काठमाडौं– चीनबाट २ जहाजमार्फत् २८ टन मेडिकल सामान काठमाडौं ल्याइएको छ। नेपाल एयरलाइन्सका दुई वाइडबडी विमानमार्फत् ती सामान आज काठमाडौं ल्याइएको हो।
फ्लाइट नम्बर ४१७२ जहाजमा ९ हजार ९ सय २१ केजी र फ्लाइट नम्बर ४१७४ मार्फत् १७ हजार ३ सय केजी मेडिकल सामान चीनबाट व्यवसायीले नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर ल्याएका हुन्।
दुवै जहाज आज बिहान आइपुगेका हुन्। जहाजको क्षमता प्रति जहाज २२ हजार केजी हो।
बिहीबार साँझ दुई वटै वाइडबडी जहाज गोन्जाओका लागि प्रस्थान गरेका थिए। निगम प्रवक्ता अर्चना खड्काका अनुसार एउटा जहाज सांग्रिला फ्रेसले चार्टर गरेको हो भने अर्को जहाज फ्ल्यास फ्रेड लजिस्टिकले गरेको हो।
यसअघि पनि निगमको वाइडबडी जहाजले दुई उडानबाट २० टनको हाराहारीमा मेडिकल सामग्री ल्याएको थियो। ओम्नी समूहले सरकारलाई बिक्री गर्ने सर्तमा ल्याएका ती मेडिकल सामग्री किन्ने सम्झौताबाट सरकार पछि हटिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।