काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंककलाई कोरोना भाइरसको संक्रमण र रोकथामका लागि गरिएका प्रयासले अर्थतन्त्रमा परेको असरबारे सुझाव दिएको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थतन्त्रमा परेको असरबारे १७ बुँदे सुझाव दिएको हो।
कोरोना भाइरसका कारण अर्थतन्त्र तथा व्यवसायमा प्रतिकूल असर परेको भन्दै चेम्बरले हाउजिङ लोन र हायर पर्चेज लोनको साँवा र ब्याज भुक्तानी अवधि थप गर्न सुझाव दिएको छ।
यसगरी, सरकारको ढुकुटीमा रहेको र वर्षेनी खर्च हुन नसकेको पुँजी निजी क्षेत्रमार्फत् आर्थिक विकास उत्पादन र रोजगारी सिर्जनामा लगानी गर्ने नीतिगत व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ।
राष्ट्र बैंकमा पुगेको चेम्बरको टोलीमा चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र मल्ल उपाध्यक्ष श्री दीपक मल्होत्रा तथा चेम्वरका कार्य समिति सदस्य श्री दीपक श्रेष्ठ पनि सहभागी थिए।
यस्ता छन् सुझाव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।