फुटबल प्रतियोगिताहरु कहिले गर्ने भन्ने यकिन नहुँदा अन्तिमतिर पुगिसकेको फुटबल सिजन यत्तिकै सकिने खतरा बढिरहेको छ। सिजन यत्तिकै सकिए रेलिगेसनमा पर्ने टिम कसरी मिलाउने भन्नेमा अहिले बहस सुरु भएको छ। 

यस्तोमा इंग्लिस प्रिमियर लिग क्लबहरुको बैठकमा भने रोकिएको सिजन जसरी हुन्छ सकाउने भन्ने विषयमा सहमति भएको छ। तर कोरोना भाइरसको माहामारीको अवस्था अझ कस्तो हुने हो भन्ने अनुमानसम्म पनि गर्न नसकिँदा रोकिएका खेलहरु खेलेरै सकाउन पनि मुस्किल देखिन्छ। यसैले प्रिमियर लिग क्लबहरुले बाँकी रहेका ९२ खेल खेल्ने सहमति गरे पनि कहिलेसम्म खेल्न सकिन्छ भन्ने यकिन छैन। 

प्रिमियर लिगले बाँकी रहेका खेल सकाउने नै आफ्नो योजना रहेको बताए पनि यहि मितिसम्म गर्न सकिन्छ भन्नेमा दुविधा नै छ। कोरोना भाइरसका कारण १३ मार्चदेखि प्रिमियर लिग रोकिएको छ। जसले क्लबहरुमा आर्थिक संकटको जोखिम पनि बढिरहेको छ। यसले नै खेलाडीको तलब कम गर्नेदेखि कर्मचारी निकाल्नेसम्मका निर्णयहरु पनि भइरहेका छन्। 

युरोपभर यकिन भएको एउटा विषय भने फुटबल मैदानमा जहिले फर्काउन सकिए पनि खेलहरु बन्द रंगशालामा नै हुनेछन्। कोरोना भाइरसविरुद्धको भ्याक्सिन नबन्दासम्म अरु खेल गतिविधि पनि पहिले जसरी नै सञ्चालन गर्न सम्भव देखिँदैन। युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए)ले क्लबहरुलाई सहज हुने गरी केही नियम ल्याउने तयारी पनि गरिरहेकै छ। 

युइएफएले अहिले कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको च्याम्पियन्स लिग फुटबल २९ अगस्टमा सकाउने गरी तयारी पनि सुरु गरेको छ। 

अहिले च्याम्पियन्स लिगसँगै युरोपा लिग फुटबल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भइसकेको अवस्था छ। खेलहरु स्थगित गर्ने निर्णय भएको लामो समय भइसक्दा कोरोना संकटले प्रतियोगिता अनिश्चित बनिरहेको थियो।

अहिले भने २९ अगस्टसम्म बन्द रंगशालामा भए पनि खेल गर्न सकिन्छ कि भन्नेमा युइएफए लागिरहेको छ। त्यसका लागि २३ अप्रिलमा अर्को बैठक हुँदैछ। जसमा इस्तानबुलमा २९ अगस्टमा फाइनल खेल गर्ने गरी अरु खेल अगाडि नै सकाउने योजना बनिरहेको हो। 

युरोपभर जुनसम्मका राष्ट्रिय टिमका खेलहरु पनि स्थगित गर्ने निर्णय भएको छ। युइएफएमा आबद्ध ५५ देशका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। इंग्लिस प्रिमियर लिगसहित युरोपका अरु ठूला लिग प्रतियोगिताहरु पनि स्थगित नै छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

युइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले यसअघि नै जुनसम्म प्रतियोगिताहरु हुन सकेन भने सबै कुरा यत्तिकै सकिन सक्ने बताइसकेका थिए। यदि सिजन यत्तिकै सकाए शीर्षमा रहने टिमलाई भन्दा ठूलो असर रेलिगेसनमा रहेका टिमलाई पर्नेछ।

इंग्लिस क्लब ब्राइटनका मालिक टोनी ब्लुमले प्रिमियर लिग यत्तिकै सकिए रेलिगेसनमा पर्ने टिमको निक्यौल कसरी गरिन्छ भन्ने यकिन नरहेको बताएका छन्। ९ चरणका खेल बाँकी छँदै अहिले अन्तिममा रहेका क्लबमा रेलिगेसनमा पारिदिनु पनि न्यायसंगत हुँदैन। ‘यस्तो अवस्थामा कुनै क्लबलाई रेलिगेसनमा पार्न सजिलो छैन, त्यसका साथै अहिलेको अवस्थाले क्लबको बजारमा पर्ने असर त अझ ठूलो छ’ उनले भनेका छन्। 

प्रिमियर लिग
इंग्लिस प्रिमियर लिगमा यो सिजन लिभरपुल उपाधितर्फ अरु क्लबभन्दा दुई पाइला अघि बढिसकेको थियो। लिभरपुलले इतिहासमा सबैभन्दा छिटो उपाधि जितेर कीर्तिमान बनाउने आश गरिरहेका समर्थकहरु कोरोनाको त्रास बढ्दा निराश छन्। हुन पनि ३० वर्षपछि लिग उपाधि जित्न लागेको लिभरपुल जति निराश यो समय अरु क्लब सायदै होला। प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ। लिग अहिले अनिश्चितसम्मका लागि स्थगित छ। 

ला लिगा
स्पेनिस ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच यो सिजन उपाधि भिडन्त रोचक हुने देखिएको थियो। तर कोरोनाका कारण खेल स्थगित भएसँगै त्यो रोमाञ्चकता पनि सकिएको छ। २७ खेल सकिँदा ५८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा थियो। दोस्रोमा रहेको रियल मड्रिडको ५६ अंक छ। अहिले स्थगित रहेको खेल कहिले हुने भन्ने यकिन छैन। २८ मे बाट खेलहरु गर्न सकिने बारे छलफल भए पनि अहिले नै केही भन्न सकिने स्थिति छैन। 

सिरी ए
युरोपमा कोराना भाइरसको सबैभन्दा ज्यादा त्रासदी इटालीमा नै देखिन्छ। जहाँ इटालियन सिरी ए मा पनि यो सिजन उपाधि होड प्रतिस्पर्धात्मक देखिन्छ। शीर्षमा रहेको युभेन्टस र दोस्रोमा रहेको लाजियोबीच एक अंकको मात्र फरक छ। युभेन्टसको २६ खेलमा ६३ अंक छ भने लाजियोको २६ खेलमा नै ६२ अंक रहेको छ। एक खेल कम खेलेको इन्टर मिलान पनि २५ खेलमा ५४ अंकसहित नजिक नै देखिन्छ। सिरी ए का खेलाडीहरुको मे लागेपछि स्वास्थ्य परीक्षण गरिने र त्यसैका आधारमा खेलहरु कहिले सञ्चालन गर्न सकिन्छ भन्ने यकिन हुने बताइएको छ। 

बुन्डेस लिगा
जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख लगातार आठौँ उपाधिका लागि बढिरहेको छ। शीर्षमा रहेको बायर्न म्युनिखको २५ खेलमा ५५ अंक छ। दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डको २५ खेलमा ५१ अंक छ। २८औँ चरणको खेलमा बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखबीच भेट हुँदा उपाधिमाथिको दाबेदारी अझ प्रस्ट हुनेछ। खेलहरु अप्रिल ३० सम्म स्थगित गरिने सूचना आए पनि कोरोना संक्रमणको अवस्था बढ्दो रुपमा रहेकाले त्यो कठिन देखिन्छ। अहिले बुन्डेस लिगाका केही क्लबहरुले अभ्यास भने सुरु गरेका छन्। 

लिग वान
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई अरु क्लबले उछिन्ने छाँटकाँट देखिँदैन। पिएसजीको २७ खेलमा ६८ अंक भइसकेको छ। दोस्रोमा रहेको मार्सेलीको २८ खेलमा ५६ अंक रहेको छ। स्टार खेलाडीले भरिएको पिएसजीलाई उपाधि जित्न भने कहिलेसम्म पर्खनुपर्ने हो यकिन छैन। लिग वान जुन ३ या जुन १७ मा सुरु गर्ने गरी तयारी भने भइरहेको छ। दुईमध्ये जुन १७ मा बन्द रंगशालामा खेल गर्ने तयारीमा काम भइरहेको भए पनि यसमा पनि कोरोनाको आउने अवस्थाले फरक पार्नेछ। 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्