काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय सरकारले स्थापना गरेको कोषमा ३५ लाख ६० हजार ७ सय १९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा २५ लाख ६० हजार ७ सय १९ रुपैयाँ साथै तत्कालका लागि संस्थाले विपन्न तथा पिडितका लागि राहत स्वरुप विभिन्न स्थानीय स्तरहरुमा १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने निर्णय फाइनान्सका सञ्चालक समितिले गरेको हो।
सहयोग रकम केन्द्रीय सरकारको कोषमा जम्मा गरिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए। दाहालका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले गर्ने यो सहयोग रकमका साथै संस्थाका ५ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन्।
सञ्चालक समितिको तर्फबाट, कार्यरत कर्मचारीहरूको तर्फबाट ३ दिनको पारिश्रमिक तथा संस्थाको तर्फबाट उक्त रकम जम्मा गरिने भएको हो। ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेरो माइक्रोफाइनान्स संकटपूर्ण अवस्थामा सतर्कता अपनाउन आफ्ना ग्राहकलाई आग्रह समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।