काठमाडौं- नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज बिहीबार साँझ मेडिकल सामग्री लिन चीन प्रस्थान गरेका छन्।
बिहीबार साँझ दुई वटै वाइडबडी जहाज गोन्जाओका लागि प्रस्थान गरेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उनका अनुसार एउटा जहाज सांग्रिला फ्रेस चार्टर गरेको हो भने अर्को जहाज फ्ल्यास फ्रेड लजिस्टिकले गरेको हो।
दुवै जहाजमा निजी क्षेत्रमा व्यवसायीको मेडिकल सामग्री आउनेछ। यसअघि पनि निगमको वाइडबडी जहाजले दुई उडानबाट २० टनको हाराहारीमा मेडिकल सामग्री ल्याएको थियो। ओम्नी समूहले सरकारलाई बिक्री गर्ने सर्तमा ल्याएका ती मेडिकल सामग्री किन्ने सम्झौताबाट सरकार पछि हटिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।