काठमाडौं– जबरजस्ती चन्दा असुलीको आरोपमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका चार बिद्यार्थी नेता पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले सिन्धुलीका नवीन केसी, कैलालीका प्रज्वल शाही, हुम्लाका सन्तोष ऐरी र रोल्पाका रामकुमार डाँगीलाई पक्राउ गरेको हो।
उनीहरुलाई मंगलबार दिउँसो सुन्धारास्थित काठमाडौं मलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए। मलमा व्यापारीसँग पैसा मागिरहेको अवस्थामा पक्राउ परेका हुन्। पत्र र रसिदसहित उनीहरु पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।