• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना महामारीमा शैक्षिक क्षेत्र : सिकाइमा वैकल्पिक विधि लागू हुनसक्ला?

64x64
लिलु डुम्रे बिहीबार, वैशाख ४, २०७७  १०:१६
1140x725

काठमाडौं– शिक्षा क्षेत्रका विज्ञहरूले विगतको जस्तै गरी नियमित शैक्षिक सत्र अनुरुप कक्षा सञ्चालन हुन नसक्ने जनाउँदै वैकल्पिक सिकाइको विधि यथाशीघ्र अवलम्बन गर्न जोड दिएका छन्।

नेपाली कांग्रेसका नेता गगन थापाको पहलमा भएको अनलाइन संवादमा सरोकारवालाहरुले शैक्षिक सत्र भर्खरै सुरु भएकाले आत्तिनु नपर्ने अवस्था नरहेको बताएका थिए। लकडाउन खुकुलो भए पनि विद्यालयहरु खुल्न प्रशस्त समय लाग्ने धेरैको बुझाइ थियो। कोरोना भाइरसको संक्रमण नरोकिएकाले तत्काललाई खुले पनि बीचमै बन्द हुने अवस्था सिर्जना हुनसक्ने समेत आकलन गरिएको थियो।

अनलाइन संवादमा सबैको चिन्ताबारे थापाले भने, ‘अरु नियमित शैक्षिक सत्र जस्तै यस वर्षको शैक्षिक सत्र हुँदैन। काम गर्ने तरिकाहरु बदल्नुपर्छ।’
 
विश्वका अन्य मुलुक तथा विश्वविद्यालयहरुले अवलम्बन गरे जस्तै मूल्यांकनमा विधि तय गर्न सकिने थापाको सुझाव छ। वैकल्पिक रचनात्मक उपाय अपनाई यथाशीघ्र सर्टिफिकेसन गर्ने बाटो खोल्नुपर्ने थापाको राय छ। परीक्षा रोकिएको छ,  विद्यार्थीमा कोरोना संक्रमणको मनोवैज्ञानिक डर पनि छ। त्यसैले अनुकूल समय नभएकाले मूल्यांकन पद्धति परिर्वतन गर्न उनले सुझाए।

मूल्यांकन पद्धतिका सम्बन्धमा फरकफरक विकल्प विज्ञहरुले सुनाएका थिए। अन्तिम अवस्थामा स्थगित भएका एसइई, कक्षा ११ र १२ का परीक्षाका लागि विद्यार्थीलाई लामो समय प्रतीक्षामा राख्नु उपयुक्त नहुने मत पनि आएका थिए।

क्याम्ब्रिजले गरेको जस्तै मुल्यांकन पद्धतिका आधारमा कक्षा चढाउन सकिने राय आएको छ। क्याम्ब्रिजले लागू गरेको मूल्यांकन पद्धतिमा विगतका जाँचमा विद्यार्थीले ल्याएको नतिजाका आधारमा मूल्यांकन गर्ने विधि सुझाइएको छ। ‘एसईइमा ग्रेडिङ प्रणाली छ। दशको विद्यार्थीलाई विगतमा विद्यार्थीले ल्याएको नतिजाको मुल्यांकन गरी ११ कक्षामा चढाइदिऔं’, थापाले भने।

मूल्यांकनको अर्को विधि समेत समेत विज्ञहरुले सुझाएका थिए। प्रविधिको माध्यमबाट विद्यार्थीको मूल्यांकन गर्ने तत्काल सकिने विकल्प समेत छ। साना कक्षामा विद्यार्थी बिना परीक्षा समेत कक्षा उक्लिए सरह एसइई र दश जोड दुईका विद्यार्थीले माथिल्लो तहमा पढ्न पाउने व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुले उपाय निकालेका थिए।

अनलाइन संवादमा वैकल्पिक व्यवस्था अनुसार सिकाइका कक्षा सञ्चालन गर्नुपर्ने राय व्यक्त गरिएको थियो। सिकाइको वैकल्पिक व्यवस्था गर्ने भनिए पनि त्यसका लागि स्रोतको उपलब्धता र त्यसको व्यवस्थापन कसरी गर्ने बारेमा फरकफरक तर्क आएका थिए। निजी विद्यालयमा अध्ययन गरिरहेका धेरै बालबालिका अभिभावकसँगै गाउँमा छन्। विद्यालयसँग पूर्वाधार भए पनि विद्यार्थी प्रविधिसँग जोडिन नसक्ने अवस्था छ। विद्यालयहरू बन्द भए पनि विद्यार्थीको सिकाइ बन्द हुन नहुने र त्यसका लागि तत्कालै काम सुरु गर्नुपर्ने थापाले बताए।

विद्यालयमा स्रोतको उपलब्धता र त्यसलाई प्रयोग गर्ने ज्ञानका आधारमा विद्यार्थीको समेत विभिन्न समूह निर्माण भएको छ। पहिलो समूह जसको इन्टरनेटमा पहुँच छ, प्रयोग गर्ने ज्ञान पनि छ। अर्को समूह इन्टरनेटको पहुँच भए पनि त्यसको राम्रोसँग प्रयोग गर्न ज्ञानको कमी छ। तेश्रो समूह, जसलाई रेडियो/टेलिभिजनको माध्यमबाट कक्षा दिन सकिने छ। इन्टरनेट, रेडियो/टेलिभिजनमा पहुँच नभएको अर्को समूह छ। अभिभावकको सहयोगबाट कक्षा लिन सकिने विद्यार्थी समूह पहिलो, दोश्रो र तेश्रो समूह छ। तर, चौथो समूहका विद्यार्थीका अभिभावक नै निरक्षर छन्। ज्यालादारी गर्ने मजदुर, जसले काम नपाएर आफैं समस्यामा परेका छन्। उनीहरुको बच्चालाई पढाउने विधि प्रमुख चुनौती रहेको छ। थापाले भने, ‘फरकफरक समूहका विद्यार्थी भएकाले एउटै तरिकाले पढाउन नेपालमा सम्भव छैन। बहुविधि प्रयोग गर्नैपर्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

सिकाइको विधि लागू गर्न स्थानीय तहलाई नै अघि सार्नुपर्ने थापाको सुझाब छ। स्थानीय तह र शिक्षकको संलग्नताबाट नयाँ विधि लागू गर्न सकिने थापाको बुझाई छ। थापाले बुधबार गरेको अनलाइन संवादमा विषम परिस्थितिमा के पढाउने बारेमा समेत फरकफरक राय आएका थिए। ‘यो बेला नियमित कक्षा जस्तै सबै पढाएर हुँदैन’, थापाले भने।
राष्ट्रिय अभियान सञ्चालन गरी दुई/चार महिनासम्म कुनै एक विषयमा विद्यार्थीलाई सिकाउन सकिने समेत आएको छ। निजी तथा सामुदायिक विद्यालयमा भाषामा विद्यार्थी कमजोर भएकाले विषम परिस्थितिमा भाषा सुधारकै अभियान सञ्चालन गर्न सकिने थापाले बताए।

महामारीले शैक्षिक सत्र पूरै प्रभावित गर्न सक्ने भएकाले वैकल्पिक तयारी र विविध रणनीति अपनाउनुपर्ने विज्ञहरुको राय छ। प्राप्त राय संसद् र छलफलको निचोड मन्त्रालय सामु राख्ने थापाले बताए।

कोरोना भाइरस महामारीले शैक्षिक क्षेत्रमा पारेको प्रभाव र व्यवस्थापनको वैकल्पिक उपायका सन्दर्भमा थापाले बुधबार गरेको विज्ञसँगको अनलाइन संवादमा छलफलमा शिक्षाविद्, शिक्षा प्रशासनका अधिकारी, नगरपालिका संघ तथा गाउँपालिका महासंघका प्रतिनिधिहरू, शिक्षक, पत्रकार लगायत थिए। अनलाइन सिकाइ, दूर शिक्षा र पहुँच बाहिरका विद्यार्थीको सिकाइका बारे छलफल भएको थापाले जानकारी दिए।

कोभिड–१९ महामारीले गर्दा एसइईको परीक्षा अनिश्चित बनेको छ। पूर्व निर्धारित चैत ६ को परीक्षा एक दिनअघि रोकिएको थियो। बैशाख ८ देखि कक्षा १२ र बैशाख २१ देखि कक्षा ११ को परिक्षा हुने भनिए पनि स्थगित गरिएको छ। विश्वविद्यालयका अन्तिम परीक्षा स्थगित भएका छन्।

सामुदायिक तथा निजी विद्यालयलाई चैत ५ भित्र परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन जारी गरेको थियो। कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएसँगै देशको शैक्षिक प्रणाली समेत ठप्प छ। ‘लकडाउन’ विद्यालय खुल्न नसक्दा ७० लाख बढी विद्यार्थी घरमै बस्न बाध्य छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १०:१६
  • #सिकाइ
  • #गगन_थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्