काठमाडाैं- श्री एयरलाइन्सले चार्टर्ड उडानका लागि उडान अनुमति पाएकाे छ।
सिंगापुरमा रहेका विभिन्न संस्थाकाे सहयाेगमा सरकारलाई सहयाेग बापत उपलब्ध गराउन लागेकाे औषधि ल्याउन श्री एयरलाइन्सले उडान अनुमति पाएकाे हाे।
श्रीले साेमबार सिंगापुर गई उक्त मेडिकल सामान ल्याउने तयारी गरेकाे छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर्ड उडान अनुमति दिएकाे हाे।
मेडिकल सामान ल्याउनका लागि मात्रै अनुमति दिएकाे प्राधिकरणका महानिर्देशक राजन पाेखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।