काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिने रकम रोक्न निर्देशन दिएको बताएका छन्।
‘कोरोना संक्रमण नियन्त्रणमा विश्व स्वाथ्य संगठनको भूमिका समीक्षापछि मैले मेरो प्रशासनलाई रकम रोक्न निर्देशन दिँदै छु,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्ले भने। विश्व स्वास्थ्य संगठन कोरोना भाइरसको प्रकोपप्रति प्रतिक्रिया गर्ने आधारभूत भूमिकामै असफल भएको ट्रम्पको आरोप छ।
राष्ट्र संघीय निकायलाई चीनबाट सुरु भएको कोरोना भाइरसको गलत व्यवस्थापन र संक्रणको ढाकछोप गरेको अरोप ट्रम्पको छ। र, उनले यसको जिम्मा लिनुपर्ने बताएका छन्।
असर
अमेरिका विश्व सास्वाथ्य संगठनको सबैभन्दा ठूलो दाता हो। अमेरिकाले सदस्य शुल्क र दान गरी प्रत्येक वर्ष डब्लुएचओलाई साढे ४८ अर्ब रुपैयाँ (४ सय मिलियन अमेरिकी डलर) दिने गर्दछ। चीनले भने सन् २०१८–१९ मा साढे ९ अर्ब रुपैयाँ (७६ मिलियन अमेरिकी डलर) मात्रै प्रदान गरेकाे छ।
सिद्धान्ततः ह्वाइट हाउसले अमेरिकी संसद कंग्रेसले अनुमति दिएका अन्तर्राष्ट्रि संस्थाको रकम कटौती बन्द गर्न सक्दैन्। तर, ट्रम्प प्रशासनले यस्ता संवैधानिक अड्चन धेरैतिर समना गर्नु परेको छ।
डब्लुएचओलाई दिने रकम औपचारिक रुपमा रद्द गर्न सकिन्छ, तर यसमा सिनेटको औपचारिक अनुमोदन चाहिन्छ। संसदको सहमतिमा ह्वाइट हाउसले यसलाई अर्कै नाम दिएर अन्य कार्यक्रमतर्फ मोड्न पनि सक्छ।
तल्लो सदनमा कमजोर रहेका ट्रम्प माथिल्लो सदन सिनेटमा भने बलिया छन्।
‘यसले जुनसुकै रुप लियोस्, यो अल्पदृष्टि र खतरानक निर्णय हो,’ जर्ज टाउन विश्वविद्यालयमा वैश्विक स्वास्थ्य विज्ञान तथा सुरक्षाका सहायक प्राध्यापक अलेक्जेन्ड्रा फेलान भन्छन्।
ड्युक विश्वविद्यालयको वैश्विक स्वास्थ्यमा नीतिगत प्रभाव केन्द्रका निर्देशक गेविन यामी यसलाई विचित्रको निर्णय ठान्छन्। ‘यो एक विचित्र निर्णय हो, जुन वैश्विक स्वाथ्यका लागि गम्भीर रुपमा हानी पर्ने छ,’ उनी भन्छन्, ‘उनी (ट्रम्प) आफ्नो कमजोरीबाट ध्यान अन्यत्रै मोड्न कोसिस गरिरहेका छन्, जसका कारण कोडिभ–१९ प्रति विश्वमा खराब सरकारी प्रतिक्रिया कमजोर देखिएको छ।’
प्रतिरक्षा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले मुख्य निकायको स्रोत कटौती गर्ने यो समय नभएको बताएका छन्। त्यस्तै अमेरिकी कम्पनी माइक्रोसफ्टका संस्थापक बिलगेट्स र उनीक श्रीमती मेलिन्डाले यो निर्णय सुनिए जतिकै खतरानाक भएको बताएका छन्।
‘विश्वले अरुबेला भन्दा अहिले डब्लुएचओ चाहान्छ,’ उनीहरुले ट्विटरमा प्रक्रिया जनाएका छन्। गेट्स फाउन्डेसन डब्लुएचओको ठूला दाताहरुमध्ये एक हो।
(एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।